Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



सम्रक्षण देखि युनीटि लाइफसम्म ।

केशब प्रसाद घोरासाइने, कुबेत



नेपालमा यस्ता नेटवर्किङ ब्यवसाय गरेर नेपालीहरुलाई ठग्ने गिरोह सक्रिय भएको धेरै समय भैसक्यो अरु साना तिना ठगहरु त कती छन कती नेपालमा र तिनका एजेन्ट बिदेसमा पनि । गोलकोएस्ट , सम्रक्षण तथा युनिटी लाइफ चाही ठुला ठग भित्र पर्छन । एकपटक नेपालमा सम्रक्षण नामक नेटवर्किङले सनसनी मच्चएको थियो । गरीब नेपालीहरुको करोडौ रुपैया कुम्ल्याएर भाग्यो त्यो ठग । त्यसपछि ठुलो तामाझामका साथ आयो अर्को ठग गोलकोएस्ट । घर घरमै सुनको बर्षा गराउनी र घर बसी बसी महिनाको हजारौ डलर कमाइ हुनी सपना देखाएर अरबौ रकम कुम्ल्याएर त्यो पनि टाप ठोक्यो । त्यसबेला गोलकोएस्टले ब्रिटिश लाहुरे, हङ्कङ लाहुरे र काठमाडौं, पोखरा, धरान लगायतका शहर र शहरोन्मुख बस्तीहरुलाई त छोडेन छोडेन सिङापुर , हङकङ , ब्याङ्कक , युरोप र अमेरिकामा बस्ने नेपालीहरुलाई समेत निसाना बनाएको थियो । त्यसपछी हाल दुई तीन बर्ष देखी युनीटि लाइफ भनिने अर्को ठगले नेपालीहरुलाई ठुला ठुला सपना बेचेर ठगी रहेको छ । सोझा नेपालीहरु भने ठगिएका ठगिएकै छन् त्यती मात्रै नभएर यो युनिटी लाइफ भनिने ठगले त झन युरोप र अमेरिकामा जाने सपना पनि देख्न नसक्नी गरीब आफ्नु थोरै भएको घर जाएजेथालाई बन्दकी राखेर गल्फको प्रचन्ड मरुभुमिमा आएका सोझासिदा नेपालीहरुलाई तारो बनाइ अरबौ अरब ठगेर भाग्ने तरखरमा छ भनेको सुन्दा दुख पनि लागेको छ ।

यस्तो झुठो सपनामा नलागौ भनेर सम्झाउदा पनि नमान्ने साथीहरु प्रती शहानुभुती बाहेक अरु केनै गर्न सकिन्छ र । यो बेलामा बिभिन्न संचार माध्यमबाट जानकारी भए अनुसार हाल कुबेतमा पनि यो नेटवर्किङले लगभग २००० नेपालीहरुलाई ठ्गी सकेको जानकारी गराएका छन् । त्यस मध्य पनि साह्रै थोरै पारीश्रमिकमा आफ्नो श्रम बेचिरहेका महिला कामदार हाउस मेड नेपाली दिदी बैनिहरुछन । कुबेतिको घरमा कामगर्ने महिला दिदीबैनीहरुलाई यहाँको कानुन अनुसार घर बाहिर निस्कनी अनुमती हुँदैन र पनि युनिटी लाइफका यहाँका स्थानिय एजेन्टहरुले विभिन्न माध्यमबाट झुट्टा सपना देखाएर आफ्नो स्वार्थ पुरागर्न सफल भईनै रहेकाछन । बिभिन्न मानव परोपकारमा संलग्न हुनुपर्नी यहाँका नेपाली क्लबहरु नै युनिटी लाइफका यहाँका स्थानिय एजेन्ट भएका छन् । कुबेतमा भएका हरेक क्षेत्रका नेपालीहरु अहिले उनीहरुको चङ्गुलमा परिसकेकाछन् ।

तातो घाममा भेडा चराउने भेडा गोठाला, आपनो ज्यानको बाजी थापेर कुबेत ईराकमा गाडी चलाऊने ड्राइबर, पाच तारे होटलमा काम गर्ने हुन् या चर्को घाममा रोडमा काम गर्ने लेबर नै किन नहुन् सबैतिर यसले पन्जा गाडी सकेकोछ ।

थोरैकुरा आफ्नै बारेमा पनि लेखिहालौ म २०६५ सालको नेपालीहरुको महान चाड दसैंमा कुबेतबाट स्वदेस गएको थिए । काठमाडौंको मेरो बसाइ भएको ठाउँ पानीपोखरी स्थित एउटा स्यानु होटल भट्टी चलाएर बस्नी एकजना ईन्द्र लामा भन्ने भाईले र अर्को पानीपोखरी मै ढुंगाना कोल्डस्टोरका भाई कृष्णले मेरो घरमा आइ दाई तपाईं बिदेसमा बस्नुहुन्छ । तपाईलाई फाईदा हुने एउटा काम छ, आज हामीसँग एकठाउमा जाउ है भने, मैलेपनी फाईदा हुनेकाम के रहेछ त भनेर उनहिरुको बाइकमा बसे त्यसपछी ति भाईहरुले सिधै काठमाडौंको गोङ्गबु स्थित युनिटी लाइफको हेड अफिस भएको ठाउँमा लियर गए । अगाडि त ति भाईहरुले मलाई केहीपनी बाताएका थिएनन् र मलाई एकजना गुरुङ थर भएका टाइसुट लगाउनी भलादमीसँग परिचय गराए, ति गुरुङ साथीले मलाई एकघण्टा जती युनिटीलाइफको बारेमा ब्रिफिङ गरे र हरेककुरा सम्झाउदै तपाईं कुबेतमा हुनुहुदोरहेछ तपाईं कुबेतको प्रमुख एजेन्ट बन्नोस भनेर बिभिन्न प्रकारले सम्झाए । उनिहरुको भनाइ अनुसार ति गुरुङ साथीचाही युनिटी का डबल प्रेसिडेन्ट रे अनी डबल प्रेसिडेन्ट भएपछी प्रति हप्ताको रु ३७,००० आउछ । यो हिसाबले महिनाको एकलाख पचहत्तर हजार हुन्छ । तपाईंले पनी कुबेतमा गएर जतिधेरै मेम्बर बनाउन सक्नुहुन्छ तपाईंलाई पनि तेतिनै फाईदा हुन्छ । त्यसैले तपाईं हाम्रो मेम्बर आजै बन्नोस भनेर बिशेष जोड नै गरेका थिए ।

तर म यो भन्दा अगाडिनै सम्रक्षण र गोलकोइस्टहरुको चङुलमा परिसकेको हुँदा हत्तपत्त हामाफाल्न मन लागेन र ति भाईहरुलाई म कुबेत फर्कनी बेलासम्म तिमीहरुको मेम्मर बनेर जान्छु भनेर त्यहाबाट फुत्किए, हुनत ति भाईहरुले मेरो लागी राम्रै सोचेर भनेका थिए होलान तर मलाई लाग्यो यो पनि एक न एकदिन पक्कै दुनियाँलाई ठगेर भाग्छ । उनहिरु भने मेरो पिछा गर्दै थिए म चाँहि उनीहरुलाई आफु कुबेत फर्कने दिनको पत्तै नदिइ त्यहाँबाट फुत्किए । यहाँ आएपछी यहाँका एजेन्टहरु पनि मेरो प छी नपरेका होइनन्, त्यतीमात्रै नभै मेरा साह्रै नजिकका साथीहरुले पनि दबाब दिइनैरहेका थिए । यस्का बाबजुद म यो सन्जालबाट बाँच्न सफल भएको छु ।

आफ्नो देश, आफन्त र परिवारहरुलाई छाडि थोरै भएपनि आर्थिक उन्नती गर्न सकिन्छ की भनेर बिदेसिएका सम्पूर्ण दाजुभाइ तथा दिदिबैनीहरुलाई आफ्नो मिहेनतमा विश्वाश गर्न कुनैपनी ठगहरुको बहकाउमा नलाग्न अनुरोध गर्दछु । साथै अन्य मुलुकमा नेपाली राजदुतहरुले आ आफ्ना क्षेत्रका नेपालीहरुलाई यस्को बारेमा सचेत गराइसकेको बेलामा यहाँ स्थित हाम्रा माहामहिम राजदुत ज्यु चाँही किन पछी पर्नु भएको हो

अन्त्यमा गोलकोएस्ट देखि युनिटी लाइफ तथा अन्य नेटवर्किङ भनि नेपालीहरुलाई ठग्ने अन्तरराष्ट्रिय माफियाहरुलाई कानुनको कठघरामा ल्याइ कडा भन्दा कडा कानुनी कारवाही होला भन्नेमा आशा वाहेक अरु के गर्न सकिन्छ र अहिलेलाई।

मुलुकका ठुला ठुला नेता, मन्त्रीहरु तथा बिपक्षी दलका नेता लगायतलाई आपनो मुठिमा राख्न सफल माफिया अन्तरराष्ट्रिय ठगहरु लाखौं नेपालीहरुको रगत पसिनाको कमाइ हजम बनाइ फरार हुँदैनन् भन्ने चाँही विश्वाश गर्न गाहै पर्छ ।



.

Posted on : May 18, 2010, 8:07 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments