Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



दुःख गरे गाउँमै बसेर मनग्य आम्दानी

केपि किरण शर्मा / रवि भट्ट

पिठुवा / यहाँ हावामा पैसा उडिरहेको छ । मेहनत गरे मनग्य आम्दानी गर्न सकिन्छ हाम्रा दाजुभाइहरु देशमा बसेर केही गर्न सकिएन भन्दै महिनावारी पाँच, सातहजार कमाउन ज्यानको बाजी लगाएर सात समुद्र पारि अरबको मरुभूमिमा भेंडा चराउन जान्छन् । यहाँ मेहनत गर्दैनन् म त धिक्कार भन्छु तिनीहरुलाई । यी भनाइहरु हुन् पूर्वी चितवनको पिठुवा-१ हात्तीगाढे गाउँका मेहनती ४० वर्षिय हरि अधिकारीको ।
fruit shop in rickshaw:दुःख गरे गाउँमै बसेर मनग्य आम्दानी
आजभन्दा २३ वर्षअघि नुवाकोटको तारुकाबाट चितवन बसाइ सरि आएका टिकाराम र दीपकुमारी अधिकारीका पाँच भाइ मध्ये काँहिला सन्तान हुन् हरि । चार सन्तानका बाबु निरक्षर हरिलाई छोरा, छोरीहरुलाई शिक्षा दिनको लागि आफ्नो खेतीले र घरको आम्दानीले अपुग हुँदै गएपछि घरपरिवारबाट विदेश जानुपर्छ भन्दै दबाब बढ्दै गयो तर उनको मन भने विदेश जानु हुँदैन आफ्नै गाउँघरमा बसेर केही गर्नुपर्छ भन्ने लागिरहेको थियो ।

त्यसैले सात वर्षअघि उनले आफ्नै गाउँमा बसेर मेहनत गरी परिवारलाई राम्रोसँग लालनपालन गर्छु भन्ने मान्यताका साथ ६ हजार खर्च गरेर रिक्सा किनेछन् ।

हरि भन्छन् - मेरो कमाइ खाने भाँडो यही रिक्सा हो भन्ने सम्झेर रिक्सा किनेकै दिन मैले त्यसलाई पूजा गरें र त्यसै दिन नारायणगढ बजार गएर केही फलफूल किनी रिक्सामा राखेर बाटोमा बेच्दै हिँडे ।

पहिलो दिनकै आम्दानीले मलाई यो व्यवसाय गर्न हौसला मिल्यो र त्यसपछि मेरो दैनिकी बन्यो बिहान सबेरै घरबाट रिक्सा लिएर निक्लनु नारायणगढ बजार जानु र मौसम अनुसारका फलफूल किनेर गाउँगाउँ चाहारेर बेच्दै हिँड्नु ।

सात वर्षको अन्तरालमा आफ्नो जीवन आर्थिकरुपले कायापलट भएको सुनाउँदै उनले फर्माए । मेरो झुप्रो घर थियो पोहोर साल मात्रै त्यसलाई भत्काएर चार कोठाको पक्की घर बनाएँ । छोराछोरीलाई कुनै पनि कुराको अभाव हुन नदिइ राम्रोसँग पढाएको छु ।

विदेश गएको भए यत्तिकै नहुन पनि सक्थ्यो । दुःख पाएर फर्केका पनि धेरै उदाहरण छन्, म त दिनभरि दुःख गरे पनि कम्तीमा पनि बिहान बेलुका परिवारसँग बस्न त पाएको छु । दैनिक कति कमाइ हुन्छ त भन्दा हरि हाँसेर भन्छन् - 'दैनिक भन्दा पनि सरदर महिनाको हिसाब गर्दा १५ देखि २० हजारसम्म कमाइ हुन्छ । कमाइ गर्न त्यति सजिलो छैन दुःख गर्नुपर्छ ।'

पुस माघको ठण्डी होस् या बैशाख जेठको चर्को घाम एकोहोरो रिक्सा ठेल्नैपर्छ । तै पनि सोचे अनुसार फाइदा भएपछि खासै दुःखको अनुभव हुँदैन । पिठुवाको हात्तीगाडेदेखि नारायणगढ करिब २० कि.मी. को बाटो रिक्साभरि मौसम अनुसारको फलफूल टन्नै राखेर ओहोर दोहोर गर्नु हरिको दैनिकी नै हो ।

घरगाउँमा नै बसेर मेहनती भई काम गरे मनग्य कमाइ गर्न सकिने उनको राय छ ।काम गर्न लाज मान्नु हुँदैन । कुनै पनि काम ठूलो/सानो हुँदैन, श्रमको सम्मान गर्नुपर्छ, फजुल खर्च गर्नु हुँदैन । यही बसेर पनि पैसा कमाउन सकिन्छ । विदेश जान मरिहत्तै नगरौं हरिको सुझाव छ ।

.

Posted on : May 25, 2010, 10:20 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments