Friday July 30, 2010

चाल्स्र शोभराजलाई जन्मकैदको फैसला ,   खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार ,   निर्वाचनमा भाग लिन पाउनुपर्ने खनालको रिट खारेज ,   झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो,   स्याङ्जामा एचआइभी संक्रमितबाट मृत्यु हुने ३० ,   बिखन्डनबाट संस्थापनपक्षले जोगाउन सकेनः पौडेल ,   प्रचण्डलाई मतदानः फोरम, तटस्थः लोकतान्त्रिक,   प्रचण्ड र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने,   नयाँ जनादेशमार्फत सरकार निर्माण गर्नुपर्ने - राप्रपा नेपालका अध्यक्ष कमल थापा,   अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न ।,   हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक,   पाँच वर्षेखि क्षेत्रीय अस्पतालको जेनेरेटर प्रयोग बिहीन,   नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न,   बादी महिलाहरुको प्रथम सम्मेलन /१७ बुँदे दाङ घोषणापत्र जारी,   काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!,   बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेटघाट,   ललितपुर अनिजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ,   गीतकार र गायिकाको बिदाई कार्यक्रम सम्पन्न ,   ईराकमा रोजगारीको लागि नेपाल सरकारले लगाइएको प्रतिबन्ध चाँडो फिर्ता लिन ईराकमा कार्यरत नेपालीहरुको आग्रह। ,   राष्ट्रपति प्रमबीच छलफल ,  



विदेशबाट फर्किएका महिलाहरुको अवस्था दयनीय

कुन्ता भण्डारी/दाङ

घरमा साँझबिहान के खाउँ, के खाउँ को समस्याबाट गुज्रिरहेकी गुलरिया नगरपालिका-६ बर्दीयाकी देविसरा गिरी विदेश गएर छोटो समयमै मोटो रकम कमाइन्छ भन्ने दलालको आश्वासनपछि काम गर्नका लागि २ वर्षअघि खाडी मुलुक कुवेतमा गइन् । कुवेत जानुअघि साँझ बिहान हातमुख जोड्नका लागि भारतको बोर्डरबाट दाउरा लिएर बेच्नुपर्ने बाध्यता थियो उनलाई । शारदा वेगम नामकी दलालले विदेशमा राम्रो काम र थुप्रै पैसा पाइने भनी बुढा र आफूलाई फकाएपछि विदेश जाने निर्णय गरेको उनले बताइन् ।

बस्नको लागि ऐलानी जग्गामा सानो बुकुरो, मजदुरी नगरी साँझ बिहानको हातमुख जोड्न नसक्ने अत्यन्त न्यून आर्थिक अवस्था भएको उनको परिवारमा पैसा कमाउनका लागि बिदेशमा भएपनि राम्रो काम लगाईदिने आश्वासन पाएपछि गिरीले दलाललाई भगवान नै सम्झीइन् । मनभरी पैसा कमाएर मिठो खाने र राम्रो लगाउने उनको सपना सपनामा मात्र सीमित रहेन कल्पना पनि नगरेको दुःख कष्ट भोग्नुपर्‍यो । ०६३ साल असारमा दलालको सहायताबाट दिल्ली हुँदै कुवेत पुगेकी गिरीले पोछा लगाउने, भाँडा माभ\mने, झाडु लगाउने लगायतका कामहरु गर्दै ४ जना मालिकका घरमा करिब २३ महिना बिताइन् । दिनको १७-१८ घण्टा काम गर्नुपथ्र्यो उनलाई तर कुनै तलब थिएन । '२-४ वटा घरमा काम गर्नुपथ्र्यो तर मैले काम गरेको साटो मालिकले हाजिर लगाउँथ्यो'-उनले भनिन्- 'घरमा फोन गर्छु भन्दा मालिकले पिट्ने, आफूले खाएको जुठो खाना खान दिनेलगायतका अमानवीय व्यवहार खप्दै २३ महिना कुवेतमै बिताए ।' 'मैले कुबेतको भाषा नबुझ्ने भएका कारण हातको इशाराले तँलाई यति पैसामा किनेर ल्याएको तँ अब नेपाल जान पाउँदिनस् भन्दै मालिकले पिट्ने गर्दथ्यो'- उनले पिडा पोखिन् । उनी त्यो दुर्व्यवहार सहन नसकी एकदिन मालिक नभएको मौका पारी सडकमा निस्किन् र कुवेत प्रहरीको सहायतामा नेपाल फर्किन सफल भइन् । उनी भन्छिन्- 'नेपालमा सकुशल फर्किए मेरो लागि यही नै खुसीको कुरा हो ।

बैदेशिक रोजगारका लागि साउदी अरबबाट भर्खरै फर्किएकी नैनकला सुनुवारको व्यथा पनि देवीसरासंग मिल्दोजुल्दो छ । बाँकेकी नैनकला घरमा छोराछोरी पढाउन र साँझ बिहानको घरको गर्जो र्टार्नका लागि कुनै आयस्रोत नभएपछि विदेश गएकी हुन् । घरमा श्रीमानले रक्सी खाएर साँझ बिहान झगडा गर्ने, तेरो माइतीले के दिएको छ भन्दै गाली गर्न थालेपछि पैसा कमाउने सोच लिएर विदेश गएको सुनारले बताइन् । ३ सन्तानकी आमा ३८ वर्षीय सुनार पैसा कमाएर छोराछोरीलाई पढाउने, राम्रो नाना र मिठो खाना दिने आशा लिएर विदेश गइन् । कुन दलालले साउदीसम्म पुर्‍यायो भन्नेसम्म थाहा छैन उनलाई । दलालले २५ हजारमा विदेश पठाउँछु भनेपनि झगडा गरेर ३५ हजार रुपैयाँ लगेको उनको गुनासो छ । सुनारले विदेश गएको १ वर्षम्म घरपरिवारमा कुनै सर्म्पर्क गर्न पाइनन् । 'घरमा फोन गर्छु भन्दा मालिकले पिट्ने गर्दथ्यो, एकवर्षम्म घरमा फोन गर्न पनि पाईन छोराछोरीको याद आउन थाल्यो घर आउने सोच बनाए तर मालिकले २ वर्षनपुग्दै आउन दिएन'- उनले दुखेसो पोखिन् । मासिक ४ सय रियल तलब भएपनि पैसा माग्दा मालिकको पिर्टाई खानुपथ्र्यो । मालिकको पिर्टाई र दिनदिनैको रुदैँ कमाएर पठाएको पैसा पनि घरमा श्रीमानले जुवातास र रक्सीमा उडाइदिएछन् । उनी गत साउनमा फर्किदा घरको अवस्था अस्तव्यस्त थियो । यसरी रोजगारका लागि विदेश गएका महिलाहरु मालिक र घरपरिवारमा हुने घरेलुहिंसा दुवैको मारमा पर्ने गरेका छन् ।

देवीसरा र नैनकला त बैदेशिक रोजगारका लागि विदेशमा दुःख पाएर फर्किएका प्रतिनिधि उदाहरण मात्र हुन् । विगत २-४ वर्षता बैदेशिक रोजगारका नाममा विदेश जाने महिलाहरुको संख्या हृवात्तै बढेर गएको छ तर कति महिलाहरु रोजगारका नाममा विदेशिएका छन् भन्ने तथ्याङ्क न सरकारसंग छ न विदेश पठाउने नाममा च्याउझैं खोलिएका संस्थाहरुसंग नै छ । विदेश गएका अधिकांश महिलाहरु शारिरिक मानसिक श्रम शोषणमा परिरहेका छन् । वैदेशिक रोजगारका नाममा अवैधरुपमा भारतबाट खाडी मुलुक लगिएका महिलाहरु बेचबिखनबाट प्रभावित रहेको पाइएको छ । मध्यपश्चिम विकास क्षेत्रमा मात्र वैदेशिक रोजगारका नाममा मानव बेचविखनबाट प्रभावित करिब ८० महिलाहरु आफ्नो सर्म्पर्कमा रहेको मानव बेचविखन विरुद्धमा काम गरिरहेको एक गैरसरकारी संस्था शक्ति समूहका कार्यक्रम संयोजक सुनिता दनुवारले जानकारी दिएकी छन् ।

.

Posted on : August 23, 2008, 1:12 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments