Friday July 30, 2010

चाल्स्र शोभराजलाई जन्मकैदको फैसला ,   खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार ,   निर्वाचनमा भाग लिन पाउनुपर्ने खनालको रिट खारेज ,   झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो,   स्याङ्जामा एचआइभी संक्रमितबाट मृत्यु हुने ३० ,   बिखन्डनबाट संस्थापनपक्षले जोगाउन सकेनः पौडेल ,   प्रचण्डलाई मतदानः फोरम, तटस्थः लोकतान्त्रिक,   प्रचण्ड र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने,   नयाँ जनादेशमार्फत सरकार निर्माण गर्नुपर्ने - राप्रपा नेपालका अध्यक्ष कमल थापा,   अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न ।,   हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक,   पाँच वर्षेखि क्षेत्रीय अस्पतालको जेनेरेटर प्रयोग बिहीन,   नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न,   बादी महिलाहरुको प्रथम सम्मेलन /१७ बुँदे दाङ घोषणापत्र जारी,   काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!,   बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेटघाट,   ललितपुर अनिजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ,   गीतकार र गायिकाको बिदाई कार्यक्रम सम्पन्न ,   ईराकमा रोजगारीको लागि नेपाल सरकारले लगाइएको प्रतिबन्ध चाँडो फिर्ता लिन ईराकमा कार्यरत नेपालीहरुको आग्रह। ,   राष्ट्रपति प्रमबीच छलफल ,  

Poem/Gajal


बुलेट प्रुफ

राकेश कार्की,लस् एन्जेलस्

Articles/Opinion
Interview/Talks
 

हाम्रो बारेमा

खाडी मूलुकहरुमा कार्यरत नेपालीहरुको प्रतिनिधित्व हुने गरी पहिलो नेपाली वेवर्साईट नेपाल अरव डट कम वि.सं. २००६ देखि शुरुवात गरिएको हो ।

 

विशेषत: खाडी मूलुकमा हुने गरेका नेपालीहरुको दीनचर्या, परिस्थिति लगायत विश्वमा प्रवासी जीवन विताउँने आम नेपालीहरुसँग सरोकार राखि यो साइटले आपनो यात्रा अनवरतरुपमा अगाडि वढाउँदै आएको छ । अझ परदेश भित्रिए पश्चात नेपाल वारे जिज्ञासा, समाचार तथा इन्फरमेसनहरु आदि आदानप्रदान गर्ने थलोको रुपमा यो साइटको विकास हुँदा खुशी लाग्नु स्वभाविक नै हो ।

 

 नेपाली साहित्य, कला र संस्कृतिको पहिचानको लागि पनि यसले भूमिका खेल्ने छ भन्ने हामीले ठानेका छौं । यिनै विषयहरुलाई मुख्य पाटो बनाएर हरेक नेपाल र नेपालीसँग आवद्ध भएका पत्रपत्रिका, वेभ साइट, संघसंस्था आदिसंग हातेमालो गर्दै यो साइट निरन्तर अघि बढिरहेको छ । अर्को पाटोको रुपमा मनोरंजन, वौद्धिक खुराकहरु, आदि विषयहरु पनि यसमा समाबेश छन् । वर्तमान अवस्थामा परदेसिने क्रम व्यापक बढिरहेको र सवैभन्दा वढी नेपालीहरु खाडी मुलुक भित्रिरहेको परिवेशमा यो साइट ती रोजगारीका खातिर परदेश पस्नेहरुको लागि एउटा सुझाव वटुल्ने थलो तथा आधारभूत वौद्धिक, परिवेसिक लगायत साँस्कृतिक आवश्यकता बारेमा जानकारी समेटने श्रोतको रुपमा यो साइटलाई परिमार्जित गर्ने प्रयास गरेका छौं ।

 

खाडी मुलुक कस्तो देश हो ? यहाँ भित्रनु अघि के कस्ता अभ्यासहरु गर्नु जरुरी छ ? यहाँको वातावरण कस्तो छ ? भन्ने विषयमा पनि यसले क्रमशः मार्गदर्शन गदै जानेछ । साथसाथै भविष्यमा यो साइट खाडी मुलुकवारे जानकारी लिन चाहनेहरुको लागि इ-लाइब्रेरी हुनेछ भन्ने विश्वास लिएका छौं । नेपाल अरव डट कम कुनै विशेष एक वा र्दुइ जनाको सहयोगले मात्र यसको उद्देश्य पूरा हुने होइन बरु तपाईहरु जस्ता पाठकवृद, म्यानपावर कम्पनीहरु, सरकारका तह र तप्कामा बसेका अधिकारिक व्यक्तिहरु, म्यानपावर एजेन्ट, खाडी मुलुकमा स्थापना भएका राजदूतावास तथा त्यहाँका सहचारीहरु, खाडी मुलुकमा गैरकानुनी रुपमै भएपनि स्थापित भएका संघसंस्था, जिल्ला समितिहरु आदिको सहयोगको अपेक्षा हामीले गरेका छौं ।

 

यस साइटलाई अझ रोचक, जानकारीमुलक, मनोरंजनपरक बनाउने हात भने लेखक, समाचारप्रेमी, कवि, साहित्यकार तथा हास्यव्यग्यकारहरुको समायोजनले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । यो साइटलाई निरन्तरता दिन पाठकहरुको प्रतिक्रिया, राय सुझाव लेखकहरुको माया तथा तपाईहरुको सहयोग अति आवश्यक छ ।

 

हामीलाई विश्वास छ, तपाईंहरुको प्रतिक्रिया तथा सहयोग निरन्तर यो साइटले पाइनै रहनेछ ।

 

धन्यवाद ।

 

चिज कुमार श्रेष्ठ

संस्थापक/ प्रधानसम्पादक

नेपाल अरव डट कम

 info@nepalarab.com

nepalarab@gmail.com

chijkumar@nepalarab.com

 

Events Gallery


Public Poll


थपिएको १ बर्षभित्र नेताहरुले संविधान वनाउँलान् त ?
बनाउँला, सायद
फेरि २ बर्ष थप्छ
गधालाई नुहाएर गाई वन्दैन