Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



श्रमिकहरूको निक्षेप जोखिममा नपरोस्

धरम के.सी.

साउदी अरबमा महीनाको ५ सय रियाल तलब बुझी मुश्किलले २ सय जोगाउने नेपाली श्रमिकहरू पनी ठुलै संख्यामा युनिटी लाइफलाई ७५० रियाल बुझाई यसको सदस्य बनेको अनुमान छ । यो अनुमानकै बिषय यसकारण रहेको छ कि कही कतैबाट पनी साउदी अरबबाट बनेका सदस्यहरूको तथ्यांक उपलब्ध हुन सकेको छैन । यद्यपि यसका लिडरहरूबाट हालसम्म साउदी अरबबाट ६५०० भन्दा बढी नै सदस्य बनाई रू. ९ करोड ७५ लाख उठाइसकेको अनौपचारिक जानकारी छ ।

नेपाली राजदुतावास रियादको चांसो

युनिटी लाइफको हालको प्रकरण पुर्ब गत फागुन ७ गते रियाद दुतावासको प्रांगनमा आयोजित प्रजातन्त्र दिवसको समारोहमै महामहिम राजदुत हमिद अन्सारीज्युबाट युनिटी लाइफको नाममा साउदी अरबमा भैरहेको आर्थिक कारोबारबारे बिशेष चांसो राख्दै यसका सञ्चालक, प्रबर्ध्दक तथा सदस्यहरूको बिवरण सहित आवश्यक कागजातहरू पेश गर्न सार्बजनिक आह्वान भएको थियो । एनआरएनएका उच्च पदस्थ तथा साउदी अरबको नेपाली समाजका जिम्मेवार ब्यक्तित्वको हैसियत राख्ने आइसिसी सदस्य राम बेलबासे तथा आइसिसीकै मध्यपुर्ब सह संयोजक राजु सैयद जसले गत डिसेम्बरमा आयोजित युनिटी लाइफको एक कार्यक्रममा क्रमशः प्रमुख अतिथी र बिशिष्ट अतिथी बन्दै युनिटीका प्रेसिडेन्टस (लिडरहरू)लाई बिशेष सम्मान तथा प्रोत्साहित गर्नुभएको थियो, लाई दुतावासले यो जिम्मेवारी सार्बजनिक रूपमै प्रदान गरेको थियो । तर वहांहरूबाट पनी कुनै जानकारी प्राप्त हुन नसके पछी दुतावासले युनिटि लाइफका साउदी अरब प्रतिनिधि कृष्ण प्रसाद शर्मा सुवेदीसँग नै गत १४ मईमा एक बैठक गरी आधिकारिक जानकारी प्राप्त गर्ने कोशिस गरेको र सोही बैठकमा युनिटीका प्रतिनिधिले एक हप्ता भित्र बांकी सबै कागजात तथा बिवरणहरू बुझाउने कबोल गरेता पनी तोकिएको मिती भित्र ती जानकारीहरू उपलब्ध गराउन नसकेको कुरा दुतावासबाट हालै प्रकाशित सार्बजनिक अपिलमा पनी उल्लेख छ । युनिटी लाइफबाट दुतावासले मागेका सबै बिवरण तथा कागजातहरू पाउन नसके पछी बैठकमा उठेका युनिटीको बैधानिकता, पारदर्शिता, निक्षेपको सुरक्षा तथा बिश्वसनियताका सवालहरू अनुत्तरित नै रहेका छन ।

प्रवासमा सिंगो सरकारको एक मात्र प्रतिनिधि निकाय दुतावासले आफ्नो मुलुकका नागरिकहरूका हक, हित र सुरक्षा संग गांसिएका हर कृयाक्लापहरू प्रति चांसो राख्नु जायज मात्रै होइन दुतावासको दायित्व पनि हो । दुतावासको आह्वानलाई अस्विकार या अवज्ञा गर्नु भनेको सिंगो नेपाल सरकारलाई नै असहयोग गर्नु हो । युनिटी लाइफ प्रकरणमा सरकारले चालेको हालको कदमको उद्येश्य पनी नेपालीहरू कुनै पनि बहानामा नठगिउन भन्ने नै हो भन्ने लाग्दछ । बरू यस्तो कदम चाल्न ढिलो गरियो भन्नेहरू धेरै छन । तर ४ बर्ष ढिलो गरेकैले अब यस्तो कदम चाल्न पाइदैन भन्नु चै एउटा कुतर्क मात्र हुनेछ । साउदी अरबमा युनिटीले ब्यापकता पाएको एक डेढ बर्ष मात्र भएको छ । यसर्थ नेपाली दुतावासले ढिलै भए पनी देखाएको यो चांसो, सजगता र जिम्मेवारीपन स्वागतयोग्य र सराहनीय नै छ । युनिटी लाइफका कुनै पनी सदस्यहरूले आफ्नो सदस्यता बारे नेपाली दुतावासलाई जानकारी गराएर गुमाउन सक्ने नै के होला र ? बरू बेलैमा जानकारी नगराउंदा अहिलेको अपारदर्शि र धमिलो अवस्थामा आफ्नो हक दाबी गर्न गाह्रो हुन सक्दछ । अझै पनि युनिटीका लिडरहरूका कुरा मात्र सुन्नु र उनीहरूकै मात्र पुर्ण बिश्वास र भरोसामा बस्नु भनेको आफ्नो निक्षेपलाई थप जोखिममा पार्नु हुन सक्नेछ किनकि यतिखेर युनिटिका प्रमुख सञ्चालकहरू नै फरार छन र कतिपय लिडरहरू पनि आंफुलाई आवश्यक पर्दा सम्पर्कमा आउने तर अरूले खोज्दा सम्पर्क बिहिन हुने गरेका छन । उनीहरूले सही र सत्य बोल्न पनि सकिरहेका छैनन । उदाहरणका लागि २३ मईमा मेरो युनिटिका एक जना लिडरसंग फोन वार्ता हुंदा उनले यस्तो भने “हाम्रा अध्यक्ष काशीरामज्यु युनिटी टावरमै हुनुहुन्छ, तपाईहरू थर्ड पर्शन, थर्ड पार्टीलाई यो प्रकरणमा किन यस्तो चांसो?” जबकि सबैलाई अवगत भएकै छ कि युनिटीको टावरमा यतिखेर राजश्वको ताल्चा लागेको छ र पक्राउ गर्न वारेण्ट जारी गरिएका अध्यक्ष काशीरामज्यु फरार रहनुभएको छ । अनि युनिटीको कार्यक्रम हुंदा चैं स्थानीय सामाजिक कार्यकर्ता लगायत पाएसम्म प्रधान मन्त्री, राष्ट्रपति सम्म पनी चाहिने तर समस्या पर्दा र जन साधारणको निक्षेप जोखिममा पर्दा भने अरू कसैले कुनै प्रश्न नै उठाउन नपाउने ?! कस्तो बिचलित मानसिकता ?! नेपाली दुतावास लगायत नेपाल सरकार र सम्बन्धित सबैले यो बिचलित मानसिकता र सत्य तथ्य बुझ्न जरूरी छ ।

युनिटी कति सत्य कति असत्य?

प्रधानमन्त्री माधव कुमार नेपालले युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीलाई सम्मान गरेको, परराष्ट्र मन्त्री सुजाता कोइरालाको मन्त्रालयबाटै युनिटीलाई सहयोग गर्नु भनी बिदेशी कुटनैतिक नियोगमा समेत पत्र पठाएको, गृह मन्त्रालयले सिडियो कार्यालयहरूलाई युनिटीलाई सहयोग गर्न पत्र पठाएको तथा क. प्रचण्डले युनिटीको स्मारिकामा शुभकामना दिएको कुरा जति सत्य देखिन्छन त्यत्तिकै सत्य हाल प्र.म. माधव कुमार नेपालले युनिटीलाई कानुनी कार्बाही गर्नू भनी निर्देशन दिएको, गृहले युनिटीका सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरेको, सुजाताकै परराष्ट्र मन्त्रालयले पुनः युनिटी लाइफ अबैध देखिएकाले प्रबासमा पनि नेपालीहरूलाई सजग रहन आह्वान गर्नु (जसको आधारमा अहिले दुतावासहरूले बिज्ञप्ती नै जारी गरी सार्बजनिक अपिल गरेका छन) अनि क. प्रचण्डको पार्टीको भातृ संस्था नेपाली जन प्रगतिशिल मञ्च साउदी अरबले युनिटी लाइफमा लागेकै कसूरमा आफ्ना तत्कालीन का.बा. अध्यक्ष र प्रमुख सल्लाहकारलाई साधारण सदस्य समेत नरहने गरी संगठनबाटै निस्काशन गर्नु पनी त्यत्तिकै सत्य बनी सार्बजनिक भएका तथ्यहरू हुन । आखिर बर्थडे पार्टीमा जाने सबैले ह्याप्पी बर्थडे नै भन्छन, नयां बर्ष मनाउन भेला हुनेहरू कसैले पनी “नयां बर्ष अशुभ होस” भन्दैनन । त्यस्तै युनिटीको आतिथी बनी कार्यक्रममा जानेहरू सबैले युनिटीलाई राम्रो भन्नु स्वाभाविक नै हो । तर तिनै अतिथीहरूलाई युनिटिले आफ्नो ब्यापारिक प्रबर्ध्दनका लागि बिज्ञापनका रूपमा ब्यापक प्रयोग गर्नु कति सही या गलत हो, माथिको उदाहरण र प्रसंगबाट पनि बुझ्न सकिन्छ ।

नेता र सरकारी कर्मचारीहरूको दोष

यतिखेर सरकारी कर्मचारी र बिभिन्न राजनैतिक दलका नेताहरू पनी कम दोषी देखिएका छैनन । दलहरूका शिर्षस्थ नेताहरू नै युनिटीको प्रबर्ध्दनमा ब्यापक उपयोग मात्र भएनन, अहिले पनी ती मध्ये कतिले युनिटीलाई संरक्षण दिन चाहेको र छानबिनमै पनी प्रभाव पार्न प्रयत्न गर्दै गरेका तथ्यहरू सार्बजनिक हुंदैछन । कतिपय बिधायक (सभासद) हरू समेत स्वयम युनिटी लाइफका सदस्य बनेको तथ्य युनिटी टावरबाट बरामद गरिएका कम्प्युटरहरूबाट खुल्दै छ । लहरो तान्दा पहरो खस्किने स्थितीले बिद्यमान परिस्थिती थप गम्भीर र पेचिलो बन्दैछ । त्यसैगरी सरकारी कर्मचारीहरू समेत युनिटीका सदस्यहरू मात्र होइन कतिपय त यसको ब्यापारिक प्रबर्ध्दनमा समेत लागि लिडर नै बनेका दृष्टान्त पनी भेटिदै छन । यसर्थ कमसेकम ती कर्मचारीहरू र युनिटीका सदस्य बनिसकेका नेता तथा सभासदहरूले युनिटी लाइफलाई कानुनी कार्बाही गर्ने नैतिकता गुमाएको अवस्था हो यो । बरू यस्ता गैर जिम्मेवार नेता, सभासद तथा सरकारी कर्मचारीहरूलाई नै कानुनी कार्बाही गर्न अर्को एउटा छुट्टै स्वतन्त्र र अधिकार सम्पन्न छानबिन आयोग बन्नुपर्ने देखिन्छ जसले दोषी देखिएमा प्रधानमन्त्री र राष्ट्रपतिलाई समेत कार्बाही गर्न सकोस ।

साउदी अरबमा युनिटीले के गर्दैछ ?

साउदी अरबमा युनिटी लाइफले शुरूवाती बर्षमै प्रबेश गरेको भएता पनी करीब एक बर्ष पहिला कृष्ण प्रसाद शर्मा सुवेदीको कन्ट्री प्रतिनिधिका रूपमा साउदी अरब पुनर्प्रवेश पश्चात अत्यन्त आक्रामक र युध्दस्तरमा यसको प्रबर्ध्दन भयो । आक्रामक यस अर्थमा कि निज शर्माले युनिटीका प्रबर्ध्दनका लागि एनआरएनए एनसिसीका सदस्य तथा पदाधिकारीका अतिरिक्त यहांका बिभिन्न सामाजिक संघ संस्थाका अगुवाहरूलाई नै आफ्ना सहयोगी प्रबर्ध्दकका रूपमा निशाना साधे र छोटो अवधिमै ती ब्यक्तित्वहरूलाई युनिटीको बिजनेस प्रोमोसनमा लगाउन सफल भए । समय यस्तो पनि आयो कि एनआरएनए एनसिसीका महा सचिव र केन्द्रिय सदस्यहरू नै एनआरएनए ले नै सह आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नगई सोही रात युनिटीले प्रायोजन गरेको भलिवल कार्यक्रम हेरेर बसे ।

गएको एक बर्षमै ठुलो ब्यापारिक छलांग मार्न सफल युनिटी लाइफ अहिले भने नेपाल सरकारको हस्तक्षेप पश्चात साउदी अरबमा पनि अन्यौलमा रहेको छ । नेपाली दुतावास रियादले आवश्यक बांकी कागजात सहित बिवरण बुझाउन सात दिने अल्टिमेटम दिएको छ भने यसै बिच नेपाल सरकारले नेटवर्क मार्केटिंगलाई ब्यवस्थित गर्न बनेको निर्देशिकालाई नै खारेज गरी सबै नेटवर्किंग कम्पनीहरूलाई नै प्रतिबन्धित अवस्थामा ल्याइ पुर्याएको छ । साउदी अरबमा त झन युनिटी लाइफ र यसको आर्थिक कारोबार शुरूदेखि नै पुर्ण रूपमा अबैध नै थियो । किनकि साउदी अरबको कानुन बमोजिम न त यो कतै दर्ता भएको छ न त यसले आफ्नो आर्थिक कारोबारका लागि कुनै स्वीकृति नै लिएको अवस्था छ । आजका मितिसम्म झण्डै रू. १० करोडको निक्षेप संकलन गरिसकेको यस कम्पनीको साउदी अरब शाखा त के कुनै सम्पर्क कार्यालय समेत छैन, बिडम्बना त यो छ कि साउदी अरबका Country Representative बनी साउदीमा रहेका ब्यक्तिको नै न त कुनै कम्पनी छ न त कुनै स्थाई आवास नै । यसरी एउटा सामान्य लेबरलाई बरू यहां सहजै निश्चित ठाउंमा भेटन सकिन्छ या कम्पनीले जिम्मेवारी लिन्छ तर युनिटीका कन्ट्रि प्रतिनिधिलाई उनी आंफैले नचाहे सम्म अरू कसैले पनि सहजै भेटन सक्ने अवस्था पनि छैन ।

यस्तो परिस्थितीमा यहांका श्रमिकहरूको निक्षेपको सुरक्षाप्रति चांसो राख्दै दुतावासले मागेको युनिटी लाइफका सदस्यहरूको तथ्यांक (जानकारी) बिशेष अर्थपुर्ण र सबैका लागि उपयोगी हुनसक्ने देखिन्छ । प्रबासका सबै सामाजिक संघ संस्थाहरूले पनी प्रबासी नेपालीहरूका हक हित प्रति चांसो राख्दै सो को रक्षा गर्न आ आफ्नो तर्फबाट सर्व साधारण नेपाली श्रमिकहरूलाई सु सुचित पार्न आवश्यक देखिन्छ ।

तर मुल रूपमा साउदी अरबका युनिटीका लिडरहरू नै आंफुलाई यतिखेर कति जिम्मेवार ठान्दछन र समाजमा (आंफुले बनाएका सदस्यहरू प्रति) र दुतावासमा कसरी प्रस्तुत हुन्छन भन्ने कुरामै धेरै कुरा निर्भर गर्ने देखिन्छ । दुतावासले छलफलमा दिएको समय पार भइसकेको छ भने पुन सार्वजनिक अपिल मार्फत दिएको अर्को १ हप्ते म्याद भित्र युनिटीका लिडरहरुले के कस्तो दायित्व वहन गर्छन, त्यसबाट प्रतिविम्वित हुने तस्बिर भने हेर्न भने अझै केही दिन कुर्नै पर्ला ।

सवाल निक्षेपको जोखिमको

युनिटीका कार्यक्रमहरूबारे युनिटीका लिडर(प्रबर्ध्दक)हरूबाट जानकारी पाए पछी र कतिले युनिटीको भिडियोमा बिभिन्न राजनैतिक दलहरूका नेताहरूलाई नै युनिटीको समर्थनमा बोलेको देखेर पनी प्रभावित भई बिमा, औषधोपचार सुविधा, सुपरमार्केटमा डिस्काउन्ट तथा १०% ब्याजको समेत लोभमा सदस्य बन्न पुगेको पाइन्छ । तर अहिलेको सरकारी हस्तक्षेपसंगै मिडियामा आएका कतिपय समाचारहरूले भने सदस्यहरूमा आफ्नो निक्षेप नै गुम्ने पो हो कि भन्ने चिन्ता छाएको पाइन्छ । खासगरी निक्षेप संकलन गर्दा राष्ट्र बैंकको अनुमति नलिएको, बिमा समितिको स्वीकृति बिना नै बिमा पोलिसी बेचेको अनी निक्षेपित रकमको हक तथा पारदर्शिता सदस्यहरूलाई प्रदान नगरिएका कुराहरू नै अहिलेका प्रमुख सवाल बनेका छन । अनि ८-१० अरब नै संकलन भैसक्नुपर्ने यस कम्पनीको नाममा मौज्दात भने केही करोड मात्र देखिनु, अझ पछिल्लो समयमा खरिद गरिएका भनिएका कतिपय घर जग्गाहरू नै मात्र भाडामा लिएको देखिनु या कम्पनीको नाममा नभई अन्य कुनै ब्यक्ति बिशेषका नाममा देखिनुले यस कम्पनी माथि थप शंका पैदा भएको छ । यी तथ्यहरू अब मिडियाका प्रचारबाजी (सकारात्मक, नकारात्मक) मात्रै रहेका छैनन, स्वयम नेपाल सरकारका प्रवक्ता तथा बिज्ञप्तिहरूले समेत प्रारम्भिक अनुसन्धान पछी बोलेका हुंदा “दालमे कुछ तो काला है” भनी मान्नै पर्ने अवस्था श्रीजना भएको छ । यस घडीमा हाम्रो चांसो र चिन्ता भनेको स्वदेश तथा बिदेशमा रहेका युनिटी लाइफका कुनै पनि सदस्यहरूको निक्षेपित रकम कुनै पनी अवस्थामा कुनै पनि जोखिममा नपरोस भन्ने नै हो ।

(यो लेखमा प्रस्तुत बिचार र बिश्लेषण लेखकका निजी दृष्टिकोण हुन, कसैलाई पनी चोट पुर्याउने लेखको उद्येश्य नभएता पनी पाठक बर्गका कुनै प्रतिकृया भए कृपया dharamkc@yahoo.com मा लेखी पठाउनुहुन बिनम्र अनुरोध छ ).

Posted on : May 26, 2010, 11:56 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments