Saturday July 31, 2010

चाल्स्र शोभराजलाई जन्मकैदको फैसला ,   खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार ,   निर्वाचनमा भाग लिन पाउनुपर्ने खनालको रिट खारेज ,   झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो,   स्याङ्जामा एचआइभी संक्रमितबाट मृत्यु हुने ३० ,   बिखन्डनबाट संस्थापनपक्षले जोगाउन सकेनः पौडेल ,   प्रचण्डलाई मतदानः फोरम, तटस्थः लोकतान्त्रिक,   प्रचण्ड र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने,   नयाँ जनादेशमार्फत सरकार निर्माण गर्नुपर्ने - राप्रपा नेपालका अध्यक्ष कमल थापा,   अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न ।,   हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक,   पाँच वर्षेखि क्षेत्रीय अस्पतालको जेनेरेटर प्रयोग बिहीन,   नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न,   बादी महिलाहरुको प्रथम सम्मेलन /१७ बुँदे दाङ घोषणापत्र जारी,   काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!,   बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेटघाट,   ललितपुर अनिजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ,   गीतकार र गायिकाको बिदाई कार्यक्रम सम्पन्न ,   ईराकमा रोजगारीको लागि नेपाल सरकारले लगाइएको प्रतिबन्ध चाँडो फिर्ता लिन ईराकमा कार्यरत नेपालीहरुको आग्रह। ,   राष्ट्रपति प्रमबीच छलफल ,  



बुवाको प्यारो अनुहार

बनोदिता आचार्य

बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवाधूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको 'रिसोर्स पर्सन' जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।


हामी सारा जीवन बाबुको पूर्णरुप नचिनेरै बिताइदिन्छौं । सन्तानको हितमा संसारसामु चट्टान बनेर उभिने बाबु, त्यही सन्तानसामु भावुकता र मायाले कति कमजोर हुन्छन्, हामी सायदै बुझ्नसक्छौं । उदाहारणका लागि छोरीको बिदाइमा आमा रोइरहेकी हुन्छिन् । आफन्तजन सुमसुमाइरहेका हुन्छन् । बाबु सुस्तरी एकान्ततिर पन्छन्छन्, टाढाबाट आफ्नी सानी पुतलीको बिदाइ हेर्छन् । लामो सास तान्छन् र कमजोर बनाउने भावनात्मक आधीलाई मनभित्रै समेटेर श्रीमतीलाई थुमथुमाउछन् । वातावरण फरक होला तर छोराका बाबुको प्रसंग पनि खासै फरक छैन । बिहेपछि छोराप्रति सोच्छन्- छोराको अब आफ्नो परिवार, आफ्नो भविष्य, जिम्मेवारी र काधमा नया अभिभारा आएको छ ।


बाबु छोरालाई थप भार दिन चाहदैनन् । आफ्ना चिन्ता र मनका तरंग छोरासित बाँडन सक्दैनन् । मानौं उनीहरू बीचमा एउटा नदेखिने पर्खाल उभिएको छ । आफ्नोको परिभाषा र प्राथमिकता एकपलमै बदलिएको छ ।


बाबु सारा जीवन खर्चिन्छन्, सन्तानको सुन्दर जीवन निर्माणमा । जवानी, रहर, आफ्नो जीवनसग जोडिएका सपना र उद्देश्य सबै खर्चेर एउटा सुन्दर जीवन तयार पारिदिन्छन् । सन्तानलाई यस्तो बनाइदिन्छन् कि ऊ सक्षम बनोस् । उसका वरिपरि शुभचिन्तक होउन् । उसलाई संसारले चिन्न बाबुको नाम जोडिरहनै नपरोस् । त्यसपछि बाबु सन्तानलाई उनको बाटो र सुखीसंसारमा रम्न छोडिदिन्छन् । आफूचाहि दर्शक भएर टाढाबाट अवलोकन गर्छन् ।


के बाबुलाई कहिल्यै रहर लाग्दैन होला, जवान सन्तानको सुखी जीवनलाई नजिकबाट हेरेर सन्तोक लिने ? आफूले रोपेर, मलजल गरी हुकाएको बिरुवा रूख बनेपछि त्यसको छहारीमा शीतल ताप्ने मन हुन्न र ? सन्तानको सफलतालाई आफ्नै सफलता ठान्छन् उनी । बाबु आफ्ना रहर कहिल्यै लाद्दैनन् । बाल्यकालमा शिशु हाँसेको हेर्न घन्टौ आँखा नझिम्काई उभिने बाबुलाई सन्तानको यौवन वा बूढो हासो पनि उत्तिकै प्यारो हुन्छ । त्यो हासोको गुञ्जन सुन्न बाबुका कान सधै लालायित हुन्छन् ।


हामी सन्तान स्वार्थी हुन्छौं । यति हतारमा हुन्छौं कि फर्केर एकचोटि हेर्न समेत फुर्सद पाउदैनौं । जसको काध चढेर हामीले अग्ला पर्खालबाहिरका संसार हेरेका थियौं, त्यो काध अब झुक्न थालेको छ । जसको जुंगा तान्दै र खेल्दै हामी हुर्केका थियौं, ती जुंगा उमेरसगै हिमालजस्ता भएका छन् । एकपटक फर्केर हेरौं त जसको हात समातेर हामीले दौडन सिकेका थियौं आज उनको हातमा हाम्रा बलिया हात होइन, निर्जीव लौरो छ । जन्म दिएकाहरूको मात्र होइन, आफूले जन्म दिएका र आफूलाई जन्म दिनेप्रति जहिल्यै निर्सत उत्तरदायी बनेमात्रै हाम्रो जीवन र्सार्थक हुन्छ । आज बाबुको मुख हेर्ने दिन । फेरि एकचोटि मुख हेरौं । केहीबेर उनको छातीमा टासिऔं । आलिडनमा बाधिऔं । संसारको भागदौडबीच हामीले निस्वार्थ माया बिर्सिसकेका हुन्छौं, बाबुसग समय बिताएर आफ्नो जागरणलाई व्यूताउ, सुस्ताएका शरीरलाई स्फुर्ती दिऔं ।


बुझन जरुरी छ, माया व्यापार होइन, बाबुले गरे र हामीले फिर्ता दिनुपर्ने । माया सामाजिक व्यवहार होइन उपहार जस्तै आदान-प्रदान गर्नुपर्ने । माया समयचक्रले लगाएको तोक पनि होइन, घडीको र्सुइसितै कर्ताको अनुहार बदलिरहने । माया कुनै सम्झौता होइन, र्सतहरू पालना नगरे मायाको अवधि र मान्यता टुट्ने । माया त साधना हो साधकको शरीर र मनका तारलाई पवित्र पार्ने । माया शक्ति हो जीवनका समस्या र चुनौतीसामु ढाल भएर उभिने । माया धागो हो घरपरिवार, समाज र संसारलाई सुन्दर माला बनाई सिउरने । जसरी स्वच्छ वातावरणमा एउटा बच्चा स्वस्थ हुर्कन्छ त्यस्तै चोखो मायाको वरिपरिमात्र जीवनका सबै रंग खुल्न सक्छन् । जति निश्चल, निस्वार्थ, माया आमाबाबुको वरिपरि पाइन्छ अन्त कतै पाइन्न ।
 

(आचार्य उपप्राध्यापक हुन्)

 

source: kantipur

 

 


 

.

Posted on : August 30, 2008, 7:04 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments