Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



तीन बुँदे सहमतिलाई कसरी कार्यान्वयन गर्ने ?

मोहनविक्रम

पूर्व निर्धारित दुईवर्षको अवधिमा संविधानको निर्माण नभएपछि त्यसका लागि संविधानसभाको अवधिमा वृद्धि गर्नु बाहेक अन्य कुनै विकल्प थिएन । त्यसरी समयमा वृद्धि नगर्नुको अर्थ संविधानको निर्माण नगरिकन त्यसको संविधानसभाको अन्त हुन्थ्यो । त्यो अवस्थामा संविधानसभाको म्याद थप्नु एउटा सकारात्मक उपलब्धी हो । यो उल्लेखनीय छ कि देशमा राजावादीहरु पूरै नै संविधानको म्याद थप्ने कुराको विरुद्ध थिए । संविधानसभाको म्याद थप्न नदिनुको पछाडिको उनीहरुको अभिप्राय संविधान बन्न नदिनु नै थियो । त्यसरी उनीहरुले गणतन्त्रलाई संस्थागत वा सुदृढ गर्ने कार्यलाई रोक्न वा राजतन्त्रको पुनस्र्थापनाका लागि आधार तयार पार्न चाहन्थे ।

जब जेष्ठ १४ गते भित्र संविधान नबन्ने कुरा स्पष्ट हुँदै गयो राजावादीहरु उत्साहित हुँदै गए र उनीहरुका गतिविधिहरु बढ्दै गए । पूर्व राजाको सकि्रयता पनि बढेर गएको छ । उनले राजतन्त्र समाप्त भए पनि त्यो पुनः आउन सक्दछ भन्ने प्रकारको अभिव्यक्तिसम्म दिन पछाडि हटेनन् । राजावादीहरुले ठाउँ-ठाउँमा ूराजा आउ देश बचाऊ भन्ने नारा लगाउन थालिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा संविधानसभाको म्यादमा वृद्धि हुनु वास्तवमा राजावादीहरुको ठूलो पराजय थियो । तर जेष्ठ १४ गते उनीहरुको पराजय भएपनि उनीहरुबाट सम्भावित खतरा वा उनीहरुको सकि्रयतामा पनि कमी आएको छैन । संविधानसभाको म्याद थपिए पनि तीन ठूला दलहरु बीचमा सम्पन्न तीन बुँदे सहमतिको कार्यान्वयनमा विवाद प्रारम्भ भएको छ त्यो विवादलाई समाधान गरिएन भने शान्ति प्रकि्रया तथा संविधानको निर्माणको कार्यमा बाधा पुग्ने छ र त्यो अवस्थामा आगामी एक वर्षमा पुनः पहिलेको दुईवर्षको इतिहास दोहरिने सम्भावना रहने छ । त्यसबाट राजावादीलाई राजतन्त्रको पुनस्र्थापनाका लागि सकि्रयता बढाउन अवसर प्राप्त हुनेछ र अहिलेसम्मको नेपालको इतिहासको सबैभन्दा ठूलो उपलब्धी गणतन्त्र नै समाप्त हुने खतरा रहने छ । त्यो खतरालाई हल्का वा गौण रुपमा लिनु गलत हुनेछ । वास्तवमा राजावादीहरुका तर्फबाट सम्भावित त्यस प्रकारको खतरालाई गम्भीर रुपमा िलंदै त्यसलाई रोक्नका लागि संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुको विशेष दायित्व हुन्छ र हुनुपर्दछ ।

यस सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । राजावादीहरुले संविधानको निर्माणका लागि संविधानसभाको अवधि बढाउने कुराको खुला प्रकारले विरोध गरे । तर त्यसबारे अप्रत्यक्षरुपले म्याद बढाउने कुराको विरोध गरेको अर्को स्वरप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यस प्रकारको स्वर माओवादीहरुको भित्रबाट आयो । उनीहरुको केन्द्रीय समितिको बैठकमा एउटा पक्षले कुनै पनि अवस्थामा संविधानसभाको म्याद थप्ने कुराको पूरै विरोध गरेको थियो । तर त्यसभित्र संविधानसभालाई त्यसरी भंग हुन दिन नहुने पक्षको पनि बलियो उपस्थिति थियो । त्यसरी संविधान नबनिकन संविधानसभाको विघटन हुँदा गणतन्त्र नै कमजोर हुन्थ्यो र त्यसबाट प्रतिगमनलाई नै मद्दत पुग्दथ्यो । संविधानसभाको म्याद थप्न विरोध गर्ने पक्षको पराजयले बताउँछ त्यसभित्र माओवादी समूह भित्र सबैजना राजावादीहरुसितको मेलमिलापको नीतिको पक्षमा छैनन् । यदि त्यो समूह भित्र संविधानसभाको म्याद थप्न हुन्न भन्ने पक्षको विजय भएको भए संविधानसभाको म्याद थप्नु सम्भव हुने थिएन र त्यसरी उनीहरुले माओवादी भित्रको संविधानसभाको म्याद थप्न हुन्न भन्ने पक्षले प्रतिगमनलाई ठूलो मद्दत पुराएको हुन्थ्यो । त्यो अवस्थामा त्यो समूहभित्रको जुन पक्षले संविधानसभालाई समाप्त हुन नदिन स्पष्ट अडान लियो उनीहरुको भूमिकाले अहिलेको ऐतिहासिक सन्दर्भमा विशेष महत्व राखेको कुरा प्रष्ट छ ।

वास्तवमा आज माओवादी भित्र मात्र होइन अन्य राजनीतिक संगठनहरु भित्र पनि राजापरस्त नीति लिने तत्वहरु विद्यमान छन् । उनीहरुले एक वा अर्को प्रकारले राजावादीहरुका गतिविधि वा राजतन्त्रको पुनस्र्थापनाको कार्यमा मद्दत पुराउने गर्दछन् । राजावादीहरुको प्रयत्न देशमा शान्ति प्रकि्रया र संविधान निर्माणको कार्यमा बाधा पुराउने नै हुनेछ । विभिन्न राजनीतिक संगठनहरुमा भएका राजापरस्त तत्वहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले राजावादीहरुका त्यस प्रकारका प्रतिगामी प्रयत्नहरुमा मद्दत पुराउने छन् । माओवादीहरु भित्रको जुन पक्षले संविधानसभाको म्याद थप्ने कुराको विरोध गरेको थियो उनीहरुले पुनः नयाँ तरिकाले शान्ति प्रकि्रया र संविधानको निर्माणमा बाधा पुराएर प्रतिगमनलाई मद्दत पुराउने प्रयत्न गर्नेछन् । विभिन्न संगठनहरुभित्र एक वा अर्को प्रकारले राजावादीहरु प्रति सम्झौतापरस्त दृष्टिकोण राख्ने तत्वहरुको उपस्थितिका कारणले पनि गणतन्त्रका अगाडि उपस्थित खतरालाई अरु बढाएर लैजाने छ ।

माओवादीहरुको मुख्य जोड उनीहरुको नेतृत्वमा सरकारको गठनमा नै छ । त्यही कुरामा जोड िदंदै उनीहरुले पहिले उनीहरुको नेतृत्वमा सरकार नबनेसम्म सरकार बन्न नदिने घोषणा गरेका थिए भने पछि त्यो शर्त पूरा नभइकन संविधानसभाको म्याद पनि थप्न नदिने कुरा गरेका थिए । अहिले माओवादी एमाले र ने।sा।sा बीचमा भएको सहमतिमा शान्ति प्रकि्रया र संविधान सम्बन्धि विषयहरुमा सहमतिका आधारमा सहमतिको राष्ट्रिय सरकारको गठन गर्ने ठेगान भएको छ । तर उनीहरुले शान्ति र संविधान सम्बन्धी प्रश्नहरुमा कुनै सहमति नभइकन सहमतिको राष्ट्रिय सरकारको गठन गर्ने र त्यसका लागि तुरुन्तै वर्तमान सरकारले राजिनामा दिनुपर्ने कुरामा जोड दिइरहेका छन् । तर सरकारले राजिनामा दिएपछि पनि कसको नेतृत्वमा सरकार गठन गर्ने वा शान्ति र संविधान निर्माणका समस्याहरुलाई कसरी समाधान गर्ने त्यसबारे विवाद पैदा हुनेछ र लामो समयसम्म त्यो विवादले शान्ति र संविधानको निर्माण वा राष्ट्रिय सरकारको गठनमा समस्या वा गत्यावरोधको स्थिति पैदा गर्नेछ । त्यो अवस्थामा शान्ति र संविधान सम्बन्धी विषयहरु वा राष्ट्रिय सरकारको स्वरुप बारे सहमति नभइकन वर्तमान सरकारको राजिनामा दिएमा पहिलेको दुईवर्षको जस्तो स्थितिको पुनरावृत्ति हुने सम्भावना रहने छ । त्यसैले हामीले सम्बन्धित राजनीतिक पक्षहरुका बीचमा शान्ति संविधान वा राष्ट्रिय सरकारको स्वरुप बारे सर्वप्रथम र तुरुन्तै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

मिति ः २०६७ जेष्ठ १८.

Posted on : June 2, 2010, 4:31 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

babu

raja lai matara ki na dos....hamaro leader haru lay time pauda kurchi ko laghi matara ladanay ani raja lay yo vanyo,u vanyoo yo chhai milayna hayrnus leader ko aas ma basay ka chhau tara long time hoina aba janata lay maafa garanay chhaina

June 2, 2010, 6:46 am
@210.5.217.106



Archieve Articles Headlines


 Recent Comments