Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना सम्पन्न

New Page 1

गत १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा गरेका छन् ।

 

नेपालको समय बेलुकी ६ बजे स्काइपीको टेलिकन्फिरेन्स मार्फत साहित्यकारहरुले संयुक्त रुपबाट घोषणा गरेका थिए । उपस्थितीलाई सम्बोधन गर्दै मस्को रसियाबाट डा. मधु माधुर्यले आफ्नो मन्तब्य राखेका थिए । आपसमा पहिलो पटक नेट मार्फतको चिनजानले सबैलाई उत्साहित बनाएको थियो । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टा सर्जकहरुको सामुहिक सलग्नता रहेको यस महासंघको अन्तराष्ट्रिय केन्द्रिय समिति केन्द्रिय पार्षद सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली समेत घोषणा गरिएको थियो ।

 

संस्थापक- भानु जयन्ति २०६७ राखिएको छ भने महासंघको अध्यक्ष डा. मधु माधुर्य रसिया, वरिष्ठ उपाध्यक्ष गोविन्द गिरी प्रेरणा अमेरिका, उपाध्यक्ष रमेश पौडेल काठमाण्डो, उपाध्यक्ष टंक सम्बाहाम्फे हङकङ, उपाध्यक्ष वीरभद्र ढोली कार्की सिक्किम भारत, महा-सचिव विश्वास दीप तिगेला ब्रुनाई/वेलायत, सचिव इन्द्र नारथुङे मलेशिया, साहित्य संचार संयोजक प्रदिप थापा मगर अमेरिका, संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे भुटान अमेरिका, आर्थिक सचिव सुरेन्द्र इङनाम वेलायत, आर्थिक सह-सचिव शर्मिला खड्का काठमाण्डौ, सदस्यहरु शिब प्रकाश बोष्टन अमेरिका, सुरेसजंग शाह वेलायत, हरी शिवाकोटी क्यानडा, जीवन देवान गाउँले मलेशिया, गणेश खड्का प्रतिक्षा सेसेल्स, उमा सुवेदी इजरायल, सन्तोष नेउपाने बेल्जियम, देवेन्द्र सुर्केली काठमाण्डौ, सावित्रा काफ्ले अष्ट्रेलिया, केदार सुनुवार संकेत अफगानिस्तान, भिम के सी कमल पोर्चुगल, वसन्तमोहन अधिकारी युएइ, जितमान राई पेनाङ मलेशिया, गोवद्र्धन पुजा अमेरिका, तिर्थसंगम राई कतार, गोविन्द देवकोटा मस्को रसिया छन भने १९ सदस्य केन्द्रिय पार्षद र ८ सदस्य सल्लाहकार समिति लगायत सम्बद्धता लिने निर्णय गरेका ३ साहित्यिक संस्थाहरु उदाउदो तारा साहित्यिक समाज पेनाङ मलेशिया, अनलाइन नेपाली साहित्य मंच, नेपाली साहित्य प्रतिष्ठान हङकङको नाम समेत घोषणा गरेका छन् ।

 

नेपाली साहित्यको क्षेत्रमा ब्यापकरुपमा समेटेर निर्माण गरिएको सम्भवत यो पहिलो महासंघ हो । सामुहिक हितको लागि सामुहिक सक्रियतामा साहित्यिक संस्थाको स्थापना भन्ने मान्यताले स्थापित यस महासंघले संचालनमा रहेका साहित्यिक संघसस्थाको अस्थित्वलाई स्वीकार गर्दै सम्बद्धता प्रदान गर्ने र जुनसुकै साहित्यिक संस्थामा संलग्न ब्यक्ति पनि यस संस्थामा सहभागि हुन सक्ने बताएको छ । विश्वभरका प्रत्येक देशमा शाखा र सम्बद्धता प्राप्त संस्था निर्माण गर्ने लक्ष्य राखेको यस महासंघको चाडै नै विश्वभर शाखाहरु निर्माण हुने पनि बताएका छन् । यस महासंघको साधारण, राष्ट्रिय र आजीवन सदस्य रहने ब्यवस्था रहेको छ ।

 

लामो छलफल र बहस पछि महासंघ नामकरण गरिएको र हाल लोगो र बेभसाइट ठेगानाको बारेमा छलफल भइरहेकोले आ-आफ्नो विचार दिन अनुरोध गरेको छ साथै विधान मस्यौदा संयोजक महासचिव विश्वास दीप तिगेलालाई तोकेको छ ।

 

 

नोटः लोगो प्रस्ताबित मात्र हो

 

===============================

 

 

 

 

 

घोषणा-पत्र

 


नेपाली वाङ्मय प्रति समर्पित आदरणीय स्रष्टाहरु प्राज्ञ वर्ग नेपाली साहित्यलाई आ-आफ्नो ठाँउबाट योगदान पुर्याइ रहनु भएका सम्पूर्ण साहित्यिक संघसंस्था शुभचिन्तक अभिभावक संचारकर्मी र सम्पूर्ण साहित्यिक मनहरु 


सर्वप्रथम आज हामीले नेपाली भाषीहरुको एकताको प्रतिक भानुभक्तको जन्मजयन्तिको अवसरलाई शुभसाइत मानेर यहाहरु समक्ष उपस्थित भएका छौ । नेपाली साहित्यका विभूति आदीकवी भानुप्रति उच्च सम्मान व्यक्त गर्दै वहाको ऐतिहासिक एवं विशिष्ट योगदानलाई कदर गर्दै यहाहरु सबैलाई न्यानो साहित्यिक अभिवादन टक्राउन चाहान्छौ ।

समयको परिवर्तन र प्रविधिको उच्चतम विकास संगै हामी नेपालीहरु विश्वभर छरिएको र छरिदै गएको अवस्थालाई मध्यनजर राख्दै विश्वभरका सम्पूर्ण स्रष्टा सर्जक तथा साहित्यिक संघसंस्थालाई सहयोग गर्ने उद्देश्यले आज हाम्रो सामुहिक प्रयासबाट यो विश्वब्यापी साझा संस्था विश्व नेपाली साहित्य महासंघ स्थापना भएको घोषणा गर्दछौ । 

नेपाल नेपाली राष्ट्र र नेपाली साहित्यको प्रचुर समृद्धिले मात्र हाम्रो पहिचान र प्रतिष्ठा प्राप्त हुने भएकोले यो नेपाली साहित्यको महत्व सबैलाई जगजाहेरै छ । सामुहिक हितको लागि सामुहिक सक्रियता भन्ने मान्यताको आधारमा आज विश्वका १८ मुलुकबाट सहभागि ४७ नेपाली साहित्यकारहरु र ३ बटा साहित्यिक संघसंस्थाहरुको संयुक्त सहभागितामा यो महासंघ निर्माण भएको छ । 

यस महासंघका उद्देश्यहरु यस प्रकार रहेका छन्ः

(क) विश्वभर नेपाली साहित्यको विस्तार विकास संबद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
(ख) साहित्यिक ब्यक्तित्व तथा समस्त स्रष्टा-सर्जकहरु बीच आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
(ग) देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक संघ संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरु संग सम्बद्धता कायम गर्ने ।
(घ) साहित्यिक हक अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तर साहित्यमा जोड दिदै सम्बन्धित निकायहरुमा आवाज र दबाब पुर्‍याउने ।
(छ) विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार साहित्य साहित्यिक गतिविघि र साहित्यिक संघ- संगठनको बारे जानकारी लिने अभिलेख राख्ने साहित्यिक समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने । 
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका संघ संगठन तथा साहित्यिक ब्यक्तित्वहरु संग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
(झ) नेपाली साहित्य (पर्वते, खस भाषा/नेपालीले बोल्ने सबै भाषा मातृभाषा - नेपाली साहित्य क्षेत्र हुन्) को श्रीबृद्धिको लागि आवश्यक विभिन्न कार्यहरु गर्ने ।

 
यी माथिका उद्देश्यहरु हासिल गर्नको लागि ब्यापक खोज र छलफल पछि संस्थाको नाम विश्व नेपाली साहित्य महासंघ छोटकरीमा विनेसाम र अंग्रेजीमा Global Federation for Nepali Literature  र छोटकरीमा GFNL राख्ने निर्णय भयो र यस महासंघलाई नेतृत्व दिन अन्तर्राष्ट्रिय केन्द्रिय तदर्थ समिति अर्थात विशेष समिति केन्द्रिय पार्षद र सल्लाहकार निम्नअनुसार निर्माण गरिएको छ ।

 
१. संस्थापकः भानु जयन्ति २०६७
२. अध्यक्षः डा. मधु माधुर्य, रसिया
३. बरिष्ठ उपाध्यक्षः गोविन्द गिरी प्रेरणा, अमेरिका
४. उपाध्यक्षः रमेश पौडेल, काठमाण्डौ
५. उपाध्यक्षः टंक सम्बाहाम्फे, हङकङ
६. उपाध्यक्षः वीरभद्र ढोली कार्की, सिक्किम भारत
७. उपाध्यक्षः
८. महा-सचिव: विश्वास दीप तिगेला, ब्रुनाई/वेलायत
९. सचिवः इन्द्र नारथुङे, मलेशिया
१०. उप-सचिवः 
११. साहित्य संचार संयोजकः प्रदिप थापा मगर, अमेरिका
१२. संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे, भुटान अमेरिका
१३. आर्थिक सचिवः सुरेन्द्र इङनाम, वेलायत
१४. आर्थिक सह-सचिवः शर्मिला खड्का, काठमाण्डौ
सदस्यहरुः
१५. शिब प्रकाश, बोष्टन अमेरिका
१६. सुरेसजंग शाह, वेलायत
१७. हरी शिवाकोटी, क्यानडा
१८. जीवन देवान गाउँले, मलेशिया
१९. गणेश खड्का प्रतिक्षा, सेसेल्स
२०. उमा सुवेदी, इजरायल
२१. सन्तोष न्याउपाने, बेल्जियम
२२. देवेन्द्र सुर्केली, काठमाण्डौ
२३. सावित्रा काफ्ले, अष्ट्रेलिया
२४. केदार सुनुवार संकेत, अफगानिस्तान
२५.भिम के सी कमल, पोर्चुगल
२६. वसन्तमोहन अधिकारी, युएइ
२७. जितमान राई पेनाङ, मलेशिया
२८. गोवद्र्धन पुजा, अमेरिका
२९. तिर्थसंगम राई, कतार
३०. गोविन्द देवकोटा, मस्को रसिया
 

 

केन्द्रिय पार्षद

३१. केजिन राई, बेल्जियम.
३२. गोविन्द गुरुङ, ब्रुनाई
३३. नीला अधिकारी, वेलायत
३४. चन्द्र घर्तिमगर, चीन
३५. बिनो लामा, मलेशिया
३६. वेद दाहाल, अमेरिका
३७. प्रकाश राई, ब्रुनाई
३८. मनु ठाडा मगर, वेलायत
३९. हस्त गौतम मृदुल, टेक्सास अमेरिका
४०. नम्रता गुरागाई, अमेरिका
४१. अमृत परियार, पोर्चुगल
४२. दिनेश बस्नेत, नेपाल
४३. मोहन परदेशी, भारत
४४. शम्भुप्रसाद रिजाल, मस्को रसिया
४५. दीपदर्शन शाही, मलेशिया
४६. गोविन्दप्रसाद गौतम, मस्को रसिया
४७. ऋषीप्रसाद लामिछाने, चितवन नेपाल
४८. नगेन्द्र इङनाम, न्यूयोर्क अमेरिका
४९. ध्रुव थापा, अमेरिका


सल्लाहकारहरु
१. प्राज्ञ वैरागी काइला, कुलपति- नेपाल प्रज्ञा प्रतिष्ठान
२. डा. गोविन्दराज भट्टराई
३. मुरारीराज शर्मा 
४. कष्णप्रकाश श्रेष्ठ
५. होमनाथ सुवेदी 
६. विक्रम सुब्बा
७. डा. कविताराम श्रेष्ठ
८. ज्ञानेन्द्र गदाल 

महांसघमा सम्बद्ध संस्थाहरु
१. उदाउदो तारा सहित्य समाज पेनाङ मलेशिया
२. अनलाइन नेपाली साहित्य मंच ब्रुनाई÷वेलायत
३. नेपाली साहित्य प्रतिष्ठान हङकङ

विधान निर्माण संयोजकः विश्वास दीप तिगेला


प्रत्येक देश शाखा र सम्बद्धता प्राप्त संस्थाबाट कम्तिमा १ जना प्रतिनिधि केन्द्रिय पार्षदमा ल्याउने ब्यवस्था गरिएको छ । बाँकी देशहरुबाट इच्छुक साहित्यकारलाई मनोनित गरिने छ । अब बाँकी १ उपाध्यक्ष मनोनित गर्न बाँकी रहेको छ ।


केन्द्रिय तदर्थ समिति र केन्द्रिय पार्षदलाई बिशेष सामति पनि घोषणा गरिएको छ । यहाहरुलाई अवगतै छ हाम्रो यस समितिमा विश्वभरका सामेल छौ र हुदैछौ । को कस्तो ब्यक्ति कुन स्थान र जिम्मेवारीको लागि सहि हो भन्ने बुझ्न केही समय लाग्ने भएकोले अबको २ महिना भित्र बाँकी रहेका देश र संस्थाहरुबाट प्रतिनिधिहरु ल्याइने छ र तदर्थ समिति र पार्षदलाई पुनः मिलाइने छ । योग्यता भएका र पुगेकालाई इच्छा र अवसर अनुसार स्थान दिने कोशिस गर्नेछौ ।

यो संस्था विधान सम्मत सहमत हुने र नहुने सबैसबै हामी नेपालीहरुको साझा संस्था हो । संमग्रमा नेपाली साहित्यको श्रीबृद्धिको लागि हो । त्यसैले जुन कुराहरुले यस संस्थाको प्रगति र ब्यापकतामा असर पुग्दछ त्यस सवालमा यो संस्था जुनसुकै चुनौती मोलेर पनि त्यस्ता कार्यलाई निरुत्साहित गर्दछ । स्पष्ट राजनैतिक ब्यक्तित्व निर्माण गर्नुभएका राजनैतिक संगठनलाई नेतृत्व गर्नुभएका जस्ता आदी ब्यक्तित्वहरु रहदा यस संस्थालाई असर पुग्दछ भने सम्मानका साथ हामी ठिक सामिप्यमा रहिदिन आग्रह गर्दछौ ।

यस महासंघको कार्यक्षेत्र विस्तार र विकासमा अन्य संघसंस्थाहरुको तुलनामा विशिष्टिता भएकोले केही नयाँ अभ्यास र ब्यवस्था हुन स्वभाविक हो । विशेषत टाढा टाढा रहेर कार्य गर्न अप्ठ्यारो पर्ने भएकोले कार्य क्षमतालाई प्रभावकारी बनाउन सटिक सन्तुलित पारदर्शि बनाउने प्रतिबद्धता गर्दछौ ।

महासंघ निर्माण गर्न साहित्यिक संघसंस्था र साहित्यकारहरुबाट आएको उत्साह र सकि्रयताले छोटो समयमै स्थापना भएको घोषणा गर्न पाउदा हामीलाई गौरव लागेको छ । यो साहित्यको बिषम आवश्यकता र सामुहिक भावनाले सम्भव भएको हो । स्थापना गर्नु भन्दा यसलाई संचालन र निरन्तरता दिन निश्चय नै गाह्रो कुरा हो । सामुहिक कामको लागि सामुहिक सकि्रयतामा स्थापित यस महासंघमा सम्पूर्ण साहित्यिक संघसंस्था र उज्वल साहित्यिक भविश्य भएका स्रष्टाहरुको सहभागिता हुनेमा विश्वस्त छौ । अहिले संस्थाको विधान निर्माण संस्थाको लोगो निर्माण र संस्थाको वेभपेज निर्माण सम्बन्धमा ब्यापक छलफल चलिरहेको छ यसर्थ सबैलाई छलफलमा सहभागि भईदिन आग्रह गर्दछौ ।

अन्तमा विश्वलाई प्रविधिले एक गाँउको रुपमा परिणत गरिदिएको छ र यस गाँउवासी हामी सबै मिलेर नेपाली साहित्य नेपाली खस भाषा साहित्य मातृभाषा साहित्यको उत्थान प्रगति र समृद्धिको लागि आपसमा हातेमालो गर्दै अघि बढौ भन्ने आब्हान गर्दै पुनः आज विश्व नेपाली साहित्य महासंघको स्थापना भएको अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

 
जय नेपाली साहित्य ।


अध्यक्ष 
विश्व नेपाली साहित्य महासंघ
अन्तर्राष्ट्रिय केन्द्रिय समिति अन्तर्राष्ट्रिय केन्द्रिय पार्षद
www.nepaliliterature.com 
nepaliliterature@ymail.com

मितिः २९ असार २०६७ तदनुसार १३ जुलाई २०१०

घोषणा पत्र >>>> view in PDF

समिति र पार्षदका सम्पूर्ण सदस्यहरुले आफ्नो फोटो सहितको ब्यक्तिगत विवरण पठाउनु भएको छैन भने यथासक्दो चाडो nepaliliterature@ymail.com मा पठाउन जानकारी गराइन्छ ।
 

 

 

 

सूचना ।


आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा हुदैछ । नेपालको समय बेलुकी ठिक ६ बजे स्काइपी Skype मा टेलिकन्फिरेन्स गरेर घोषणा गरिन्दै छ ।

सबै स्रष्टासर्जकहरुलाई उक्त घोषणा कार्यक्रममा सहभागि भईदिनु हुन अनुरोघ गर्दछौ । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टासर्जकहरुको सामुहिक सहभागिता रहने यस महासंघका केन्द्रिय तदर्थ समिति, केन्द्रिय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली समेत घोषणा गरिने कार्यक्रम रहेको छ ।

Skype User: biswas20

सहभागि हुने स्रष्टार्सजकहरुले आफ्नो सिर्जना कविता, गजल, गीत पनि लिएर आउन अनुरोध छ ।

- छलफल समुह


 

 
   
   
 

साहित्य महासंघमा अब नेपाली साहित्य प्रतिष्ठान हङकङ पनि आबद्ध हुने

हङकङ, गत ११ जुलाईको दिन नेपाली साहित्य प्रतिष्ठान हङकङको सम्पन्न बैठकले स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा आबद्ध हुने निर्णय गरेको छ ।

महासंघको अन्तर्राष्ट्रिय केन्द्रिय समिति र केन्द्रिय पार्षदको लागि पनि आफ्नो प्रतिनिधि चाडै चुनेर पठाउने निर्णय गर्‍यो ।


 

 
   

हाम्रो मान्यता - साझा र पारदर्शिता

सूचना
! सूचना !! सूचना !!!

 



विश्वभर छरिएर रहेका साहित्यकार तथा नेपाली साहित्यिक संघ संस्थाहरुलाई ख्यालमा राख्दै साझा र पारदर्शिता को मान्यता राख्दै नेपाली साहित्यको श्रीबृद्धिको लागि विश्वब्यापी नेपाली साहित्यको शसक्त संजाल निर्माण गर्न आवश्यक भएकोले उक्त सम्बन्धमा छलफल विचार विमर्श चलि रहेको छ । त्यसैले आफ्नो नयाँ सोच सहित विचारको आदानप्रदान कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध गरिन्छ । 

१. सबै देशमा रहेका साहित्यकारहरुले साझा अनुभूति गर्नेछन् । 
२. विशुद्ध साहित्य भन्दा बाहिरको राजनीति हुने छैन । 
३. नयाँ बन्ने संजालमा कुनैपनि देशको बर्चश्व हुने छैन ।
४ .नातावाद/परिवारवाद हुने छैन ।
५. संस्थापक ब्यक्ति विशेष नभई भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम 
रहनेछ । स्थापना भएको शुभ साइतको दिनमै केन्द्रिय तदर्थ समिति र यथासम्भव प्रत्येक देश र साहित्यिक संस्थाबाट प्रतिनिधित्व हुने गरि केन्द्रिय परिषदको पनि निर्माण गरिने छ । केही देशमा शाखा निर्माण तथा सम्बद्धता प्राप्त भएको समेत घोषणा गरिनेछ ।
६. कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र 
सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ ।
७. यो संस्था सामुहिक प्रयासमा स्थापना हुनेछ त्यसैले छलफलमा सहभागिको लागि हार्दिक 
अनुरोध गर्दछौ ।

 

समस्त स्रष्टा सर्जक तथा शुभचिन्तकहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।


 
 
- छलफल समुह
 
nepaliliterature@ymail.com

अनलाइनमा भ्वाइस चाट गर्न Skype युजर: biswas20 थप्नुहोस ।

 
 
 
संजाल निर्माणको लागि सहमति तथा सहभागितालाई तयारी मुलुकहरु
 
 
     
१.
हङकङ    
२.
ब्रुनाई    
३.
रसिया    
४.
दुबई    
५.
मलेसिया    
६.
नेपाल    
७.
भारत    
८.
वेलायत    
९.
अमेरिका    
१०.
कतार    
११.
क्यानडा    
१२.
सिंगापुर    
१३.
थाइल्याण्ड    
१४.
सेसेल्स  
१५.
बेल्जियम
 
१६.
जापान
१७.
इजरायल
१८.
पोर्चुगल
१९
अफगानिस्तान
  अन्य देशहरुबाट आउनेक्रम जारी
   
  Download प्रस्तावित विधान र अवधारणापत्र >>> V16 new update
  धेरै परिवर्तन सहित ड्राफ्ट १४ औ विधान तथा अवधारणा पत्र तयार भएको छ । इच्छुकले इमेल गरेर माग गर्न सक्नुहुनेछ । यो अन्तिम विधान भएकोले र्सार्वजजिक गरिएको छैन तर यसको प्रभाव ठूलो छ ।
 

 

विश्वभर छरिएर रहेका स्रष्टा र सिर्जनालाई समेट्ने नयाँ साझा संस्थाको आवश्यकता

अवधारणा पत्र (प्रस्तावित)
 



विषय प्रवेश
समयको गति संगै नेपाली साहित्य पनि अघि बढ्दै जानेक्रममा अहिले कहाँ सम्म पुग्यो र अब कता कसरी जानु पर्छ भन्ने सवालमा चिन्तन गर्नुपर्ने बेला भएको छ । समकालिन साहित्यहरुले फड्को मारिरहेको बेला नेपाली साहित्य भने परम्परागत तरिकाले जेनतेन मात्र धानिरहेको अवस्था छ । त्यसैले समयको परिवर्तन संगै नेपाली साहित्यको श्रीवृद्धिको निमित्त नयाँ सोचका साथ नयाँ कार्य गर्न जरुरी भएको छ ।

साहित्य समाजको दर्पण हो र प्रत्येक ब्यक्ति समुदायमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ब्यक्ति समुदायको पहिचान प्रतिष्ठा र अस्थित्वको साहित्य संग प्रगाढ अन्तर सम्बन्ध रहेको हुन्छ यसर्थ >>>>

 
 

साहित्य महासंघमा अनलाइन नेपाली साहित्य मंच पनि आबद्ध हुने

ब्रुनाई, गत ९ जुलाईको दिन अनलाइन नेपाली साहित्य मंचको सम्पन्न बैठकले स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा आबद्ध हुने निर्णय गरेको छ ।


नेपाली साहित्यमा अनलाइनको क्षेत्रले पुर्याउदै आएको र पुर्याउन सक्ने योगदानलाई पनि सहि तवरले पहिचान दिन र दिलाउन महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन । धेरै साहित्यिक संघसस्थाहरुको अस्थित्वलाई स्वीकार गरि सम्बद्धता प्रदान गर्दै नयाँ संस्था महासंघको रुपमा स्थापना हुने कुरालाई स्वागत गरेको छ ।


महासंघको अन्तर्राष्ट्रिय केन्द्रिय समिति र केन्द्रिय पार्षदको लागि पनि आफ्नो प्रतिनिधि चुनेर पठाउने निर्णय गरेको छ ।


 

 
 

सामुहिक संलग्नताको लागि सार्वजनिक आब्हान, ५ हजार बढि इमेल सम्प्रेषण

सामुहिक हितको लागि सामुहिक सक्रियता तथा साझा र पारदर्शि संस्थाको स्थापना भन्ने मान्यताको आधारमा यहि आउदो भानु जयन्तिको अवसरलाई शुभसाइतको रुपमा लिदै स्थापना हुन लागेको नेपाली साहित्यको विश्वब्यापी संजाल निर्माणको बारे जानकारी तथा आब्हानलाई तिब्र बनाइएको छ ।

प्रतिक्रिया, सल्लाह, सुझाव, सहयोग तथा सहभागिताको लागि सार्वजनिक रुपबाट आब्हान गर्दै विश्वभरका स्रष्टा तथा साहित्यिक संघसंस्थाहरुलाई लक्षित गरी ५ हजार भन्दा बढि इमेल सम्प्रेषण गरिएको छ । साथै विभिन्न वेभसाइट पत्रपत्रिका र रेडियो मार्फत सूचना प्रवाह गरिएको छ ।

नयाँ बन्ने संस्थाको नाम, विधान, लोगो र वेभसाइटको विषयमा पनि छनौट तथा कस्तो हुनुपर्छ भनेर सोधिएको छ । प्राप्त सल्लाह सुझावको आधारमा सम्पूर्ण निर्णय हुने भएको छ । हाल सम्म डेढ दर्जन देशहरुबाट स्रष्टा तथा संघसंस्थाहरुले उत्साहित ढङ्गले सहभागिता जनाएका छन् ।

नेपाली साहित्यको श्रीबृद्धिको लागि सामुहिक रुपबाट ब्यापक तवरले विश्वभरका स्रष्टा, सर्जक तथा साहित्यिक संघ, संस्थालाई समेट्ने गरि स्थापना हुन लागेको यो पहिलो अवसर हो । संजाल स्थापनाको लागि प्रस्तावित अवधारणा तथा प्रस्तावित विधान तयारी भईसकेको कारण सबैलाई स्पष्ट बुझाउदै आब्हान गर्न सजिलो भएको कुरा छलफल समुहले बताएका छन् ।

यस संजालले प्रत्येक देशबाट प्रतिनिधित्व हुने गरि अन्तर्राष्ट्रिय केन्द्र समिति र केन्द्रिय पार्षद रहने प्रस्तावित ब्यवस्था गरेको छ । यस निर्माणधिन संस्थाले सबै साहित्यिक संघसंस्थाहरुको अस्थित्वलाई स्वीकार्दै सम्बद्धता प्रदान गर्नेछ ।

स्थापना भएको घोषणा गर्न केहीदिन बाँकी रहदा नै सबैलाई संलग्नताको लागि छलफल समुहले अनुरोध गरेको छ ।
 


 

 

उदाउदो तारा साहित्य समाजको भेला सम्पन्न - स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा अबद्दता हुने निर्णय 

मलेशिया,
४ जुलाई, उदाउदो तारा साहित्य समाज पेनांग मलेसियाको एक भेला बी. एम. स्थित लालिगुरास रेस्टुरेन्टमा सम्पन्न भयो I

समाजको उपाध्यक्ष गणेश महतरा 'हिमाली' को अधक्ष्यतामा बसेको उक्त बैठकमा समाजले आगामी दिनमा गर्ने भावी योजना बारेमा छलफल भएको थियो I 

समाजको कार्य-समितिको कार्यकाल पुरा गरेर स्वदेश फिर्ता गए पछि रिक्त रहेको पदहरु उपर पदपूर्ति गरिएको छ I वर्तमान नया कार्यसमितिहरुमा अध्यक्ष - दिप दर्शन शाही, उपाध्यक्ष-गणेश महतरा 'हिमाली' , सचिव- जीतमान राई 'सबिन', सह-सचिव- नरेन मगर 'बि', कोषाध्यक्ष कृष्ण पुन 'अन्तिम संघर्ष' , साथै सदस्यहरु, राजेश प्रवाह, भिष्म दर्नाल, थलिन्द्रबहादुर भुजेल, झुनसिं कुवर, धनकुमार लिम्बु, दशरथ राई, लगायतका रहेका छन् I

उक्त उदाउदो तारा साहित्य समाजले स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा अबद्दता हुने निर्णय गरेको छ I समाजबाट महासंघ प्रतिनिधिको लागि सविन र दीप दर्शनलाई पठाउने निर्णय पनि गर्यो ।

सोहि भेलामा समाजका सस्थापक अध्यक्ष अशोककुमार 'प्यासी' राई र सदस्य बलबहादुर गुरुङ आफ्नो कार्यकाल पुरा गरि स्वदेश फर्किन लाग्नु भएकोले बिदाई तथा मायाको चिनो प्रदान गरिएको थियो I भेलामा उपस्थित स्रस्टाहरुले आ-आफ्नो सिर्जना वाचन गरिएको थियो I
 

 

विश्वभरका नेपालीहरुलाई समेट्ने साहित्य संजाल निर्माण हुने

लामो समय देखि नेपाली साहित्यको श्रीबृद्धिमा लागेका विभिन्न १४ देशमा रहेका झण्डै ३ दर्जन साहित्यिक स्रष्टाहरुले सामुहिक प्रयासमा विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया थालेका छन् ।

प्रवासमा रहने नेपालीहरुको संख्या बृद्धि संगै साहित्यिक स्रष्टा, सर्जकहरुको संख्या र सक्रियता बढेको र विभिन्न ठाँउमा रहेका प्रतिभाहरुलाई प्रोत्साहन तथा सहयोग गर्न आवश्यक भएको कारणले यस प्रकारको बृहत संजाल निर्माणमा लागेको कुरा विज्ञप्तिमा जनाइएको छ । 

सामुहिक हितको लागि सामुहिक सक्रियतामा स्थापना हुनु पर्नेमा जोड दिदै यस संजालले सबै देशमा रहेका साहित्यकार तथा साहित्यिक संघ, संस्थाहरुलाई सहयोग गर्ने जनाएको छ । नेपालीहरुले बोल्ने सबै भाषा साहित्य - नेपाली साहित्य भएकोले यो संजाल समावेशि पारदर्शि र सबैको साझा हुने बताइएको छ । विज्ञप्तिमा छलफल समुह मात्र भनिएकोले ब्यक्तिहरुको नाम तोकिएको छैन तर संजालको प्रस्तावित अवधारणा-पत्र र विधान छलफलको लागि सार्वजनिक गरि सकेको छ ।

देशविदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुन लागेको यस बृहत संजालका छलफल समुहले सबैलाई छलफलमा सहभागि हुन खुल्ला आग्रह गरेको छ । यस समुहले छलफलको लागि वेभसाइट www.nepaliliterature.org र ईमेल nepaliliterature@ymail.com प्रयोगमा ल्याएको छ । समुहले सार्वजनिक गरेको विधानमा संजालको नाम विश्व नेपाली साहित्य महासंघ प्रयोग गरेका छन् ।
 

 
 
 

केही प्रश्न उत्तर


१. किन यो संजालको अवधारणा आएको हो ?

हामी सबै नेपालीहरुको प्रतिष्ठाको लागि सामुहिक सकि्रयता र सहभागिता चाहिन्छ । त्यसैले यो संजालको अवधारणा आएको हो । विश्वभर धेरै साहित्यिक संघसंस्थाहरु रहेका छन ती सबै साहित्यिक सघसंस्थाहरु बीच सम्पर्क तथा विचार कार्यक्रमहरु आदानप्रदान गर्न साथै नेपाली साहित्य र साहित्यकारहरुको हकहितको निम्ति आपसमा काम गर्नको लागि यो संजालको स्थापना हुन लागेको हो । समग्रमा नेपाली साहित्यको श्रीबृद्धि र नेपाली प्रतिष्ठाको लागि यो अवधारणा आएको हो ।


२. अन्तर्राष्ट्रिय स्तर सम्म पहूच राख्ने केही साहित्यिक संघसंस्था हुदाहुदै पनि फेरी किन यस संजालको आवश्यकता पर्यो ?

विश्वभर रहेका नेपाली साहित्य साहित्यकार र साहित्यिक संघसंस्थाहरुलाई समेटौ भन्ने उद्देश्यले ब्यापक रुपबाट कुनै पनि संस्था यसअघि स्थापना भएका छैन्न । शुरुमा कुनै एक ठाँउबाट शुरु भई त्यसैलाई ब्यापकता दिइएको केही संस्थाहरु छन तर त्यस्ता संस्थाहरु सबैको लागि रुचीको घर हुन सक्दैन । हामी केहीसमय सुखद भ्रममा पनि रह्यौ र अझै केही रहेका छौ तर बुझ्दै गएपछि यो अनुभव सबैले गर्नेछन । संस्थाको स्थापना ब्यक्तिले गर्ने होइन यो त सामुहिक प्रयत्नमा स्थापना हुनुपर्छ र सामुहिक रुपबाटै संचालन हुनु पर्दछ त्यसैको खातिर यो संजालको आवश्यकता भएको हो । नेपाली साहित्यको निमित्त गर्नुपर्ने बेग्रेल्ति कामहरु छन् तर त्यस तिर धेरैको चासो नभएको चेतना नभएको कारण अब सधै यसरी बस्न हुन्न समय आएको छ । विश्वभरका विभिन्न मुलुकमा छरिएर रहेका साहित्यिक स्रष्टा सर्जक तथा शुभ चिन्तकहरु सबै उठौ जुटौ भन्ने सोचका कारण पनि आवश्यकताको महशुस भएको हो । 


३. अन्य साहित्यिक संघ संस्थाहरु संग यस निर्माणाधिन संजालको कस्तो सम्बन्ध रहन्छ ?
देश विदेशमा रहेका सम्पूर्ण साहित्यिक संस्थाहरु हाम्रो मित्र शक्तिको रुपमा रहने छन् । सबै संग सहकार्य र सवाद हुनेछ । बिशेष गरि हाम्रो संस्थाले संजालगत सम्पर्क सेतुको काम गर्नेछ ।


४. के यो सजाल विश्वभर छरिएर रहेका नेपाली साहित्यका संघ संस्थाहरुको छाता संगठनको रुपमा स्थापना हुन लागेको हो ?

हाम्रो यस संजालको प्रत्येक देशमा विधान सम्मत स्वतन्त्र शाखाहरु रहनेछन् । अन्य नामबाट संचालनमा रहेका संस्थाहरुलाई पनि हाम्रो विधान सम्मत सम्बद्धता प्रदान गरिने छ । यसर्थ यो संस्था धेरै संघहरुको समष्टि रुप महासंघ सरह रहनेछ । यो संस्था सबैको साझा संस्थाको रुपमा रहने छ र छाता संगठनको सट्टामा साझा संगठन नै भनिने छ । किन की छाता संगठनको अवधारण धेरै अभ्यासहरुमा असफल भईसकेको छ ।


५. कस्तो ब्यक्ति यस संजालको सदस्य बन्न सक्दछ  ?

नेपाली माटो र नेपाली दुख सुख पीडा बेदनालाई नेपाली भाषा मातृभाषा वा जुनसुकै भाषाको साहित्य माध्यामबाट अभिब्यक्त गर्न सक्ने सिर्जनशिल ब्यक्तिहरु यस संजालको सदस्य बन्न सक्दछ । यो खुल्ला संस्था भएकोले साहित्य प्रति झुकाव राख्ने जो कोहि यसका सदस्य बन्न सक्नेछन् तर कम्तिमा एक कृति प्रकाशन गरेका स्रष्टालाई प्राथमिकता हुनेछ । जुनसुकै अन्य साहित्यिक संघसंस्थामा आबद्ध ब्यक्ति पनि यस संजालको सदस्य बन्न सक्नेछन् तर संजालको विधानमा तोकिएको काम कर्तब्य तथा जिम्मेवारी पुरा गर्नुपर्नेछ ।


६. म यो साझा संस्था निर्माणको लागि सहभागि हुन राजी छु अब मैले कसरी सहभागिता जनाउन सक्छु ?

तपाईले हाम्रो इमेलमा सम्पर्क गर्नुहोस आफ्नो राय सुझाव दिनुहोस र अरु नयाँ विचारहरु दिनुहोस । तपाई रहेको ठाँउमा शाखा निर्माणको लागि तयारीमा जुट्नुहोस । यो संस्था जसरी भएपनि स्थापना हुन्छ र यसैवेला यसको स्थापनाको लागि आफूलाई सहभागिता गराउने अवसर नगुमाउनुहोस ।


७. यो संस्था सफल नै हुन्छ भन्ने आधार चाहि के छ ?

यो सामुहिक आवश्यकताको महशुस भए पछि शुरु गरिएको संस्था हो र यसको स्थापनामा कम्तिमा १० भन्दा बढि मुलुकमा रहेका नेपाली स्रष्टाहरुको सहभागिता रहनेछ र यो संजाल समावेशि हुनेछ । नेपाली भाषा साहित्यको सट्टामा नेपाली साहित्य भन्ने छौ जस भित्र नेपालमा बस्ने सबै जातजातिको भाषा साहित्यलाई समेत समेट्ने छ । नेपाली खस÷पर्वते भाषा साहित्य मुख्य सम्पर्कको माध्याम हुनेछ । केही अन्य संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्यको कुरा गर्दछ भने यस नयाँ संजाल विश्वभर नेपाली साहित्यको कुरा गर्दछ । अन्तर्राष्ट्रिय भन्नाले एकदुई देश र सिमानालाई दर्शाउछ भने हाम्रो संस्था विश्वलाई एक देशको रुपमा हेर्दछ । प्रविधिको विकास संगै यो सम्भव पनि छ । यिनै सिद्धान्त सहित पारदर्शि र प्रजातान्त्रिक प्रणाली नै यसको सफलताको मुख्य कडी हुनेछ ।

८. यो संस्था स्थापनाको प्रकृया कस्तो हुनेछ ?

कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता र सद्भाव रहेपछि मात्र सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ । संस्थापकः भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम रहनेछ । 

 
 

हाम्रो आधारभूत रणनीतिहरु


१. देशदेशमा शाखाहरु बन्नेछन् साथै कुनैपनि देशमा संचालन भई रहेको साहित्यिक संस्थालाई 
समेत सांकेतिक शुल्क लिएर सम्बद्धता दिन सकिने छ ।

२. मुख्य कार्यालय नेपालमा रहने छ । कारण - सबैलाई र सधैलाई सजिलो हुनेछ कसैको 
बर्चश्व देखिन्दैन । नेपाल त जो कोहि जान सक्दछ ।

३. यो संस्था नेपाल मै विशिष्ट हैसियत हुने प्रकारले दर्ता गरिने छ । गैर आवासिय नेपाली संघ 
दर्ता भए झै हुनेछ र यस संघ संग नजिकको सम्बन्ध कायम गरिने छ ।

४. कामकाजको मुख्य भाषा नेपाली हुनेछ । कारण - सजिलो र आफ्नो माटोको भाषाको 
सम्मानार्थ तर विधान आंचार संहिता घोषणा-पत्र लगायतका महत्वपूर्ण दस्तावेजहरु नेपाली 
र अन्तर्राष्ट्रिय भाषा अंग्रेजी स्पेनिस रसियन आदी भाषामा रहने छ ।

५. संस्थाको हिसाव किताब मुख्य गरि नेपालीमा र आवश्यक अनुसार अंग्रेजी लगायतमा 
देखाइने/राखिने छ ।

६. संस्थापकः भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम रहनेछ । कारण - 
नेपाली भाषी एकताको प्रतिकको रुपमा भानु जयन्ति स्थापित भईसकेकोले । भविश्यमा 
मिडियाले संस्थापकको रुपमा कसैको नाम उल्लेख गरेमा सम्बन्धित ब्यक्तिले सम्बन्धित 
मिडिया र समितिमा प्रतिक्रिया वा स्पष्टिकरण लेख्नु पर्नेछ ।

७. केन्द्रिय कार्य समितिको कार्यवधि ३ बर्षको हुनेछ ।

८. नयाँ कार्य समिति निर्माण हुदा अघिल्ला कार्यकारी पदाधिकारीहरु मध्येका एक चाहि 
अनिवार्य यथावत पदमा वा कार्यकारी पदाधिकारीकै रुपमा सकि्रय अनुभवी सदस्य सअस 
Early Committee Exporties (ECE) रहने छ । यसको छनौट अघिल्लो कार्यकालमा 
सबैभन्दा धेरै काम गरेका मध्येकालाई तोकिने छ । किन की - टाढाटाढा रहेर काम गर्नुपर्ने 
भएकोले सबै नयाँ पदाधिकारीहरु मात्र रहदा अलमलमा पर्न सक्छन त्यसैले यसको ब्यवस्था 
गरिएको हो । यस पदको लागि अघिल्लो समिति वा निर्वाचन आयोगले तोक्नेछ । समितिलाई 
सहयोग सल्लाह दिदै सतर्क गराउनेछ । नैतिक अधिकार उपाध्यक्ष सरह हुनेछ तर समिति 
निरन्तर संचालन भई रहेको अवस्थामा यो पद सकि्रय हुने छैन । एक बर्ष भन्दा बढि 
समितिले कुनै काम नगरेको अवस्थालाई निश्क्रिय भएको मानिने छ । एक ब्यक्तिले सअस 
को जिम्मेवारी दुई कार्यकाल भन्दा बढि निरन्तर गर्ने छैन । यस पदाधिकारीको नामको 
पछाडी सअस वा ECE लेखेर जनाइने छ ।

 

९. संस्थाको अध्यक्षले लगातार तेस्रो पटक जिम्मेवारी बहन गर्ने छैन तर अर्कैको एक 
कार्यकाल पछि पुनः अध्यक्ष हुन पाउने अधिकारलाई रोक लागेको मानिने छैन । 

 
१०. मतदान वा चुनाउमा - एक शाखा एक भोट गन्ने र आजीवन सदस्यहरुको दश भोटको 
एक शाखा मान्ने ।

 
११. सम्बद्धता प्राप्त संस्थाले पनि यस संजालको केन्द्रिय समितिको चुनावमा भोट दिन र 
पुरस्कार तथा सम्मानको लागि उपयुक्त ब्यक्तिको नाम सिफारिस गर्न पाउने छ ।

 
१२. कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र 
सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ ।

 
१३. यो संस्था सामुहिक रुपबाट ब्यापक आवश्यकता महशुस भएको कारण स्थापना भएको हो । 
कुनै पनि संस्थाको विरुद्धमा निर्माण भएको होइन । साहित्यिक जुनसुकै संस्थामा आबद्ध 
ब्यक्ति यस संजालमा संलग्न हुन सक्नेछ ।

 
१४. हामी नेपाली र हामी नेपालीले बोल्ने धेरै÷सबै भाषा साहित्य नै नेपाली साहित्य हुन । 
त्यसैले नेपाली साहित्य र नेपाली भाषा साहित्य दुवैको श्रीबृद्धिको लागि यो संजाल काम 
गर्नेछ ।

 

Posted on : July 14, 2010, 3:40 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments