Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



महालक्ष्मी मेनपावरबाट मलेसिया गएका १ सय ४६ जना मजदुरको विचल्ली / मेनपावरलाइ भने वास्ता छैन ।

डि.बी. संर्घष

क्वालालम्पुर, बैदेशिक रोजगारिमा काम गर्नै मलेसिया आईपुगेका १२ मजदुर अबैधानिक बनेका छन् भने १ सय ४६ जना भनेको भन्दा अन्यत्रै लगिएका छन् । अप्रिल १ गते महालक्षमी मेनपावर काठकाण्डौबाट राजधानी क्वालालम्पुर बाट तिन घण्टा लामो यात्रा पछि पुगिने एमसिटी सुपर मार्केर्ट इपोका लागी भनेर १ लाख २० हजार रुपैया सम्म तिरेर ल्याईएका १४६ जना मजदुरहरु मध्यका १० जना आफूहरु गलत ठाउमा फसेको र अबैधानिक बनेको थाहा पाएपछि ९ जनाले कम्पनि छोडेर भागेका छन् भने १ जना चाँहि नेपाल र्फकेने दौडमा छन् । नेपाल र्फकने दौडमा महेन्द्र पुलीस कल्बमा रहि राष्ट्रि भलीबल खेल्दै आएका पूर्व खेलाडी प्रलाख खड्का हुन् ।

एमसिटी सुपर मार्केर्ट इपोका लागी भनेर ल्याए पनि दलालले झुकाएर अर्को काठ कम्पनिमा लगेर काम लगाएको र सम्झौता पत्रमा भएको तलब सुबिधा केहि नदिएको तेह्रथुम घर भएका पिडित प्रलाद खड्काले दुख पोखे । पिडीत प्रलादले भने एमसिटी सुपर मार्केर्ट इपोमा भनेर १ सय ४६ जनालाई महालक्ष्मीले मलेसिया पठाए पनि मलेसियाको अन्तराष्ट्रिय बिमानस्थल केएल आईए आईपुगेपछि को कहां गए कसैलाई थाहा भएन । हामी ११ जनामात्र इपो पुगेका थियौं । माहालक्ष्मीले पहिला एमसिटी सुपर मार्केर्ट इपोका सम्झौता पत्र दिए पनि मोटो रकम बुझाई मलेसिया उड्न त्रिभुवन बिमानस्थल आईपुग्दा पुरानो कागज च्यातेर फाल्नु भन्दै महाहलक्ष्मी मेनपावरका एक कर्मचारीले अर्को नयां कागज पत्र खाम भित्र हालेर दिएको पिडीतहरु बताउछन् । मेन्पावरलाई यहांको अबस्थाबारे बारम्बार फोन गरेर बताउदा र सम्झौतापत्र अनुसारको सेवा सुबिधा दिलाई दिन अनुरोध गर्दा पनि बेवास्ता गर्दै आएको छ । अहिले त फोन पनि उठाउदैन एक पिडीतले भने । यो समाचार तयार पार्दासम्म हामीले धेरै पटक सर्म्पर्क गर्न खोज्दा महालक्ष्मीको फोन उठेन भने 9851108192 मा सर्म्पर्क हुन सकेन ।

इपोको एक काठ कम्पनिमा काम लगाईएका ९ जनाले कम्पनि छोडी सकेका छन् भने त्यहि समुहका प्रलाद खड्काले नेपाल र्फकनका लागी गत सोमबार दुतावासबाट यात्रा आनुगमन पत्र लिई सकेका छन् । प्रलाद भन्छन् पासपोर्टमा भिषा लागेको पनि थाहा छैन । पासपोर्ट माग्दा मलेसियामा रहेका दलाल राजले १ हजार ३ सय रिगेट मागीरहेको छ । पैसा नदिए पासपोर्ट दिदैन के गर्छस् गर भनिरहेछ । सम्झौता पत्रको तलब सुबिधा नपाए पछि खड्काले कम्पनिमा हड्ताल गरेका थिए । हड्तालपछि उनिलाई कम्पनिले बस्न समेत नदिएको र अहिले अर्कै कम्पनिमा काम गर्ने साथीहरुको होस्टेलमा शरण लिएर बसेको बताउछन् । पिडीतहरुले सरोकारबाला निकायहरुलाई बुझन र कार्यबाहि गर्न अपिल गरिरहेका छन् ।

Posted on : July 17, 2010, 12:29 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments