Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



देशका सबै राजनीतिक दलमा माओवादीका एजेण्ट छन्

Man Bahadur Thapa

काठमाडौं । देशमा राजतन्त्र छँदा यो टिप्पणी हुने गर्दथ्यो, "देशका सबै राजनीतिक दलमा राजतन्त्रका एजेण्ट छन् ।" अहिले गणतन्त्र आएको छ र माओवादी सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रहेको छ । उसले हरेक राजनीतिक दलमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ । अब माथिको भनाईलाई यसरी व्याख्या गरिंदैछ "देशका सबै राजनीतिक दलमा माओवादीका एजेण्ट छन् ।"

२०५९ सालमा मसाल र एकताकेन्द्रबीच एकता भएर एकताकेन्द्र-मसाल बन्यो । त्यसका सहमहामन्त्री थिए, प्रकाश । तर राजनीति चाहिं माओवादीको बोकेर हिंड्थे र माओवादी खुला राजनीतिका नआउदा प्रवक्ताको काम गरेका थिए । माओवादीलाई त्यतिबेला काठमाडौंमा प्रवक्ताको आवश्यकता थियो । र एकताकेन्द्र-मसालका सहमहामन्त्री प्रकाशलाई प्रवक्तामा 'नियुक्त’ गरेका थिए । कालान्तरमा उनी माओवादीका उपाध्यक्ष भए र आजसम्म पनि छन् ।

अहिले एमालेमा माओवादीका नया“ प्रवक्ता देखा परेका छन् । उनी हुन् एमालेका उपाध्यक्ष वामदेव गौतम । जसले ४ दिनपहिले वैशाख १८ गते, एउटा ज्ञापनपत्र इमेल गरे । पाटी अध्यक्ष झलनाथ खनाललाई पठाइएको ज्ञापनपत्रमा प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा मागिएको छ । त्यसरी राजीनामा मागिएको ज्ञापनपत्रमा ६० जना एमाले नेता तथा कार्यकर्ताको नाम उल्लेख छ । तर तीमध्ये धेरैले आफूले ज्ञापनपत्रमा हस्ताक्षर नगरेको बताइसकेका छन् । वामदेव गौतमले खनाललाई ज्ञापनपत्र त बुझाए तर खनाल नै एमाले हुन् कि माओवादी ? आफूहरूलाई समेत छुट्याउन गाह्रो परेको एमाले कार्यकर्ताले बताउन थालेका छन् । इमेलबाट ज्ञापनपत्र बुझेपछि संचारमाध्यमलाई प्रतिक्रिया दिंदै अध्यक्ष खनालले प्रधानमन्त्रीको राजीनामा माग्नु एमालेको भावना विपरीत नभएको बताएका थिए ।

झलनाथको त्यो भनाईबाट एउटा आशंका उत्पन्न भएको छः कतै झलनाथ आफैले वामदेव गौतमलाई ज्ञापनपत्र लेख्न लगाएका त होइनन् ? इमेलबाट पठाइएको ज्ञापनपत्र झलनाथ खनालले पढ्न नपाउ“दै काठमाडौं, नेपालगन्ज, विराटनगर लगायत शहरमा माओवादीले प्रेसबाट दशौं हजार प्रति छापेर बा“डिरहेका थिए । माओवादी कार्यकर्ताको त्यो दिन बामदेवको ज्ञापनपत्र बा“डेर बित्यो । सत्ताकब्जा गर्न आएका माओवादी कार्यकर्ताले बामदेवको ज्ञापनपत्र बा“डे । वामदेवको ज्ञापनपत्र बा“डेर सत्ता कब्जा हुने भए आम हड्ताल गरेर जनतालाई यति धेरै दुःख किन दिएका ?

एमालेको केन्द्रीय समितिको र्सवसम्मत निर्णयवाट माधवकुमार नेपाल प्रधानमन्त्री बनेका हुन् । उनलाई अन्य २२ दलको र्समर्थन छ । ती मध्ये कसैले पनि राजीनामा मागेका छैनन् । एमालेले संस्थागत रूपमा पनि राजीनामा मागेको छैन । तर केही एमाले नेतालाई किन राजीनामा चाहिएको हो ? अहिले माधवकुमार नेपालको राजीनामा माओवादीलाई मात्रै चाहिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन माओवादीले आन्दोलन गरिरहेका छन् ।

वर्तमान सरकार संसदबाट बहुमत पुर्‍याएर बनेको हो । त्यसलाई अविश्वासको प्रस्तावबाट हटाउन सकिन्छ । माओवादीले २५० पनि पुर्‍याउन नसकेपछि त्यो बाटो अवलम्बन गरेन । त्यसकारण माओवादीले सरकारको नेतृत्व आफूले पाउनुपर्ने जुन कुरा गरेको छ त्यो औचित्यहीन भइसकेको छ। एमालेका नेताहरूले माओवादीले सरकार बनाउनुपर्छ भन्दै ज्ञापनपत्र बुझाउ“दै हिंडिरहनु राजनीतिक ठट्टाको विषय मात्र बनेको छैन । वामदेवको राजनीतिको घटिया चरित्र उजागर गरेको छ । एमालेमा बसेर वामदेवले कतिञ्जेल माओवादीको सेवा गरिरहने हुन्, त्यो चाहिं हेर्दै जानुपर्छ ।

-----------

Response @thapa1_mb@yahoo.com
.

Posted on : May 6, 2010, 6:08 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

RAM MADHESHI

hey bamdeb gaddar talai ke khojeko 6s feri girya mantiri banidimla bhaneko 6ki kyo haa

May 8, 2010, 10:49 am
@211.193.194.43



Archieve Articles Headlines


 Recent Comments