Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



माओवादी, मधेशवादी र राजावादी शक्तिहरु प्रतिको संघर्षको नीति

मोहनविक्रम सिह

देशको तात्कालिक राजनीतिक अवस्थामा माओवादी मधेशवादी र राजावादी शक्तिहरुका नीति र भूमिका देशका लागि सबैभन्दा बढी घातक रुपमा देखापरेका छन् । माओवादीहरुको सामाजिक फासिवादी प्रकारको कार्यशैली संविधानको निर्माण गणतन्त्रको सुदृढीकरण तथा शान्ति सुरक्षाका लागि समेत गम्भीर समस्या भएको छ । मधेशवादी दलहरुको नीतिका कारणले देशको सार्वभौमिकता र अखण्डतामा नै गम्भीर आँच पुग्ने गम्भीर खतरा उत्पन्न भएको छ । राजावादीहरुका कारणले देशमा गणतन्त्र समाप्त भएर राजतन्त्रको पुनस्र्थापना हुने खतरा छ । उक्त कारणहरुले गर्दा ती तीनवटा शक्तिका नीति र भूमिकाबाट देशको राजनीतिमा बढी नकारात्मक असर पर्ने सम्भावना छ र त्यसकारण अन्य शक्तिहरु मध्ये तिनीहरुका विरुद्धको संघर्षमा सबैभन्दा बढी जोड दिनुपर्ने आवश्यकता छ ।

उक्त तीनवटा शक्तिहरुसितको नीति र भूमिकामा भएको अन्तरबारे पनि केही ध्यान दिनुपर्ने आवश्यकता छ । ती तीनवटा संगठनहरु मध्ये मधेशवादी र राजावादीहरुका तर्फबाट सम्भावित खतरा बढी गम्भीर प्रकारको छ । त्यसकारण उनीहरुका विरुद्धको संघर्षमा बढी जोड दिनुपर्ने आवश्यकता छ र त्यो संघर्षमा माओवादीहरुसित पनि एकता गर्ने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ । तर यस सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । अपेक्षाकृत दीर्घकालिन रुपमा मधेशवादीहरु र राजावादीहरुबाट नै बढी खतरा छ र उनीहरुका विरुद्धको संघर्षमा नै बढी जोड दिनु पर्दछ । तर तात्कालिक राजनीतिक र व्यवहारिक दृष्टिले माओवादीहरुका विरुद्धको संघर्षले नै बढी महत्व राख्दछ । अहिले संविधानसभा भित्र वा बाहिर पनि माओवादी समूह अपेक्षाकृत शक्तिशाली भएकाले र उनीहरुसित सैन्यशक्ति पनि भएकाले देशको राजनीतिमा उनीहरु बढी नोक्सान पुर्याउन सक्ने अवस्थामा छन् । मधेशवादी र राजावादी शक्तिहरुका नीतिहरु देशका लागि बढी घातक भएपनि तुलनात्मक रुपले तत्कालिक रुपमा उनीहरु कमजोर अवस्थामा भएकाले माओवादीहरु नै देशको राजनीतिमा बढी क्षति पुर्याउन सक्ने अवस्थामा छन् र पुर्याइ पनि रहेका छन् ।

कुनै राजनीतिक शक्तिसित कुनै खास बेलामा हाम्रो कति सम्बन्ध हुन्छ वा विरोध हुन्छ त्यो कुरा कुनै खास बेलाको राजनीतिक परिस्थिति र त्यो बेला बेग्लाबेग्लै राजनीतिक शक्तिहरुले अपनाएका नीति वा गतिविधिका आधारमा टुंगिन्छ र टुंगिनु पर्दछ । एमाले र नेका सत्तामा छन् र उनीहरुसित पनि हाम्रा कैयौं अन्तरविरोधहरु छन् । गतकालमा हाम्रा उनीहरुसित कैयौं गम्भीर प्रकारका अन्तरविरोधहरु रहने गरेका छन् । तर अहिलेको अवस्थामा माओवादी सत्ताभन्दा बाहिर भएपनि संविधानसभा भित्र वा बाहिर भएको उसको राजनीतिक आधार त्योसित भएको सैन्य शक्ति तथा तात्कालिक रुपमा उसले अपनाएका सबै नीति र त्यसको कार्यप्रणाली समेतमाथि विचार गर्दा माओवादी एमाले र नेका मध्ये माओवादीसित नै बढी अन्तरविरोध छ र त्यसका विरुद्धको भण्डाफोर र संघर्षमा बढी जोड दिनुपर्ने आवश्यकता छ । वर्गीय दृष्टिले नेकासित नै हाम्रो सबैभन्दा बढी अन्तरविरोध छ । नेका र राप्रपाको वर्गीय आधार एउटै हो । तर एउटै वर्गीय चरित्र भित्र पनि राजनीतिक रुपमा भएका नीतिगत अन्तरहरु माथि विचार गर्दा राजनीतिक रुपले राप्रपासित नै हाम्रो बढी विरोध हुन्छ । सैद्धान्तिक दृष्टिले माओवादी हाम्रो सबैभन्दा नजिकको मित्र शक्ति हो । तर त्यसको तात्कालिक राजनीतिक लाइन भूमिका र व्यवहारको दृष्टिले त्यससितको हाम्रो अन्तरविरोध सबैभन्दा तीब्र बन्न गएको छ र त्यसैले त्यसका विरुद्धको भण्डाफोर तथा संघर्षमा बढी जोड दिनुपर्ने आवश्यकताको सिर्जना भएको छ ।

संघीयताको प्रश्नलाई नै लिउँ । अहिले नेकपा मसाल वा त्यसका नजिकका वैधानिक तथा जनवर्गीय मोर्चाहरुलाई छाडेर अन्य सबै राजनीतिक दल वा संगठनहरुले संघीयतालाई समर्थन गर्दछन् । तर माओवादीहरुको संघीयता सम्बन्धी धारणा सबैको भन्दा खतरनाक प्रकारको छ । उनीहरुको संघीयता भित्र चरम प्रकारको जातिवाद समाविष्ट छ । उनीहरुले जातीय राज्य तथा जातीय अग्राधिकारमाथि जोड दिइरहेका छन् । त्यस प्रकारको अवधारणा देशमा पृथकतावादी सोंचाईको रुपमा पनि देखापर्दै गइरहेको छ । देशमा जातिवादी संघीयताको नेतृत्व माओवादीहरुले नै गरिरहेका छन् । संघीयता पक्षधरहरु मध्ये अन्य पक्षहरुलेभन्दा बेग्लै उनीहरुले संघीयताको विरोध गर्ने माथि हिसात्मक आक्रमण गर्ने वा प्रतिबन्ध लगाउनेसम्म कुरा गरिरहेका छन् । त्यसरी उनीहरुको संघीयता जातिवादी वा सामाजिक फासिवादी रुपमा देखापरेको कुरा प्रष्ट छ । संघीयताका सन्दर्भमा उनीहरुले आत्मनिर्णयको अधिकार पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार बहुराष्ट्रिय राज्य आदिमा पनि जोड दिइरहेका छन् । त्यसरी संघीयताको प्रश्नमा उनीहरुका अवधारणाहरु एमाले ने।sा। वा राप्रपाका भन्दा पनि घातक छन् । उनीहरुको संघीयता सम्बन्धी सोंचाईको तुलना खालि मधेशवादी दलहरुसित नै हुन सक्दछ । उनीहरुले मधेशवादी दलहरुले जातीय राज्यको विरोध गर्दछन् । तर एक मधेश-एक प्रदेशको अवधारणा तथा त्यससित जोडिएका आत्मनिर्णयको अधिकार र पृथकतावादी सोंचाईहरुका कारणले उनीहरुको संघीयता सम्बन्धी अवधारणा माओवादीहरुको भन्दा पनि खतरनाक रुपमा देखापरेको छ ।

माओवादीहरुको माक्स्रवादी-लेनिनवादी वा माओवादी सिद्धान्तबाट ता विचलन भइरहेको छ । तर अब उनीहरु पुँजीवादी प्रजातान्त्रिक शक्ति पनि नरहने लक्षणहरु देखापर्दै गइरहेका छन् । उनीहरुले सामान्य पुँजीवादी प्रजातान्त्रिक मूल्य र मान्यताहरुको पनि उल्लंघन गर्दै गइरहेका छन् । स्वतन्त्र न्यायपालिका संसदमा प्रतिपक्षको अस्तित्वको विरोध वा सहमति र बहुमत न भइकन पनि सरकारमा जान जोरजवजस्ती विरोधी मत राख्ने राख्नेहरुमाथि हिसात्मक आक्रमण वा प्रतिबन्ध लगाउने प्रकारका अभिव्यक्ति आदिले उनीहरुको सामाजिक फासिवादी शक्तिका रुपमा पतन हुने प्रकि्रया तीब्र रुपले अगाडि बढ्ने प्रवृत्ति देखिन्छ । जनता वा विरोधी राजनीतिक शक्तिहरु माथिका लगातारका आक्रमण जोरजवर्जस्तीपूर्वक चन्दा असूली आदिले पनि उनीहरु लगातार फासिवादी शक्तिका रुपमा परिणत हुँदै गइरहेको कुरालाई बताउँछन् । हाम्रो सबैभन्दा नजिकको मित्र शक्ति भएर पनि उनीहरुको हाम्रा विरुद्धको शत्रुतापूर्ण व्यवहार तथा लगातारको िहंसात्मक आक्रमणले पनि उनीहरुको सामाजिक फासिवादी प्रवृत्तिहरुलाई नै बताउँछ ।

आज संविधानको निर्माणमा सबैभन्दा बढी बाधा माओवादीहरुले नै पुर् याइरहेका छन् । उनीहरु आफ्ना शर्तहरु पूरा नभएमा वा उनीहरुको नेतृत्वमा सरकार नबनेमा संविधान बन्न नदिने कुरामा जोड गरेका छन् । राजावादीहरुसित मेलमिलापको नीतिका लागि उनीहरु नेपालको राजनीतिमा सबैभन्दा बढी बदनाम छन् । साँच्चै भन्ने हो भने राजावादीहरुसंग उनीहरुको एक प्रकारले सबैभन्दा नजिकको भावनात्मक सम्बन्ध कायम भएको छ । उनीहरुले जसरी एक वा अर्को प्रकारले योजनावद्ध प्रकारले संविधानको निर्माणमा बाधा हालेर जेष्ठ १४ गते भित्र संविधान बन्न नदिने प्रयत्न गरिरहेका छन् त्यसबाट राजावादी वा विदेशी प्रतिकि्यावादीहरुलाई नै फाइदा पुग्ने कुरा प्रष्ट छ । अहिले उनीहरुले जेष्ठ १४ गतेभित्र संविधान नबनेमा ँजनविद्रोह’ गर्ने कुरा गर्दैछन् । उनीहरुको त्यस प्रकारको नीतिबाट २०६२-६३ का जनआन्दोलनका उपलब्धिहरु वा गणतन्त्रमा समेत गम्भीर प्रकारले आँच पुग्ने कुरा प्रष्ट छ । त्यसबाट यो कुराको आशंका उत्पन्न हुन्छ :कहीं उनीहरुले राजावादीहरुसित छद्म गठबन्धन गरेर नै गणतन्त्रलाई समाप्त गर्न योजनावद्ध प्रकारले काम त गरिरहेका छैनन्

माथिका कारणले गर्दा माओवादीहरुका विरुद्धको संघर्ष तत्काल अत्यन्त महत्वपूर्ण बन्न जान्छ । तर त्यसको विरुद्ध त्यस प्रकारको संघर्षमा जोड दिने बेलामा मधेशवादी र राजावादीहरुबाट सम्भावित खतरालाई गौण बनाउनु वा उपेक्षा गर्नु पनि गम्भीर गल्ति हुनेछ । मधेशवादीहरुले आत्मनिर्णयको अधिकार सहित एक मधेश-एक प्रदेशमा जोड दिइरहेका छन् । त्यसरी के उनीहरुले आत्मनिर्णयको अधिकारलाई प्रयोग गरेर तराईलाई बेग्लै र स्वतन्त्र देश बनाउन त खोजिरहेका छैनन् त्यो शंका गर्ने ठाउँ छ । उनीहरुले यो पनि भन्न थालेका छन् उनीहरुको यो माग पूरा नभएमा उनीहरुले एक नेपाल पनि रहन दिने छैनन् । त्यसको अर्थ हो - तुरुन्त तराईलाई स्वतन्त्र घोषित गर्ने । बताइरहनुपर्ने आवश्यकता छैन त्यसरी दुवै दिशाबाट उनीहरुले नेपालको अखण्डता माथि आक्रमण गर्नेछन् ।

राजावादीहरुले योजनावद्ध प्रकारले राजतन्त्रको पुनस्र्थापनाका लागि गतिविधि अगाडि बढाइरहेका छन् । हिन्दू राज्यको अवधारणालाई उनीहरुले हतियारको रुपमा प्रयोग गर्दैछन् । तात्कालिक रुपमा उनीहरुको त्यो प्रयत्न अपेक्षाकृत कमजोर जस्तो देखिए पनि त्यो खतरालाई हल्का रुपमा लिनु गम्भीर गल्ति हुनेछ ।

एमाले नेका आदिसित पनि हाम्रो कैयौं अन्तरविरोधहरु छन् । वर्गीय सैद्धान्तिक वा अपेक्षाकृत लामो समयका लागि ती गम्भीर महत्वका हुन सक्दछन् । तर तात्कालिक दृष्टिले माओवादी मधेशवादी र राजावादीहरुसितका अन्तरविरोधहरु नै बढी महत्वपूर्ण बन्न जान्छन् । तिनीहरु मध्ये पनि तात्कालिक व्यवहारिक र राजनीतिक दृष्टिले माओवादीहरुसित र अपेक्षाकृत दीर्घकालिन दृष्टिले मधेशवादी र राजावादीहरुसितका अन्तरविरोध र संघर्ष बढी महत्वपूर्ण बन्न जान्छन् । उक्त सबै पक्षहरु माथि ध्यान दिएर नै हामीले तात्कालिक नीति र संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्दछ ।






.

Posted on : April 29, 2010, 4:13 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments