Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



इराकमा कार्यरत करिव ३० हजार नेपाली कामदार १५ दिनभित्र नेपाल फर्काइने

इराकबाट र्सूय कुमारको सहयोगमा

इराकमा कार्यरत सबै नेपाली कामदार १५ दिनभित्र निकालिने भएका छन्। अमेरिकी केन्द्रीय कमान्डले सबै कम्पनीलाई मंगलबार पत्र पठाई नेपाली र फिलिपिनीलाई २० दिनभित्र कामबाट हटाउन आदेश दिएको छ।यो आदेशबाट इराकमा रहेका हजारौं नेपाली कामदार प्रभावित हुने छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि त्यहाँका विभिन्न कम्पनीका ३० हजार नेपाली रोजगारीमा रहेको अनुमान छ।

अमेरिकी कमान्डले भदौ २ भित्र आफ्ना कामदार अमेरिका, अन्तर्राष्ट्रिय, स्थानीय र सम्बन्धित देशको कानुनअनुसार छ वा छैन भन्ने सुनिश्चित गर्न आदेश दिएको छ । कानुनअनुरुप नभएका कामदारलाई काम लगाउने कम्पनीलाई तत्काल कडा कारबाही गर्ने चेतावनीसमेत केन्द्रीय कमान्डले जारी गरेको स्मरणपत्रमा छ। नेपाली तथा फिलिपिनी सरकारले आफ्नो नागरिकलाई इराक भ्रमणमा प्रतिबन्ध लगाएकाले त्यस्ता व्यक्तिको उपस्थिति सम्बन्धित र आतिथ्य दुवै देशको कानुन उल्लंघन हुने पत्रमा उल्लेख छ।

२०६१ भदौ १६ मा काठमाडौंको हिंसात्मक घटनापछि सरकारले नेपालीलाई इराक जान प्रतिबन्ध लगाएको थियो। वैदेशिक रोगजारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले अपहरणपछि हत्या गरेको विरोधमा राजधानीलगायत देशका विभिन्न स्थानमा वैदेशिक रोगजार व्यवसायी संस्था, सञ्चार माध्यम एवं मस्जिदको तोडफोड भएको थियो।

कमान्डको निर्देशनमा तीन साताको अनुसन्धानले इराकमा काम गर्न प्रतिबन्ध लगाएका आठवटा तेस्रो मुलुकका कामदार एउटा कम्पनी छाडेर अर्कोमा गएको जनाएको छ। स्मरणपत्रमा २० दिनपछि प्रत्येक कम्पनीको अनुगमन हुने र उल्लंघन गर्ने कम्पनीलाई कडा दण्ड गर्ने चेतावनी दिइएको छ। नियम उल्लंघन गर्ने बाह्य कम्पनीका हकमा भने भुक्तानी रोक्ने र कालो सूचीमा राखिने जनाइएको छ। फर्कन चाहनेलाई प्रहरी कार्यालय र अध्यागमन कार्यालयमा बहिर्गमन भिसा उपलब्ध हुने इराकस्थित अमेरिकी दूतावासले जनाएको छ।


High Command Message to the company:


Posted on : July 24, 2010, 5:12 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

raj

nepali kamdar irak katin videos

July 30, 2010, 8:17 am
@77.30.85.181


sujan

if they do like that then there respone to help there family . no one like to work in war zone thaationt was presser to work there because of poor conditation wish best of luck our reach goverment

July 26, 2010, 1:16 pm
@115.187.16.4



Archieve News Headlines


 Recent Comments