Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



संविधान लेखनको नयाँ कार्यतालिका सार्वजनिक


२ श्रावण । संविधानसभाले यसै वर्षको चैत मसान्तभित्र संविधान निर्माण सम्पन्न गर्ने गरि संविधान लेखनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।


संविधानसभा भवन नयाँ बानेश्वरमा आइतवार बसेको संविधानसभाको १ सय २ औ बैठकले नयाँ कार्यतालिका पारित गरेको हो । बैठकमा सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङले २९ महिनाको १३६ हप्ते कार्यतालिका प्रस्ताव गर्नुभएको थियो ।


प्रस्तावित कार्यतालिका सर्वसम्मतवाट पारित भएको छ । पारित कार्यतालिका अनुसार संविधानसभामा विचाराधीन बाँकी मस्यौदा असोज मसान्तभित्र पारित गरि संवैधानिक समितिमा पठाइने छ । जसअनुसार संवैधानिक समितिले कात्तिक १ देखि मसान्तभित्र नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्नेछ ।


यसैगरि विषयगत समितिलाई दिइएको विवादित विषय टुङ्गाउनका लागि प्रतिवेदन अध्ययन समितिलाई एक महिनाको समयावधि दिइएको छ । एक महिनामा पनि सहमति जुटन नसके संविधानसभावाट बहुमतिय आधारमा मस्यौदा पारित गर्ने व्यवस्था गरिएको छ । यसअघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका पारित गरेको थियो ।


यसैबीच, संविधानसभाले यसअघि तोकिएको समयमा संविधान जारी हुन नसक्नुको कारण सहितको श्वेतपत्र सार्वजनिक गरेको छ । बैठकमा सभाध्यक्ष नेम्वाङले संविधानका आधारभूत सिद्धान्तमा सहमति नभएका कारण तोकिएको समयमा संविधान बन्न नसकेको बताउनुभयो ।


सेना समायोजन जस्ता शान्ति प्रकि्रयाका विभिन्न पक्ष संविधानसभामा प्रवेश भएका कारण संविधान निर्माण प्रकि्रया प्रभावित भएको उल्लेख गर्नुभयो । संविधानसभाको बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ ।

Posted on : July 18, 2010, 2:07 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments