

| Tuesday February 09, 2010 |
|
आचार्य प्रभा
बिचार / विश्लेषण
नेपालीनारीहरुको महान चाड तीज र बिदेशिएका चेलीहरुको अनुभव
हरि कृष्ण न्यौपाने
चाड-बाड अनि धर्म र संस्कृतिको धनी देश नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै
चेलीहरु माइतिघरमा जाने अनि मिठो दर खाने र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको
माध्यामबाट पोखि आफ्ना साथी-संगीहरुसंग रमाइलो गरि तिजको रहर आयो बरिलै भन्दै नाच्ने
चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो पतिको दिर्घायु,अबिबाहितले राम्रो पति पाउने
आशामा अनि बिधुवा महिलाले आफ्नो स्वर्गिय पतिको चिरशान्तिको कामनाको लागि ब्रत बस्ने
परम्परा रहेको छ। रजश्वला भएका नारीहरुले आफुले जानि-नजानि गरेका गल्तिको लागि
ऋषिपन्चमिमा नुहाउने चलन पनि रहेको छ।
नेपालमा तिजको रम-झम बढिरहेको भएपनि बिभिन्न काम अनि पेशाको कारण बिदेशिन बाध्य
केहि नेपाली चेलीहरुले भने आफ्नो बुबा-आमा र दीदी-बहिनि र दाजुभाई अनि सबै
परिवारलाई बिर्सिन बाध्य भएको र तिज लगाएत नेपालमा मनाइने चाड-पर्ब र साथि-संगीको
यादमा दिन बिताउन पर्दाको क्षण ज्यादै असहज भउको ब्यक्त र्गछन ।
इजरायलमा कार्यरत दाङ घर भएकी जासु पुन ले आफ्नो माइतीघर चितवनमा तिज मान्न
नपाएको पनि तिन बर्ष भयो रे।अनि साथि-संगिसंग नाचेको र दर खाँदाको सम्झनामा आफ्नो
काममा ब्यस्त रहनु पर्दा निकै खल्लो लाग्छ भन्छिन।साथै इजरायलमा धेरै नेपाली चेलीहरु
भएपनि सबैको समय नमिल्नाले भेट-घाट गर्नै गार्हो छ र यस्ता धेरै दिनहरु सम्झना र
अर्को बर्ष समयले साथदिएमा नेपालमै बिताउने कल्पनामा बितौदै छु, उहाले बताउनु भयो।
इजरायलमै तिनबर्ष देखि कार्यरत झापाकी तारा न्यौपाने को पनि त्यस्तै अनुभब रहेको छ
। उहाँ त इजरायलमा रहेको केहि संघ-संस्थामा पनि सामेल हुनुहुन्छ र पनि नेपालमा
मनाउने चाड-पर्बमा बिदेशमा रहदा सारो खल्लो हुने रहेछ।हुन त साथिहरु सङ भेट-घाट त
हुन्छ तर किन किन नेपालमा रातो साडि अनि चोलिमा साथिहरुसंग नाचेको जस्तो नहुने।यो
बर्षको दशैं मनाउन नेपाल जाने तयारि मा रहेको पनि उहाले बताउनु भयो।
हेटौडा घर भई कुवेत साल्मियामा कार्यरत ममता क्षेत्रि पनि यो तिजलाई पहिलो पटक कुवेतमै साथिहरुसंग मनाउने बिचारमा हुनुहुन्छ।त्यस्तै करिब चार बर्ष देखि कुवेत जाहारामा ब्युटिपार्लरमा कार्यरत सिन्धुपाल्चोक बार्हबिसे घर बताउने जुना खत्रिले भने यो सम्म पाँच पटकको तिज लाई आफन्तसग मनाउन पाएकि छैनन्। आफ्नो रोगि श्रीमान अनि चार वोटा बच्चाको लालन-पालनको कारण सबै कुरा बिर्सन बाध्य छु उनको कथन थियो।कुवेतको हवालिमा घरमा काम गर्ने बिराटनगरकि बबिता गिरीले भन्नु भयो । चौबिस घन्टामा धेरै मुस्किल संग पन्ध्र घन्टा काम गर्नु पर्छ, छुट्टि हुन्न नेपालमा फोन गर्ने त समय हुन्न चाड-बाड र भेट-घाट त परैको कुरो हो।
तर बिगत लामो समय देखि बेलायतमा आफ्नो परिवारसंगै बस्ने पोखराकी हेमा गुरुङ भने अब त बिदेशमै साथिहरु धेरै भएकाले रमाइलो लाग्न थालेको बताउछिन।त्यस्तै हङकङमा करिब सात बर्षदेखि स-परिवार रहदै आएकी बुटवलकी आशा राईलाई पनि त्यहिको बाताबरण अनि समाजसंगको चाड पर्ब मन पर्न थालेको छ।
तर कतारमा इन्टरनेट सेवामा कार्यरत ओखलढुंगाकी सिता तामाङलाई भने हरेक चाड पर्बले रुवाउने गर्दछ। उहाँभन्नुहुन्छ विशेष गरि तिज, तिहार र आमाको मुख हेर्ने दिन सार्है अत्यास लाग्छ र एक्लै एकान्तमा रुने गर्छु।त्यस्तै अनुभब रहेको छ कतारमै होटलमा कार्यरत चितवन माडिकी देबकी अधिकारिको। उहाले भन्नु भयो यो चाड-बाड त नआएपनि हुन्थ्यो जस्तो लाग्छ।
Post Date:
Post your comments:
рдХреЗрд╣реА рд╕рдордпрджреЗрдЦрд┐ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдХрдореЗрдиреНрдЯ рд▓реЗрдЦреНрджрд╛ ??? рдЖрдЙрдиреЗ рд╕рдорд╕реНрдпрд╛ рдЖрдЗрд░рд╣реЗрдХреЛ рдерд┐рдпреЛ ред рдЕрд╡ рдпреЛ рдЯреЗрдХреНрдирд┐рдХрд▓реНрд▓реА рд╕рдорд╛рдзрд╛рди рднрдЗрд╕рдХреЗрдХреЛ рдЫ, рдвреБрдХреНрдХ рднрдЗ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдкреНрд░рддрд┐рдХреНрд░рд┐рдпрд╛ рд▓реЗрдЦреНрдиреБ рд╕рдХреНрдиреБрд╣реБрдиреЗрдЫ ред -AdministratorComments on topic:


Public Poll