Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



कांग्रेसको जिल्ला अधिवेशन साउन २७ मा


८ साउन । नेपाली काङ्ग्रेसले १७ गते निर्धारण गरेको पार्टीको जिल्ला अधिवेशनहरुलाई २७ गतेका लागि सारेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


साउन १७ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्बाचन हुने भएकोले काङ्ग्रेस जिल्ला अधिवेशन प्रभावित भएको हो । १५ गते तय भएको क्षेत्रिय अधिवेशन भने यथावत रहेको केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । गाउँ समितिको अधिवेशन भने आइतबार हुने भएको छ ।


आउँदो भदौमा हुने तय भएको १२ औं महाधिवेशनका लागि ७४ जिल्लामा कि्रयाशील सदस्यता छानविन प्रकि्रया सकिएको छ । बाँकी रहेको भक्तपुरको कि्रयाशील सदस्यता छानबिन यसै साता सकिने काङ्ग्रेसले जनाएको छ ।


केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको चुनाव र संविधान निर्माणका विषयमा पनि छलफल भएको थियो । केही सदस्यहरुले बहुमतीय सरकारको खेलमा लाग्नु भन्दा नजिकिँदो महाधिवेशनमा ध्यान केन्द्रीत गर्न जोड दिएका थिए

Posted on : July 24, 2010, 12:53 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments