Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



बेइमान को ???

शम्भुराज रेग्मी

नेपाली राजनीतिमा अहिले बेइमान भन्ने शब्दले निक्कै नै महत्व पाएको छ । समय अनुसार नै शब्दहरूको फेरबदल भइरहन्छ नेपाली राजनीतिमा । यस्ता शब्दहरू केहि समयका लागि चर्चित हुन्छन् । जसको लामो समयसम्मको आयु रहेको हुँदैन । जुन क्षणिक तर चर्चित हुन्छन् । नेपाली राजनीतिमा २०६७ जेठ १४ पनि आयो । आयो मात्रै हैन गयो पनि । तर जेठ १४ लाई नै पर्खेर बसेका नेपाली जनताहरू निरास भए । किनकी राजनीतिक दलले दिन्छौँ भनेको नयाँ संविधान भने नपाएर नै हो । तर पनि धैर्यताको बाँध भने अझै टुटेको छैन् नेपालीहरूको । अझै आशावादी छन् नेपालीहरू । नयाँ संविधान २०६८ जेठ १४ मा भने पक्कै पनि नयाँ संविधान पाइन्छ भनेर ।

अहिले नेपाली राजनीतिमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेले खुब चर्चा कमाइरहेका छन् । यिनीहरूको सानोदेखि ठूलो काम नेपाली सन्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेसण गरिरहेका छन् । २०६७ जेठ १४ मा नयाँ संविधान जारी नभएपछि यिनै तीन दलले बसेर एउटा सहमति गरे । त्यो सहमति भनेको नै संविधानसभाको म्याद १ वर्षको लागि थप्ने । म्याद त थपियो सहमति नै गरेर ।

तर अहिले म्याद थपे पनि तीन दल आन्तरिक किचलोमा नै अल्झिरहेका छन् । उनीहरूले संविधान बनाउन त के सरकार गिराउने कि टिकाउने भन्ने होडमा लागि रहेका छन् । जेठ १४ गते मध्यरातमा भएको सहमति १५ गते बिहान हुन नपाउँदै विभिन्न प्रकारका टिकाटिप्पणीका साथ नेपाली सन्चार क्षेत्रमा तरङ्गित हुन पुग्यो ।

तीन दलबीच भएको तीन बुँदे सहमतिको दोस्रो बुँदा त १ घन्टा बित्न नपाउँदै कार्यान्वयन भयो तर अरु दुइवटा बुँदा भने हप्तादिन वितिसक्दा समेत कार्यान्वयनको पक्षमा उन्मुख नै भएन् । यसलाई सबै दलले फरकफरक दृष्टिकोणले अघि सारे । फेरी सुरु भयो राजनीतिक किचङ्गल । फेरि शब्दवाण हान्न सुरु गरियो एकले अर्को पाटीलाई। यसै क्रममा बिहीबार एनेकपा माओवादी स्थायी समितिको बैठकले निर्णय गर्‍यो । नेपाली काङ्ग्रेस र नेकपा एमालेले माओवादीलाई धोका दियो भनेर । अर्थात् माओवादी स्थायी कमिटी बैठकले निर्णय गर्‍यो-"काङ्ग्रेस र एमालेले सहमतिको राजनीतिमा बेइमान गर्‍यो ।"

यसरी आविश्कार भयो नयाँ शब्दको र सुरु भयो नयाँ शब्द प्रयोगका लागि होडबाजी । सहमति गर्ने त भन्छन् तर हुन सकेको छैन दलहरूबीचको सहमति । नयाँ शब्दजाल प्रयोग गरी चर्चामा आउन चाहन्छन् । कसैले सापटी लिएर हुन्छ कि त कसैले न्वारननै गरेर हुन्छ विपरित दललाई कसरी कटाक्ष गर्ने भनेर उद्धत् नै देखिन्छन् ।

यसैमा नेपाली काङ्ग्रेस र नेकपा एमाले पनि के कम । उनीहरूले पनि शुक्रबारदेखि माओवादी नै बेइमानी भएको निष्कर्ष निकालेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काङ्ग्रेस र एमालेका शिर्ष नेताहरूको बैठकले एनेकपा माओवादीले नै अहिलेको राजनीतिक बेइमानी गरेको ठहर गरेको छ । तर बबुरो नेपाली जनता कसलाई के थाहा बेइमानी को हो भनेर । तर पनि दलहरूको आरोप र प्रत्यारोपको चर्तिकला भने नेपाली जनताले मज्जैले अवलोकन गरिरहेका छन् । अति भयो भने बिस्फोट हुने पनि के बेर ? धैर्यताको बाध छउन्जेल सहने हो । तर अति भयो भने जनताको सामु जनताकै पसिनामा रजाइँ गरिरहेका दलका नेताहरूलाई तिरस्कार गरेभने थाहा पाउनेछन् दलका नेताहरूले ।

गज्जबको नाटक मन्चन गरिरहेका छन् दलका नेताहरूले । विभिन्न शब्दजालहरूको प्रयोग गरेर । तर माओवादीले काङ्ग्रेस र एमालेलाई बेइमान भने पनि अथवा काङ्ग्रेस र एमालेले माओवादीलाई बेइमान भने पनि जनताका नजरमा यि तिनै दल विश्वमा कहिँ नभएका बेइमान सावित हुने अवस्था आइसकेको छ । यस कारण दलका नेताहरूले आफ्नो बोली र आचरणमा तत्काल सुधार गरी सहमतिको राजनीति अघि बढाउने बेला आएको छ ।.

Posted on : June 5, 2010, 4:44 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments