Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

मन (कबिता)


-केदार श्रेष्ठ'गगन'

Kedar Shresthaकहिले
मलाई
पहाड जस्तै गजधम्म
परेर बस्न मन लाग्छ,
कहिले
रुख जस्तै हात हल्लाएर
हावाको सुसेलीमा
कम्मर मर्काई-मर्काई
नाच्न मन लाग्छ,
कहिले पूर्णिमाको
जून भएर गगनमा
सधैँ चम्किरहन मन लाग्छ,
गमेर सोच्छु-
पहाड भएर
निर्जिव हुनु कसरी,
हावाको गतिमा नाँच्ने
रुख जस्तै अघोषित
पागल हुनु म कसरी,
सधैँ अर्काको भरमा
चम्किरहने जून बनुँ म कसरी
मन यसैमा
घोत्लिरहन्छ
वहस चलिरहन्छ मष्तिष्कमा
टुङ्गोमा पुग्न सकेको छैन मन
तर
निर्णयको नजिक छ
तारा बनेर चम्किरहने ।.

Posted on : March 22, 2009, 8:21 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments