Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



विदेशमा नेपाली कामदार असुरक्षित/लिबियामा १ सय १२ जना उद्धारको प्रतीक्षामा

होम कार्की

सुरक्षित भविष्यको खोजीमा विदेशिएका नेपाली कामदारका लागि यो साता सुखद रहेन । खाली हात र्फकने र उद्धारको पर्खाइमा बस्नेको सूची यो साता लामै बन्यो । कतारबाट २६, साउदी अरेबियाबाट १६ महिला र २९ जना पुरुष रित्तो हात फर्किए भने लिबियामा तीन महिनादेखि १ सय १२ जना कामदार उद्धारको प्रतीक्षामा सरकारको बाटो हेरेर बसिरहेका छन् ।

रोजगारीको गन्तव्य, काम र पारिश्रमिकमा भिन्नता, समस्या भने एउटै छ, रोजगारदाताले सम्झौता गरेअनुसार काम, तलब र सुविधा नदिनु ।
Nepali workers  in trouble
काम गरेको महिनौं बित्दा पनि तलब र सुविधा नपाएर बेखर्ची बनेका ती कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । कतारमा दलाल र कम्पनीका साहूको ठगीमा परेपछि कतार सरकारले २६ कामदारलाई टिकट खरिद गरी स्वदेश पठायो । साउदीमा १६ महिलालाई दूतावासले उद्धार गर्‍यो । उनीहरूमध्ये तीन जनालाई दूतावास र बाँकीले आफैं टिकटको खर्च बेहोरे ।

बिहीबार र शुक्रबार साउदीबाटै आएका २९ कामदारको सम्पूर्ण खर्च भने सम्बन्धित म्यानपावरले नै बेहोरेका थिए । म्यानपावरले भनेअनुसार काम नपाएपछि तीन महिनादेखि उनीहरू बिचल्लीमा परेका थिए । 'साउदीमा विमानस्थलको सफाइ काममा गएका थियौं,' शुक्रबार विमानस्थलमा भेटिएका नुवाकोटका दोर्जे लामाले भने, 'तर त्यहाँ पुगेपछि विमानस्थलको होइन, सडक र होटलका कामहरूमा लगाइयो ।'

असारमा गएका उनीहरूले सात महिनासम्म होटल र सडक सफाइको काम गरेका थिए । तर तलब र सुविधा भनेअनुसार नपाएपछि काम गर्न छाडेका थिए । 'यसमा कम्पनीले धोका दियो,' उनीहरूलाई पठाएको निड इम्प्लोइमेन्ट सर्भिसका प्रबन्धक निर्देशक तेजेन्द्रबहादुर श्रेष्ठले भने, 'कामदार पठाएपछि सम्पूर्ण जिम्मेवारी म्यानपावरको हुन्छ । त्यो जिम्मेवारी पूरा गरेँ ।'

उनले कामदारलाई स्वदेश झिकाएनन् मात्रै कामदारको हितका लागि स्थानीय श्रम अदालतमा मुद्दा लडिदिए । बस्न र खाने व्यवस्थासमेत गरिदिए । 'उनीहरूलाई स्वदेश झिकाउनु नै ठूलो सफलता हो,' श्रेष्ठले भने, 'उनीहरूको भविष्यप्रति जिम्मेवार छौं । उनीहरूको इच्छाअनुसार अब काम हुन्छ ।'

उता उत्तर अपि|mकी राष्ट्र लिबियामा १ सय १२ जना नेपाली कामदार उद्धारको पर्खाइमा तीन महिनादेखि प्रतीक्षारत छन् । लिबियाका लागि नेपाली राजदूत श्यामलाल तवदारले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भनेका छन्, 'नाजुक अवस्थामा रहेका ती कामदारहरूलाई खाना, बस्न निकै कठिनाइ छ । गर्मी बढेका कारण बिरामी पर्ने क्रम बढेकाले तुरुन्त उद्धार गर्न आवश्यक देखिन्छ ।'

दूतावासले उद्धारका लागि प्रतिव्यक्ति १५ सय अमेरिकी डलर पठाउन वा त्यहींबाट पहल गर्न अनुरोध गरेको छ । ती कामदार धौलागिरी इन्टरनेसनल म्यानपावरमार्फत लिबियाको एन्जरासभास्थित सीकेजी कम्पनीमा काम गर्न झन्डै दुई वर्षअघि गएका थिए । दूतावासका अनुसार उनीहरूले नौ महिनादेखि तलब पाएका छैनन् भने काम गर्ने कम्पनी विघटनको अवस्थामा छ । उनीहरू हाल कम्पनीका एक हलमा बसिरहेका छन् । 'कम्पनीले कामदारलाई फिर्ता गर्न आवश्यक टिकट सबकन्ट्याक्टरले फिर्ती टिकट उपलब्ध गराउने करार भएको छ । सबकन्ट्याक्टर (तेजप्रकाश पुन) ले टिकट उपलब्ध गराएका छैनन्,' कामदारको भनाइ उद्धृत गर्दै दूतावासले पत्रमा भनेको छ । पीडितका आफन्तहरूका अनुसार सरकारले छिटो उद्धार नगरिदिँदा उनीहरू झन् जोखिममा परेका छन् ।

दूतावासहरू विदेशमा कामदार जोखिम र असुरक्षित बढ्नुको पछाडि वैदेशिक रोजगार विभागले कामदारको मागपत्र स्वीकृति गर्दा दूतावासको प्रमाणीकरण नखोज्नु मान्छन् । 'विभागले जबसम्म कामदारको मागपत्रमा दूतावासको प्रमाणीकरण खोज्दैन तबसम्म नेपाली कामदार ठगिइरहन्छन्,' साउदी दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, अहिले दूतावास, उद्योग वाणिज्य महासंघ र नोटरी पब्लिकमध्ये एकले गरेको प्रमाणीकरणमा श्रम स्वीकृति दिने व्यवस्था छ, त्यसलाई सच्याउनुपर्छ ।.

Posted on : May 23, 2010, 3:34 am

Source :ekantipur


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments