Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



कामरेड विभिषणको डायरी

Mukunda Thapa

उफ झन् ममाथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ पेसिश डाँडाको। मेरो अवस्थाको मर्मलाई बुझेरै होला पेरिस डाँडाका माऊ कामरेडले मलाई नयाँ नाम दिनु भएको थियो – कामरेड विभिषण।

विभिषणको नामबाट विभूषित भैसकेपछि मैले जे गर्नु पर्ने थियो त्यो गरिरहेकै छु। कामरेड विभिषण, यो मेरो लागि निकै प्रिय नाम भएको छ र मैले सकेसम्म नाम अनुसारकै काम पनि गरिरहेकै छु। सकेसम्म त मैले ढाक्ने प्रयत्न गरेकै हो तर पनि मेरो कर्तव्यको भेद क्रमशः खुल्दै जान थालेको छ। भेद खुल्न थालेपछि मलाई गिल्याउने र बिल्ल्याउने क्रम पनि बढ्न थालेको छ। त्यति मात्र होइन बल्खु दरबारमा मेरो हुर्मत लिने प्रयत्न पनि गरियो। मलाई गल्ती गरे भनेर कान समात्न निर्देशन आयो। तर मैले काम किन समात्ने? कान समात्नको लागि त मैले गल्ती गरेको हुँ भन्ने मलाई लाग्न पर्र्यो नि झ् मैले जे गरे त्यो कुनै गल्ती होइन – त्यो त मैले आफ्नो धर्म निभाएको मात्र हो। मेरो मन मुटु जहाँ जोडिएको छ उसैलाई हित हुने पत्र लेखेर के मैले गल्ती गरें? अहँ गरेको छैन। त्यसैले मैले जे गरे ठिकै गरे – त्यसमा मलाई कुनै पश्चाताप छैन।

मेरो भावना बल्खुबाट छुटेर पेरिस डाँडामा जोडिन पुग्नुका पछाडि पनि खास कारणहरू छन्। खासमा हाम्रो देशको सन्दर्भमा सरकारको प्रमुख व्यक्ति छान्दा शुद्ध मानवबाट भन्दा पनि विष्णुका अवतारबाट छान्नु बढी उत्तम हुन्छ भन्ने मेरो पहिल्यै देखिको मत हो। मेरो त्यो मत बल्खुमै पनि अटाउन नसक्ने त होइन तर बढी सुरक्षित रहने ठाउँ भनेको चाहिं पेरिस डाँडा नै हो। बल्खु दरबारमा जब मेरो विरूद्धमा सारा जलजाहान खनिएका थिए त्यसपछि पेरिस डाँडाबाट पनि म प्रति आशंका गर्न थालिएको हो कि भन्ने भान मलाई पर्न थालेको छ। प्रत्येक कदममा निर्देशन दिने माऊ कामरेडबाट हिजो आज मलाई निकै पातलो रूपमा मात्र फोन आउने गरेको छ। हाम्रो प्रेममा भाँजो हाल्न बैरीहरूले अनेकन किसिमका हल्लाहरू फैलाउन थालेका छन्। भौतिक शरिर मात्र होइन मन र भावना पनि बल्खुतिरै सार्न थालेको आरोप म माथि लाग्न थालेको छ। तर ती फगत आरोप मात्र हुन। म हिजो पनि विभिषण थिए र आज पनि छु।

विभिषणको कर्तव्यबाट म रतीभर पनि विचल्लीत भएको छैन र हुने पनि छैन। दोहोरो आशंका र आरोपहरू खेप्न बाध्य हुँदा आफ्ना मनमा जुन आँधीहुरी चलिरहेको छ, त्यसलाई मैले कहाँ पोखुँ? त्यै पीडा पोख्नको निम्ति यो डायरीको सहारा लिइरहेको छु। डायरीमा कोर्दा मात्र पनि मन केही हलुको हुँदो रहेछ।

डायरीको अन्त्यमा मन र भावना पनि बल्खुतिरै सर्‍यो कि कि भन्ने आशंका निवारणका लागि एकजना पन्त बहिनीले बनाएको गीतको भाका सापटी लिंदै पेरिस डाँडाका माऊ कामरेड समक्ष यो गीति सन्देश पुर्याकउन चाहन्छु –

“बोल्दा मैले प्रचण्ड पाराले

हुके मलाई बल्खुका साराले

हल्ला चल्छ चलिरहन देऊ

बल्खु नै भासिएनी छुट्दैन हाम्रो साथ

ओली नेपाल कति जल्छन् जलिरहन देऊ” अस्तु .

Posted on : May 27, 2010, 8:39 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

Rakesh Lal Shrestha

Unity Internationa ko kheladi haru sabai aba Paurakhi International ma sambandhit chhan. tini haru le feri arko naam baata nepali shramik haru lai lutne daau maa chhan. paurakhi international ko chairman di eks en ko ek thulo dalaal hun ra uni nepali shramik haru ko dollar malaysia trafficking garna nikai sakriya saath lagi pareko kura kasai baata chhipeko chhaina. Paurakhi international ko managing director ta jhan unity ko sabai bhanda thulo dalaal hun ra yini pani nepali shramik haru lai 5 dollar ma bechne unity ko thulo thag hun. testai garera guru narayan ranabhat pani unity ko chor hun. prakash shrestha bhanne chor le ta 4000 bhanda pani dherai nepali shramik ko balaatkaar gareka chhan unity ma members banayera. tesai garera NRNA qatar ko treasurer pani unity ko arko chor hun ra yin le pani nepali shramik haru lai unity ko lagi 5 dollar ma nepali garib shraik haru bechekaa hun. Kamal naamdhari 2 jana chor haru chhan paurakhi maa. yini haru pani nepali haru lai 5 dollar ma unity lai sell garne namud agents haru hun. yini haru lai kadaa bhanda kadaa karwahi hunu parchha. yini haru ko bigat sarai kalo chha, yini haru pure dalaal hun ra yini haru lai kaarwaahi garna ko lagi hami samurna nepali haru le nepal sarkaar, nepal sarkaar ko qatar ko raajdutwaas ra qatar sarkaar lai request garnu jaruri chha. yini haru ko barema proof sahit sampura description gareko lekh aagaami din haru maa nepal and qatar ma lekhine chha ra yo paurakhi group ko chor, thug ra danka haru ko kalo kartut ko barema sampurna jankari sabai janatalai dine chhu.

May 29, 2010, 10:36 am
@78.100.120.108



Archieve Articles Headlines


 Recent Comments