

|
|
बसन्त मोहन अधिकारी
Maya Rijaal
Interview / Talks
"पवित्र आयबाट स्थापना भएको पुरस्कार पाउदा म बढी नै खुसी भएकी छु"- शारदा
अधिकारी
०२१
साल माघ ३ गते सुन्दरीजल काठामाडौँमा जन्मनुभएका बालसाहित्यकार श्रीमती शारदा
अधिकारीका हालसम्म १३ वटा पुस्तकहरु प्रकाशित छन् । उहाँले चारवटा ग्रन्थहरुको
सम्पादनसमेत गर्नुभएको छ । उहाँ हाल नेपाल वाल साहित्य समाजका सचिव, साझा प्रकाशनका
संचालक, रुनु प्रकाशनका उपाध्यक्ष, नेपाल वांगमय प्रतिष्ठानका सचिव र त्रिविसेवा
अन्तरगत पद्मकन्या क्याम्पसमा प्राध्यापन पेशामा हुनुहुन्छ । हालै उहाँलाइ बालमंच
नेपालको ०५४ सालमा स्थापित कविताराम बाल साहित्य प्रवर्धनद्वारा 'कविताराम बाल
साहित्य प्रवर्धन सम्मान' प्रदान गरिएको छ । यसैको सन्दर्भमा उहाँसंग इमेलबाट लीईएको
अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
प्रस्तोता : कमल भट्टराई, संयोजक नेपाली बाल साहित्य प्रबर्धन समाज, भर्जीनिया,
अमेरिका)
प्रश्न - शारदाज्यू, हामी बिदेशमा बस्ने बालसाहित्यप्रेमीहरु जान्न चान्छों
कि यसपाली तपाईलाई कविताराम बालसाहित्य प्रवर्धन सम्मान दिएकोमा तपाईको प्रतिक्रिया
के छ ?
उत्तर - आफू वा आफ्नो काम पुरस्कृत हुनु वा सम्मानित हुनु स्वभाविकरुपले नै खुसीको
कुरो हो । यो मानवीय स्वभाव हो । म पनि मानवीय स्वभावबाट विमुख मानिस होइन । यसैले
म खुसी छु । यसमा पनि मलाई विशेष खुसी चाहिँ के कुरामा लागेको छ भने मेरो कार्यले
लेखकको लेखकस्व जस्तो पवित्र आयबाट स्थापना राखिएको 'कविताराम बालसाहित्य प्रवर्धन
सम्मान'बाट पुरस्कृत हुने सौभाग्य पायो । लेखकको लेखकस्व जस्तो पवित्र आयबाट स्थापना
भएको पुरस्कार पाउदा म बढी नै खुसी भएकी छु ।
प्रश्न - गत ११ वर्षको इतिहासमा यो पुरस्कार पाउने ब्यक्तिहरु निक्कै वरिष्ठ
र स्थापित व्यक्तित्वहरु देखिन्छन । तपाईलाई उहाँहरुको समकक्ष्यमा ल्याएर यो
पुरस्कार दिनुको कारण के होला ?
उत्तर - हुन त यो प्रश्न मलाई भन्दा पुरस्कारदातालाई गर्नुपर्ने हो तारा प्रश्न
सोधिएपछि मैले जवाफ दिनै पर्ने हुन्छ । यस सम्बन्धमा बोल्नुपर्दा मलाई जहाँसम्म
लाग्छ यो पुरस्कार विशुद्धरुपमा बालसाहित्यिक लेखनलाई मात्र नदिई बालसाहित्यको
लेखनका साथमा गरिएको यस क्षेत्रको अनुसन्धान संस्थागत रुपमामा गरिएको बालसाहित्यको
प्रबद्र्धनलाई पनि हेरेर दिइने पुरस्कार हो । यसैले लेखनगत समय तथा उमेरको आधारमा
देखिने वरिष्ठ र स्थापितको मूल्यले मात्र यहाँ काम नगर्ला । यसै पनि अहिले नेपालमा
समयले कोल्टे फेरेको छ । नेपालको नवसृजनकारी सोच विकसित हुनथालेको छ । यस्तो
परिवेशमा लेखनको समय निरन्तरता लेखनगत गुणवत्ता संस्थागत संलग्नता र योगदान समाजका
लागि नेतृत्वदायी भूमिकाजस्ता तत्वहरु पनि व्यक्तिलाई बरिष्ठ र स्थापित बनाउने
तत्वका रुपमा रहन सक्दछन् । यिनै कसीलाई आधार बनाएर मूल्यांकन गरिएको पनि हुनसक्छ ।
प्रश्न - अब तपाईको जिम्मेवारी अरु बढेको तपाईलाई लाग्छ कि लाग्दैन ? लाग्छ
भने अब कसरी आघाडी बढ्नु हुन्छ ?
उत्तर - पक्कै लाग्छ । समाजबाट कुनै सम्मान तथा पुरस्कार पाउनका लागि मेरो कलम
चलेको थिएन । मेरो कलम चलेको थियो त केवल आफूमा भएका सोच तथा उर्जा समाजलाई दिएर
आत्मसन्तुष्टि आर्जन गर्नका लागि चलेको थियो । जीवनमा आफूले देखेका भोगेका वस्तु र
अनुभवबाट समाजका विविध वर्गका पाठकका लागि केही दिन सकिन्छ कि भन्ने सोचले मेरो कलम
अघि बढेको थियो । समाजबाट लिने सोच नभएकाले मेरो लेखन स्वतन्त्र थियो बाध्यात्मक
जिम्मेवारी थिएन । तर अब त्यो स्थिति रहेन । समाजले मेरो लेखन तथा कार्यशैलीको
अवलोकन तथा उच्च मूल्यारुन गरिरहेको रहेछ । यो पुरस्कारले मलाई यही तथ्यबोध गराएको
छ । यसैले अब मलाई अझ सचेत र जिम्मेवार भएर आफ्नो लेखन तथा कार्यसम्पादनलाई अघि
बढाउनु पर्ने भएको छ ।
प्रश्न - तपाईले हालसम्म कुनकुन बिधामा कलम चलाउनु भएको छ ? र कतिवटा किताबहरू
छापिएका छन ?
उत्तर - म साहित्यका समालेचनायात्रारुनिबन्ध निबन्ध कविता गीत र कथाको अलावा यस
क्षेत्रको अनुसन्धानमा पनिरु कलम चलाउँदै आएकी छु भने बालसाहित्यमा बालकथा,
बालचित्रकथा, बालकविता, बालनिबन्ध र समीक्षामा कलम चलाइरहेकी छु । यसका साथसाथै म
बालआख्यानको विभिन्न तहका अनुसन्धान र सम्पादन कार्यमा पनि संलग्न रहिरहेकी छु ।
हालसम्म मेरो एक समालोचना संग्रह, एक नियात्रा संग्रह र एक दर्जन जति बालसाहित्यका
विभिन्न विधाका पुस्तकाकार कृति प्रकाशित भएका छन् ।
प्रश्न - तपाईलाई बालसाहित्यमा लाग्ने प्रेरणा कहिलेदिखी कसरी भयो ?
उत्तर - मेरी छोरीको लालनपालनका क्रममा ममा कथा कथ्ने र सुनाउने बानी स्वतः विकसित भएको थियो । यही बानीले मलाई मेरी छोरीमा उसकालागि आवश्यक व्यावहारिक तथा अन्य ज्ञान मनोराजक पारामा हस्तान्तरण गर्न धेरै सजिलो भयो । यो प्रविधि समाजलाई बाँड्ने चाहनाले प्रेरित भई म यसको लेखनतिर प्रवृत्त हुनथालेँ । यसरी म विस्तारै लेखन तिर उन्मुख हुनथालेँ भने त्यसै समयदेखि नेपाल बालसाहित्य समाजमा पनि आबद्ध हुनपुगेँ । त्यहाँ मलाई डा.चूडामणि बन्धु श्री रमेश विकल श्री विश्वम्भर चाचल आदि बालसाहित्यप्रति समर्पित व्यक्तिहरुसँग काम गर्ने अवसर मिल्यो । यसैले म विस्तारै बालसाहित्यतिर नै केन्द्रित हुन पुगेँ ।
•» With Ms. Kusum- -2008-09-27
•» With Sarada Bhuju- -2008-09-23
•» With Saloni Rajbhandari- -2008-09-21
Post your comments:
Comments on topic:






Public Poll