Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



छोराकै शव नआउँदै शोकमा डुबेकी आमाले मृत्युवरण गरिन्

होम कार्की

साउदी अरबमा मृत्यु भएका मोरङ बेलबारीका रमेश गिरीको मुख २२ महिनापछि मात्र परिवारले देख्न पायो । वैदेशिक रोजगारीमा गएका कामदारहरूको विदेशमा मृत्यु भएपछि परिवारले कतिसम्म कष्ट सहनुपर्छ भन्ने यो एउटा दुखद उदाहरण हो । छोराकै शव नआउँदै शोकमा डुबेकी आमाले मृत्युवरण गरिन् । उनको शव स्वदेश ल्याउन परिवारले प्रमुख दल माओवादी, एमालेका प्रभावशाली नेताको दैलो चहानर्र्‍यो । श्रमिकका हकहितको वकालत गर्ने टे्रड युनियनकर्मी, परराष्ट्रमन्त्रालय हुँदै प्रधानमन्त्री तहसम्म पुग्दा पनि सुनुवाइ भएन । केही समयअघि स्याङजाका कृष्णलाल शर्माको १८ महिनापछि शव आइपुग्को थियो । ९ महिनाभन्दा अघि मृत्यु भएका आधा दर्जन नेपाली कामदार शम्भुलाल श्रेष्ठ, हर्कबहादुर मगर, दुतबहादुर बुढा, हर्कबहादुर बिक र गंगा थापालगायतका शव साउदीकै विभिन्न अस्पतालहरूमा अझै पनि अलपत्र छन् । ती शव स्पोन्सर पत्ता नलागेर, स्वदेश ल्याउन परिवारले खर्च बेहोर्न नसकेर र कम्पनी मालिकले जिम्मा नलिएर अलपत्र परेको हो ।

साउदी नियमानुसार कामदारको शव बढीमा दुई महिनासम्ममा स्वदेश पठाइसक्नुपर्छ । अस्पतालले दैनिक रूपमा सेवा शुल्क लिनुका साथै त्यहाँको सरकारी नियमानुसार जरिवानासमेत तिनुपर्छ । लामोसमय भएमा साउदी सरकारले त्यहीँ नै गाडिदिन्छ । शव ल्याउन ढिलाइ हुने कारणमध्ये कामदार गैरकानुनी हुनु, दूतावास बालियो र आर्थिक रूपमा सक्षम नहुनु र म्यानपावर कम्पनी जबाफदेही नहुनु प्रमुख हुन् । 'हामी त रमेश गिरीको मुद्दामा सफल भयौं,' दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहाल भन्छन्- 'उसको स्पोन्सर -साउदी आउन अनुमति दिने व्यक्ति) पहिचान गर्न सक्यौं । पैसा तिरेर हुने काम भयो तर स्पोन्सर पत्ता नलागेको र नलाग्ने धेरै कामदार यहाँ छन् ।'

साउदीमा स्पोन्सरले अनुमति नदिएसम्म कुनै पनि हालतमा स्वदेश फिर्न पाइँदैन । त्यो मरेको मान्छेलाई पनि लागू हुन्छ । स्पोन्सर पत्ता नलागेको अवस्थामा शव साउदीमै बस्छ । रमेश गिरीको शव आफन्तले बुझ्दै गर्दा ड्राइभर काममा साउदी उड्न लागेका दोलखा बुलुुङका कृष्णबहादुर श्रेष्ठ भन्दै थिए- 'म्यानपावर कम्पनीले जहाज चढ्नेबित्तिकै यो श्रम स्वीकृतिको कागज च्यातिदिनु भनेको छ । उसले दिएको नम्बरमा फोन गरेपछि अर्को कम्पनी लिन आउँछ रे'

मृतक गिरी बलबहादुर तामाङको स्काइ ओभरसिजमार्फत साउदी पुगेका रहेछन् । उनले काम गर्ने कम्पनीमा तामाङसँग सम्झौता गरेअनुसार तलब र सुविधा नपाएपछि भागेर दोस्रो कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परेर यो अवस्था भोग्नुपर्‍यो । त्यस्तै श्रेष्ठले पनि यहाँ सम्झौता गरेबमोजिम तलब र सुविधा नपाए भाग्नुको विकल्प छैन । 'म्यानपावरसँग सम्झौता गरेअनुुसार काम, तलब र अन्य सेवासुविधा नपाएपछि साउदी आएकै दिनदेखि कामदार भाग्छन्, दाहालको भनाइ छ- 'यस्ता करिब ७० हजार कामदार उच्च जोखिममा छन् ।'

उनीहरूको असामयिक निधन भएमा रमेश गिरीकै हालत हुन्छ । भागेका कामदारको जिम्मेवारी, दायित्व, स्पोन्सर/ कम्पनीले लिँदैन, त्यस्ताको परिचयपत्र, बिमा बन्दैन । सरकारी अस्पतालमा औषधि उपचारबाट वञ्चित हुनुपर्छ । मृत्यु भए आवश्यक खर्च पीडित परिवारको काँधमा आइपर्छ । आर्थिक अभावका कारण विकल्प नभएपछि कुनै परिवारले साउदीमै शव गाडिदिन दूतावासलाई अनुरोध पनि गर्छन् । सरकारले कामदारका परिवारको यो पीडा बुझ्न सकेको छैन ।

पीडित परिवारले मृतकको शव ल्याउन पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई मात्रै दबाब दिने गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदार नफर्केसम्म पठाउने म्यानपावर कम्पनीको जिम्मेवारी कानुनले नै स्पष्ट पारेको छ । पीडित परिवारले सम्बन्धित म्यानपावर कम्पनीलाई दबाब दिनुपर्छ । वैदेशिक रोजगार विभागले पनि शव नझिकाएसम्म त्यस्ता म्यानपावरलाई श्रमस्वीकृति दिने कार्य रोक्न सक्नुपर्छ ।

अर्कोतर्फ श्रमस्वीकृतिमा सावधानी नअपनाइएको, नक्कली मागपत्रका आधारमा श्रमस्वीकृतिमा आएका कामदारहरू भाग्ने प्रवृत्तिलाई रोक्न सक्नुपर्छ । त्यसका लागि दूतवास र वैदेशिक रोजगार विभागबीच समन्वय हुनु जरुरी छ । अहिले दूतावासले मात्रै मागपत्रमा प्रमाणीकरण गरेकालाई आधार मानेर श्रमस्वीकृति हुनुपर्छ भन्ने दूतावासको माग छ । यसले ठगी कार्य नियन्त्रण गर्न सकिन्छ । कुन कामदार कहाँ कार्यरत छ भन्ने जानकारी हुन्छ । कामदार भागेर केही भइहाले उसको स्पोन्सर पत्ता लाग्ने र आवश्यक खर्च बेहोरेर समयमै शव स्वदेश पठाउन सकिन्छ । होइन भने दूतावासकै शब्दमा रमेशको शवलाई त ढिलै भए पनि पठायौं, यस्ता हजारौं रमेशहरू छन्, उनीहरूको हालत जनावर सरह हुन सक्छ ।

hom.reporter@gmail.com.

Posted on : June 23, 2010, 4:00 am

Source :ekantipur


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments