

| Tuesday February 09, 2010 |
|
आचार्य प्रभा
बिचार / विश्लेषण
बनोदिता आचार्य
बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवाधूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको 'रिसोर्स पर्सन' जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।
हामी सारा जीवन बाबुको पूर्णरुप नचिनेरै बिताइदिन्छौं । सन्तानको हितमा संसारसामु
चट्टान बनेर उभिने बाबु, त्यही सन्तान
सामु भावुकता र मायाले कति कमजोर हुन्छन्, हामी
सायदै बुझ्नसक्छौं । उदाहारणका लागि छोरीको बिदाइमा आमा रोइरहेकी हुन्छिन् ।
आफन्तजन सुमसुमाइरहेका हुन्छन् । बाबु सुस्तरी एकान्ततिर पन्छन्छन्, टाढाबाट आफ्नी
सानी पुतलीको बिदाइ हेर्छन् । लामो सास तान्छन् र कमजोर बनाउने भावनात्मक आधीलाई
मनभित्रै समेटेर श्रीमतीलाई थुमथुमाउछन् । वातावरण फरक होला तर छोराका बाबुको
प्रसंग पनि खासै फरक छैन । बिहेपछि छोराप्रति सोच्छन्- छोराको अब आफ्नो परिवार,
आफ्नो भविष्य, जिम्मेवारी र काधमा नया अभिभारा आएको छ ।
बाबु छोरालाई थप भार दिन चाहदैनन् । आफ्ना चिन्ता र मनका तरंग छोरासित बाँडन
सक्दैनन् । मानौं उनीहरू बीचमा एउटा नदेखिने पर्खाल उभिएको छ । आफ्नोको परिभाषा र
प्राथमिकता एकपलमै बदलिएको छ ।
बाबु सारा जीवन खर्चिन्छन्, सन्तानको सुन्दर जीवन निर्माणमा । जवानी, रहर, आफ्नो
जीवनसग जोडिएका सपना र उद्देश्य सबै खर्चेर एउटा सुन्दर जीवन तयार पारिदिन्छन् ।
सन्तानलाई यस्तो बनाइदिन्छन् कि ऊ सक्षम बनोस् । उसका वरिपरि शुभचिन्तक होउन् ।
उसलाई संसारले चिन्न बाबुको नाम जोडिरहनै नपरोस् । त्यसपछि बाबु सन्तानलाई उनको बाटो
र सुखीसंसारमा रम्न छोडिदिन्छन् । आफूचाहि दर्शक भएर टाढाबाट अवलोकन गर्छन् ।
के बाबुलाई कहिल्यै रहर लाग्दैन होला, जवान सन्तानको सुखी जीवनलाई नजिकबाट हेरेर
सन्तोक लिने ? आफूले रोपेर, मलजल गरी हुकाएको बिरुवा रूख बनेपछि त्यसको छहारीमा
शीतल ताप्ने मन हुन्न र ? सन्तानको सफलतालाई आफ्नै सफलता ठान्छन् उनी । बाबु आफ्ना
रहर कहिल्यै लाद्दैनन् । बाल्यकालमा शिशु हाँसेको हेर्न घन्टौ आँखा नझिम्काई उभिने
बाबुलाई सन्तानको यौवन वा बूढो हासो पनि उत्तिकै प्यारो हुन्छ । त्यो हासोको गुञ्जन
सुन्न बाबुका कान सधै लालायित हुन्छन् ।
हामी सन्तान स्वार्थी हुन्छौं । यति हतारमा हुन्छौं कि फर्केर एकचोटि हेर्न समेत
फुर्सद पाउदैनौं । जसको काध चढेर हामीले अग्ला पर्खालबाहिरका संसार हेरेका
थियौं,
त्यो काध अब झुक्न थालेको छ । जसको जुंगा तान्दै र खेल्दै हामी हुर्केका थियौं, ती
जुंगा उमेरसगै हिमालजस्ता भएका छन् । एकपटक फर्केर हेरौं त जसको हात समातेर हामीले
दौडन सिकेका थियौं आज उनको हातमा हाम्रा बलिया हात होइन, निर्जीव लौरो छ ।
जन्म दिएकाहरूको मात्र होइन, आफूले जन्म दिएका र आफूलाई जन्म दिनेप्रति जहिल्यै
निर्सत उत्तरदायी बनेमात्रै हाम्रो जीवन र्सार्थक हुन्छ । आज बाबुको मुख हेर्ने दिन
। फेरि एकचोटि मुख हेरौं । केहीबेर उनको छातीमा टासिऔं । आलिडनमा बाधिऔं । संसारको
भागदौडबीच हामीले निस्वार्थ माया बिर्सिसकेका हुन्छौं, बाबुसग समय बिताएर आफ्नो
जागरणलाई व्यूताउ, सुस्ताएका शरीरलाई स्फुर्ती दिऔं ।
बुझन जरुरी छ, माया व्यापार होइन, बाबुले गरे र हामीले फिर्ता दिनुपर्ने । माया
सामाजिक व्यवहार होइन उपहार जस्तै आदान-प्रदान गर्नुपर्ने । माया समयचक्रले लगाएको
तोक पनि होइन, घडीको र्सुइसितै कर्ताको अनुहार बदलिरहने । माया कुनै सम्झौता होइन,
र्सतहरू पालना नगरे मायाको अवधि र मान्यता टुट्ने । माया त साधना हो साधकको शरीर र
मनका तारलाई पवित्र पार्ने । माया शक्ति हो जीवनका समस्या र चुनौतीसामु ढाल भएर
उभिने । माया धागो हो घरपरिवार, समाज र संसारलाई सुन्दर माला बनाई सिउरने । जसरी
स्वच्छ वातावरणमा एउटा बच्चा स्वस्थ हुर्कन्छ त्यस्तै चोखो मायाको वरिपरिमात्र
जीवनका सबै रंग खुल्न सक्छन् । जति निश्चल, निस्वार्थ, माया आमाबाबुको वरिपरि
पाइन्छ अन्त कतै पाइन्न ।
(आचार्य उपप्राध्यापक हुन्)
source: kantipur
Post Date: August 30, 2008, 7:04 am
Post your comments:
рдХреЗрд╣реА рд╕рдордпрджреЗрдЦрд┐ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдХрдореЗрдиреНрдЯ рд▓реЗрдЦреНрджрд╛ ??? рдЖрдЙрдиреЗ рд╕рдорд╕реНрдпрд╛ рдЖрдЗрд░рд╣реЗрдХреЛ рдерд┐рдпреЛ ред рдЕрд╡ рдпреЛ рдЯреЗрдХреНрдирд┐рдХрд▓реНрд▓реА рд╕рдорд╛рдзрд╛рди рднрдЗрд╕рдХреЗрдХреЛ рдЫ, рдвреБрдХреНрдХ рднрдЗ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдкреНрд░рддрд┐рдХреНрд░рд┐рдпрд╛ рд▓реЗрдЦреНрдиреБ рд╕рдХреНрдиреБрд╣реБрдиреЗрдЫ ред -AdministratorComments on topic:


Public Poll