Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



माधव नेपाल भन्दा पंगु छन् अव बन्ने प्रधानमंत्री

दीर्घराज प्रर्साई

प्रधानमंत्री बन्नको लागि माधव नेपालले आमाको क्रिया गरेनन् । राजाकोमा दाम राखेर कुर्णेश गरेथे । प्रधानमंत्रीको लागि राजाकोमा बिन्तिपत्र चढाएका थिए । प्रधानमंत्री नपाएर रन्थनिएको बेला थियो गिरिजाको । माधव नेपाल पनि राजाबाट प्रधानमंत्री नपाएपछि भारतीय गुप्तचर संस्थाको शरणमा पुगेर पदलोलुप, देशद्रोही गिरिजाप्रसादको नेतृत्वमा भारतकै सहयोगमा सन् २००५मा १२ बुँदे सहमतिमा माओवादीसँग मिलेर आन्दोलनमा होमिए । भारतीय बलमा माधव नेपाल कस्सिएर राजसंस्थाको बिरोधमा खनिए । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता जस्ता राष्ट्रघाती एजेन्डाहरुको प्रवक्ता बनेर विदेशीहरुको कठपुतली बने । भारतीयको बल मिच्याईको भरमा संविधानसभाको चुवाउपछि माओवादीको नेतृत्वको सरकार ढलेपछि भारतीय चासोमा माधव नेपाल प्रधानमंत्री बने । माधव नेपालले एउटा माखो मार्न सकेनन् । एउटा पङ्गु, अयोग्य व्यक्तिको अवशान त्यसरी नैं हुन्छ । माधव नेपाल इतिहासको सबैभन्दा ठूलो पंगु, वदनाम, कलंकित प्रधानमंत्री बनेर सत्ताबाट भागे । अव हुने प्रधानमंत्री जो हुन्छ त्यो माधव नेपाल भन्दा असफल, पंगु र घृणित पात्र बन्नेछन् । अहिले प्रधानमंत्री हुन तातेकाहरु मध्ये झलनाथ, रामचन्द्र पौडयाल, शेरबहादुर देउवा, डां बाबुराम भट्टर्राई, विजय गच्छेदार र अर्को बदनाम सुजाता जोष्ट पनि छीन् ।

प्रधानमंत्री पदको लागि मरिहत्ते हाल्नेहरु मध्ये शेरबहादुर देउपा हुन् । उनी नेपाली राजनीतिमा अत्यन्त असफल, धोकेवाज, भ्रष्टाचार र घोटलाका अगुवा मानिन्छन् । अमेरिकी स्वार्थमा हुर्केका, आर्जुसँग अमेरिकी राजदुत क्यारोल्सी लेसल,े बिवाह गराइदिएका जाइटिङ्गे्र विश्वासघाती व्यक्ति हुन् । आफ्नो वहमत हुँदाहँदै गिरिजाका रिसले शेरबहादुरले संसद विघटन गर्न राजाकोमा सिरफारिस गरे । बहुदल असफल बनाउने र कांग्रेसका संस्थागत नेता बीपी कोइरालाको विचारलाई आगो लगाउने मध्येका यी पनि एक हुन् । सन् २००६ मे १८ बेलुका करिब २० मिनेट फोनमा बार्ता गरेर भनेको थिएँ- 'शेरबहादुरजी ! प्रतिनिधिसभा घोषणपत्र नगराउनु होला । यसबाट तपाईहरु पनि भासिनु हुनेछ । यो भारतीय गुप्तचर संस्थाको कुरा हो । माओवादीको एजेन्डा गोलमेच सम्मेलन, अन्तरिक सरकार र संविधानसभा मात्र हो । गोलमेच सम्मेलनको व्यवस्था पछि के-कस्तो निचोड निस्कन्छ, त्यसपछि अरु कुरा सोचौला,' भनें । हिजो राजभक्तीको वकालत गरिहिड्ने शेरबहादुरले भने- 'यो राजाले मलाई धोका दिएको छ, म छोडदिन' भनेर बम्किए । मैले भने- 'तपाई सत्तामा हेरेर तडपियौं, म सत्तामा नजादैमा राजाका मान्छे र सल्लाहकारबाट तडपिएको छु । राजासँग बदलाको भावना नलिऔं, आफ्ना गल्तीहरु पनि संझौंं । राजाका रिसले देश बरवाद नगरा- भनें । तर उनले सुनेन् । माधव नेपाल पनि मेरो पुख्यौली पुरेतको ज्वाइँ भएकोले बोलचाल राम्रै थियो । उनलाई पनि आधा घण्टा जति संझाएको थिए-मे १८ मा । तर उनलाई भारतीय जासुसले फकाइसकेको रहेछ । अव यिनीहरु सबै त्यही खाडलमा जाकिन लागेका छन् ।

झलनाथ खनाल पनि प्रधानमंत्रीका लागि तातेका छन् । तर झलनाथको अनुहार मात्र होइन, उनको भित्री छवि पनि भ्रष्ट मानिन्छ । आफ्नो अञ्चलको भनेर यसो बोली हिड्थें । राजा वीरेन्द्रको स्वर्ण जन्मोत्सवको उपलक्षमा उनी संचार मंत्री बनेर राष्ट्रियताको वकालत गर्ने गर्थे अनि माओवादीको घोर बिरोध । आफ्नो पाटीका नेता प्रधानमंत्री भएको बेला माधव नेपाललाई खसाल्ने हरामीहरु निन्दनीय छन् । पञ्चकालमा बाग्लुङ्गमा माष्टर भएको बेलाको फेरिहस्त प्रकाशित भएमा उनको जीवनकथा र काठमाण्डौंमा चित्रकारको घरमा रहँदा घरपट्टीकी छोरी उडाइदिएको बेलादेखि राजाको शासनकोबेलाको छेपारे प्रवृत्ति जगजाहेरै छ । भने त्यस्ता पींध नभएका नपुंसकहरुको छाँयामा नेपाल परेको छ ।
त्यस्तै रामचन्द्र पौडयाल पञ्चकालमा असनमा अमिलो बेचेको पैसा कांग्रसीहरुले खोसेर खान्छन् भन्ने डरले जिल्ला भागिहाल्ने लोभि प्रवृत्तिदेखि संविधानसभाको बिरोधमा धावा बोल्ने मान्छे पछि भारु कुम्ल्याएर संविधान सभाको ओकालत गर्दै धर्मनिरपेक्ष, गणतन्त्रमा सती गएर दुइृचार बंगला र पजेरोको हाकिम बनेर भारतीय ढलमा फसिसकेका-लेण्डुब भन्दा माथिका मानिदैनन् । निर्मल निवासमा माओवादीको परमधाम भनेर राजाबाट नैं माओवादी चलाएको आरोप लगाएर राष्ट्र धरापमा पार्ने मध्येका धोकेवाज हुन रामचन्द्र ।

डा. बाबुराम भट्टर्राई अरुको दाजोमा इमान्दार छन्, नेपालको इतिहास र पहिचानको ज्ञान नभएका विवादास्पद् वुद्धिजीवी । उनलाई भारतीय गुप्तचर संस्थाले नेपालको प्रधानमंत्री बनाएर नेपाललाई भारतको छाताभित्र राख्ने एजेण्डामा बनाउन जोड गरेको छ, भनिन्छ । माओवादी नेता प्रचण्डले नैं बाबुराम भट्टरार्इृलाई भारतले प्रधानमंत्री बनाउन जोड गरेको कुरा पटकपटक बोलेका छन् । उनी भ्रष्ट नभएता पनि नेपालको अस्मिता डुबाउनमा सबैभन्दा सशक्त व्यक्ति हुन् । धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयताका उनी निर्माता हुन् । भारतीय समाचार पत्र पाइनोरले लेखेको थियो-

'….Baburam Bhattarai and his family are openly Christian, Prachanda does not proclaim his religious affiliations but his wife's entire family is Christian. His guru,Chandra Pradesh Gajurel, was a Christian preache'- Thu, 06 Sep 2007-

यसैगरी Baburam Bhattarai RAW Google र्सच गरियो भने बाबुराम भट्टर्राईको सक्कली परिचय सैयौं पृष्टमा पढ्न सकिन्छ । भन्नुहोस्- बाबुराम प्रधानमंत्री हुँदाको अवस्थामा नेपालको अवस्था कस्तो हुने रहेछ ? अर्कातिर माओवादीले कब्जा गरेको संपत्ति र माओवादी सेना र हतियार विस्थापित नगरी वा एउटा निर्कियोलमा नपुगी माओवादीभित्रबाट कोही प्रधानमंत्री बन्नसक्ने कुनै संभावना छैन ।

यसैगरी प्रधानमंत्री खान गिरिजाकी छोरी सुजाता जोष्ट गिरिजालाई भष्ट, देशद्रोही, वदनाम, विदेशी दलाल बनाएर नरकको बास गराउने सुजाता जस्तो कपुत छोरी यो पृथ्वीतलमा नजन्मियून् भनेर नेपाली आमाहरु भन्ने गर्छन् । जस्ले जर्मनी जोष्ट क्रिस्चियन्सँग बिवाह गरेर छोरी जोष्ट मुसल्मानलाई बिवाह गर्राई नेपालका सबै ठेक्कापट्टा उनीहरुलाका हात र पहुचमा पुर्‍याएर राष्ट्रको टाठ पल्टाइन् । जस्को अनुहार हेर्दा पनि मान्छे अगति पर्छ, भनिन्छ । त्यस्ती मान्छे, जो भारतीय राजदूतकी खबरे बनेकी छीन । गिरिजाको एकमात्र स्वार्थ छोरीलाई प्रधानमंत्री बनाउने थियो । परराष्ट्र र उपप्रधानमंत्री बनाएरै छाडे । सुजाताले आमाको नाममा सुस्मा ट्रष्ट खोलेर ब्रम्हलुट मच्चाइन् । त्यस्ती वद्नाम भ्रष्ट प्रधानमंत्री बन्ने सपना देख्छन् । यो कस्तो दुर्भाग्य ? प्रधानमंत्री हुन चुम्चुमिएका अर्का व्यक्ति हुन्- विजय गच्छेदार । २०४८ सालपछिका भ्रष्टहरु मध्ये गिरिजा, शेरबहादुर, रामचन्द्र, वामदेव, विजय गच्छेदार पनि जयप्रकाश गुप्ता, गोविन्दराज जोशी, खुमबहादुर सरह्र एक गन्हाएका मान्छे हुन् । तर पनि विजय गज्छेदार यी मध्येमा सबैभन्दा राम्रो मान्छे हुन् । प्रधानमंत्री हुने नैं हो भने उ एउटा उमेद्वार हुनसक्ने मान्छे हुन् । तर, क्षमताको अभाव र माओवादीको थप्पडबाट उनी उम्कन सक्तैनन् भने नेपालमा अव जो प्रधानमंत्री बने पनि त्यो भारतको कठपुलती बनेर पनि सक्तैन ।

रोएर हुँदैन । हिजोको पाप धुरीबाट कराउँछ भन्ने कुरा कसैले नविर्सिउन् । भारतको हस्तक्षेपबाट राष्ट्र डुब्न लाग्दा भारत रिसाउँछ भनेर यिनीहरु मध्ये कसैले कोही चुइक्क बोल्दैनन् । क्रिस्चियनहरुले नेपालका गाउँ-गाउँमा पसेर हिन्दुत्व माथि बलत्कार गर्दा पनि यिनीहरु एक शब्द बोल्दैनन् । 'रअ' र 'सीआए' को घोडा बनेर देश बेच्नेहरु अझै सत्तामा बसेर ब्रम्हलुट मच्चाउन खोज्छन् भने भोलिका दिनमा नेपाली जनताले बहुला कुकुरलाई दिएको सजाय बराबर यिनीहरुले पनि भोग्नु पर्नेछ । स्मरणहोस्- सन् २००६ अप्रेल २४ को यिनीहरुले राजासँग गरेको संझौता असफल भइसक्यो । अव त्यही असफलतालाई ढाकछोप गरेर फेरि खान खोज्नेहरु आफै पासोमा पर्नेछन् । लोकतान्त्रिक सत्ता असफल भइसकेपछि अवको विकल्प भनेको प्रजातान्त्रिक राजा सहितको प्रजातन्त्रमा १९९० को संविधानमा र्फकनु नैं हो । राजाबाटै माओवादीका प्रचण्ड वा पूर्व प्रधानन्यायधीसको नेतृत्वमा र्सवपक्षीय मंत्रिपरिषद बनाएर त्यसैको आडमा निकाश खोजिनु पर्दछ । अरु विकल्प केही छैन ।

लेखकलाई प्रतिक्रिया पठाउँन :
Email: dirgharajprasai@gmail.com

.

Posted on : July 1, 2010, 2:35 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

Pravin

राजाबाटै माओवादीका प्रचण्ड वा पूर्व प्रधानन्यायधीसको नेतृत्वमा र्सवपक्षीय मंत्रिपरिषद बनाएर त्यसैको आडमा यो लेख लेख्ने लेखकलाई प्रधानमन्त्री बनाई निकाश खोजिनु पर्दछ । अरु विकल्प केही छैन ।

July 15, 2010, 8:40 am
@94.98.142.112


aita

dear sabailie, Hambro desh bigarne chor,daka,lutera neta haru liehabie sabie janta milare ra tato panima ko drum ma halnu par 6 natra bhne netale hamro deshko astitwa metau 6

July 6, 2010, 9:39 am
@212.76.68.205


udaya

ठीक छ अब लेखक लायीनै प्रधान मन्त्री बनाउनु पर्छ की जस्तो छ कीनकी तपाईं ले हुनी वाला को नाम दीनु भयीन अब दीनु होला ल?????

July 3, 2010, 4:12 am
@60.53.13.90


Nita Kharel

Yo Lekh Sarai ramro Chha. Yo Ta Bhabisya bani Jasto chha. Lekhak Lai Dhanyabad Chha. Thank you. Nita Kharel. nepaljung,Nepal

July 1, 2010, 3:02 pm
@113.199.179.195



Archieve Articles Headlines


 Recent Comments