Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



यौन व्यवसाय गर्न नमानेको भन्दै कुवेतमा दुई नेपाली महिलाद्वारा बन्धक बनाइए २५ चेली

प्रेम बास्तोला

कुवेतको फाहाहिल सहरमा २५ नेपाली महिला बन्धक बनाइएका छन् । यौन व्यवसाय गर्न नमानेको भन्दै उनीहरूलाई दुई नेपाली महिलाले बन्धक बनाएका हुन् । कुवेतमा कुमारी नामले चिनिएकी काठमाडौं गोकर्ण घर भएकी उत्तरकुमारी सुनुवार र झापा घर भई धनकुटा लेगुवा-७ को पासपोर्ट भएकी शोभिता पुरीले नेपाली महिलालाई बन्धक बनाएको भागेर नेपाल आएकी मोरङ बेलबारीकी पीडित महिला उमा गुरुङले जानकारी दिइन् । दुई साताअघि फर्केकी गुरुङका अनुसार उनीहरूले फाहाहिलमा खोलेको म्यानपावर कार्यालयमा महिनौंदेखि नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ ।

अलनाका म्यानपावर एजेन्सी खोलेर जागिरको प्रलोभनमा कुवेत पुर्‍याइएका नेपाली महिलालाई सुनुवार र पुरीले जबर्जस्ती यौन व्यवसायमा संलग्न गराउने गरेको पनि पीडित महिला गुरुङले बताइन् । गुरुङका अनुसार उनीहरूले कुवेतीसँग मिलेर नेपाली चेलीलाई कुवेत र साउदीमा यौनकर्मीका रूपमा बिक्री गर्दै आएका छन् । उत्तरकुमारीलाई काठमाडौंबाट उनका बाबु मानबहादुरले सहयोग गरेको पनि गुरुङले जानकारी दिइन् ।

दुवैजनाले राम्रो कमिसन दिएर नेपालबाट चेली पठाउन एजेन्ट खटाएका छन् । राम्रो जागिरको प्रलोभनमा पारेर नेपाली चेलीलाई दिल्ली र मुम्बैको बाटो हुँदै एजेन्टले कुवेत पुर्‍याउने गरेको गुरुङको भनाइ छ । उनका अनुसार कुवेत पुर्‍याइएपछि केही दिन म्यानपावरमा राखेर यौन व्यवसायका लागि चेलीहरूलाई बिक्री गरिन्छ ।

मोरङको लक्ष्मीमार्गनिवासी स्थानीय एजेन्ट उषा खवासले प्रलोभनमा पारेर भारतको दिल्लीमा रहेका भीम नामका एजेन्टमार्फत आफूलाई कुवेत पुर्‍याइएको पीडित गुरुङले बताइन् । 'अनैतिक काममा लगाउन खोजेपछि मैले अस्वीकार गरेँ,' आफूलाई बन्धक बनाइएकोबारे उनले भनिन्, 'अस्वीकार गरेपछि घरपरिवारसँग पनि सम्पर्कविहीन बनाएर बन्धक बनाए ।'

सुरुमा केही महिना घरेलु काममा लगाएर पछि यौनकार्यमा संलग्न हुन सुनुवार र पुरीले दबाब दिएको गुरुङले बताइन् । यौनकार्यमा संलग्न नहुँदा आफूसहितका थुप्रै महिलालाई उनीहरूले चरम यातना दिएर बन्धक बनाएको पनि उनले जानकारी दिइन् । 'मसहित २६ जना महिलालाई उनीहरूले आफ्नै म्यानापावर कार्यालयमा बन्धक बनाएर राखे,' उनले भनिन्, 'एक छाक मात्र खान दिएर दैनिक यातना दिन्थे ।'

कुवेत पुर्‍याइएका महिलालाई उनीहरूले यौनकार्यमा संलग्न नभए ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । 'नेपालमा पनि नराम्रो काम गरेर यहाँ आएका हौँ । हामीले भनेको मान्छेसँग गएर उसको चाहनाअनुसार काम नगरे ज्यान पनि लिन सक्छौँ,' दलाल महिलाहरूको भनाइ उद्धृत गर्दै पीडित गुरुङले थपिन्, 'तिमीहरू मरे पनि मर, हामीलाई मतलब छैन । हामी यसै नराम्रो काममा लाग्यौँ, लाग्यौँ । हामीलाई पैसा र मोजमस्ती भए पुग्छ ।'

अनैतिक कार्य गरेका महिलाले समेत एक रुपैयाँ पारिश्रमिकसमेत नपाएको गुरुङको भनाइ छ । 'सबै पैसा उनीहरूकै म्यानपावरमा आउँदो रहेछ,' घरेलु काम गर्दाको रकमसमेत उनीहरूले नै लिएको बताउँदै गुरुङले भनिन्, 'घरबाट श्रीमान्ले पठाएको ५० हजार रुपैयाँ सुनुवारलाई बुझाएपछि म्यानपावरबाट फुत्किएँ ।' भागेपछि डेढ महिना जेलमा बसेर घर र्फकन सफल भएको उनले बताइन् । नेपालीले प्लेन खर्च जुटाइदिएपछि रित्तो हात घर फर्केको उनको भनाइ छ ।

जेलमा समेत दुई नेपाली महिला पागल अवस्थामा भेटिएको उनले बताइन् । उनका अनुसार उदयपुर रामपुरकी चन्द्रकला तामाङ र अर्की एकजना महिला पागल अवस्थामा भेटिएका हुन् । 'जेलमा उनीहरू हाँस्ने, रुने र मलाई घर जान देऊ भन्दै विलौना गर्थे । उनीहरूको शरीरभरि नीलडाम थियो,' उनले भनिन्, 'उनीहरूमध्ये एउटीले यौनकार्यमा नलागेको भन्दै सुनुवारले नै चरम यातना दिएको बताएकी थिइन् ।'

रूपन्देही बुटवलकी माया दर्जीलाई पनि सुनुवारले जबर्जस्ती यौनकार्यमा संलग्न गराएको तर, पछि जान नमानेपछि करेन्ट लगाएर चरम यातना दिएर बन्धक बनाइएको गुरुङले जानकारी दिइन । उनका अनुसार यातनाबाट बुटवलकी माया तामाङ पनि गम्भीर बिरामी परेकी छिन् । काठमाडौं, बुटवल, गोरखा, मोरङ, झापालगायतका जिल्लाबाट ललाइफकाई कुवेत पुर्‍याइएका महिलालाई प्रयोग गरेर सुनुवार र पुरीले यौन व्यवसाय चलाएको गुरुङले जानकारी दिइन् ।

कुवेतमा पुगेका महिलाको अवस्था निकै दयनीय रहेको समेत उमा गुरुङले बताइन् । 'धेरै नेपाली दिदीबहिनीले कुवेतमै ज्यान गुमाएका छन् भने कतिलाई बेपत्ता बनाइएको छ,' उनले भनिन्, 'कतिपय दिदीबहिनीहरू प्ाासपोर्ट नभएको र अशिक्षित भएकाले कुवेतमै हराउने गरेका छन् ।'
आफूसँगै मोरङ केराबारीबाट कुवेत पुगेकी एक महिलालाई सुनुवार र पुरीले बेपत्ता बनाएको उनले दाबी गरिन् । 'आफन्तले घरबाट सम्पर्क गर्दा गफ गर्न नदिई आफैंले काममा व्यस्त छे, ज्यादै राम्रो काम पाएकी छे, चिन्ता मान्नुपर्दैन भन्थे,' उनीहरूको भनाइ उद्धृत गर्दै गुरुङले भनिन्, 'अब केही सातापछि पैसा पनि पठाउँछे भनेर ढाँट्थे ।'

बन्धक बनाइएका कतिपय महिलालाई भने उनीहरूले कुवेतसम्म ल्याउँदा लागेको खर्च भन्दै मोटो रकम लिएर छाड्ने गरेको पनि गुरुङले बताइन् । उनले भनिन्, 'म कुवेतमै हुदा, तँबाट हामीले फाइदा लिन सकेनौँ । तँ घर जा, तर तँलाई यहाँ ल्याइपुर्‍याउँदा धेरै खर्च भएको छ भन्दै बुटवलकी कौशिला गैडेसँग रकम मागे ।' उनका अनुसार घरपरिवारसँग एक लाख ५० हजार रुपैयाँ मगाएर बुझाएपछि गैडे बन्धकमुक्त भएकी थिइन् ।

कुवेतमा सयौँ नेपाली महिलाको ज्यान जोखिममा रहेकाले तत्काल उनीहरूको उद्धारको पहल गर्न गुरुङले सरकार तथा मानवअधिकारवादी संस्थालाई आग्रह गरिन् । 'पहिले सुनुवारका बाबु मानबहादुरलाई पक्राउ गरेर बन्धक बनाइएका २५ जना दिदीबहिनीलाई नेपाल फर्काउन सरकारले पहल गर्नुपर्छ,' उनले भनिन्, 'केही साताभित्र उद्धार नभए उनीहरूको ज्यानै जोखिममा पर्नेछ ।'.

Posted on : June 26, 2010, 5:07 am

Source :http://www.nayapatrika.net/newsportal/cover_story/14693.html


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

nayanraj

ke garnu ra majduriko laghi aapho janma ghar 6odera pardesh ma jaanu hami nepali ko badhayta ......

July 22, 2010, 3:02 pm
@80.120.254.148


RUPSINGH

hello sarkarharu yo menpawor lay kina karbay garnu huna yahta menpaworly ra asha menapawora ko aerekater lay ra ashta agenta mahelalay fasheko shajaya dinu parch adi ash ko sarkar le kunii rekha deke garena vane ashata sarkarko kuni pani kama chhina ok thank you by

July 22, 2010, 2:59 pm
@80.120.254.148


RUPSINGH

yo mero lagi akdamii naramro kam gare ko cha ashta keti laye fasi ko shajae dino parecha ra ashat keti lay desh bata bikala ga ranu parcha ok thank you

July 22, 2010, 2:50 pm
@80.120.254.148


Suman

यो भालुको ********* मा त झन पहिला गार्मेन्ट मा काम गर्दा देखी नै टाटु बनाकी छ यार । त्यती खेर त १०० रुपैयाँमा पाइन्थ्यो, अहिले रेट बढाकी छ अरे ।

July 21, 2010, 5:54 pm
@195.229.235.42


s

k garne uhhhhhhh nepal ra nepali sarkar

July 16, 2010, 12:27 pm
@121.132.178.46


bidesh ma bhaye ko samasya bhaye ahile samma k k bhai sakthyo nepal ra nepali sarkar a bhagwan.

July 16, 2010, 12:25 pm
@121.132.178.46


madhu tamrakar

kina mahila bhayara pani samasya nabhujhe ko hola huna sakchha sansar ma sabi bhanda thulo paisa bhaye ra ti dui narapichas ladis lai sram pache ko huna sakchha ra kina nepal sarkar yesto kurama chaso dekhudaina khale kurse ko pachhi kudi rahe ko chha. huna sakchha nepal sarkar ka 10barse janauddha ma padkiye ka gola barudle kaan banda bhae bahiro bhaye ko hunchhakchha

July 10, 2010, 2:50 pm
@195.229.235.43


anil gurung syangja

nepali haru mathi yesto hunu bhaneko hamrai kamjori kina ki hami haru dhekhasiki tir dhakeli raheko 6 nepali lai kuwait bhanau wa jun dhesha ma pani yesto bhairahekai 6 ma pani india ma phaseko man6e ho mero aakhai aaghadi bata kati cheli haru bechiye ko tiyo tar ma herna matra bhadya bhaye ma pani tyestai bandhak bhayer 9month baseko tiyo jati pani kt haru phaseko 6 yo afnai man6e le phasayeko ho plz yo sapana dhekne bani 6adau ra yedi yo kura ma kehi garne ho hami miler bhane ma pani sakdo sahayo hune6

June 30, 2010, 9:34 am
@212.118.143.148


Bhupa Raj Rai

HI! Hello Good Evining. Kathmandu Nepal.I, Am Bhupa Raj Rai Khotangee"Maila"My Comments And Topic.Dear Nepalako 14 jone And 75 District. Bata Nepali Janatakolagee Uthnu Bhayaka Sampurana Netagee Haruma Ke Bhanna Chahanchhu Bhane Tapaiharu Nepalee Janatalaee Wasata Nagaree Bhagawan Ganeshako Jasato Tapaiharuko Bhudeelaee Junathauma Masatasanga Ladairakhanu Bhayako Chha Bakshing Bhanda Bhagashing Naee Best Hunanchha Bhaninchha Haina Ra? {1} June,26,2010,5:07am Posted News Padhera Malaipanee Dhukha Lageu Yasakolagee Kasato Pahala Bhairaheko Chha Ta? {2} Sister Uma Gurung Ko Bhanaianusara Kuwaitama Aghaeepanee 25, Jana,Hamaro Nepalee Cheliharu, Nepalee Cheleebataee Banadhaka Banaiyako Khabara chha Yasho Hunuma Bisheshhagaree Nepala Sarakarako Dheraee Kamajoree Haina Ra? {3} Fasta Kura Ke Chha Bhane 25, Janalalaee Banadhaka Banaune Manaba Tasakaree Utara Kumaree Sunuwar, Shobhita Puree, Sunuwarakee Father, Man Bahadur Sunuwar, Morang, Lakshamimarga Nibashee Yajenta Usha Khawasha, Yee Manaba Tasakaree Harulaee, Besta Sajaya Bhaneko(Phashee)Deenu Upayukata Hunachha Haina Ra? {4}Kathmandu Nibashee Netagee Haruma Arako Kura Ke Chha Bhane Kathmanduko 10,12 Tale Billding Laee Matra Takane Hainakee Nepalee Yuwa Yuwatee Harulapanee Rojagaree Hunu Parachha.Yasaree Chelee Harulaee Bechera Dhana Kamaune Haina Samaja Shewa Garera Dhana Kamaunu Besta Haina Ra? {5} Hamaro Nepalama Jatipanee Menapawar Haru Chhana Sabaee Menapawara Haruma Kada Bhanada, Kada Karabahee Garanu Jaruree Chha.

June 29, 2010, 2:39 pm
@89.211.163.219


uday thapa

yesto ta bhayena ni ho kun menpower bata pathateko ho tyo menpower ko azente lai jel ma halnu parchha natra bhane khalas

June 29, 2010, 12:55 pm
@80.120.254.148


nepali manteri haru ko bau

sale ran****** haru lai pani khorsaniko dulo halera ga***** parne arkoko chori bigarera khane kukurni haru lai maile beteko baye ***********

June 27, 2010, 7:00 pm
@188.52.121.176


Nepali Janta

YESTO THULO RA DHUKHAD PURNA GHATNA HUDA PANI KINA HAMRO DESH KO SARKARLE WASTA NAGAREKO HO .....TESH APRADHI RANDI KO BAU LAI SAMATERA KINA 25 JANA NEPALI MAHILA LAI UDDHAR GARNA DHYAN NA PUGEKO HO.....KATI DHUKHA RA PIDA HOLA TI DIDI BAHINI HARU LAI...KASTYO EUTA MAHILA BHANYERA ARKO MAHILA LAI PANI BECHNA SAKEKO...KASTO LAJJASPAD KURA HO YO..

June 27, 2010, 11:39 am
@86.96.226.25



Archieve Articles Headlines


 Recent Comments