Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



राष्ट्रपति प्रमबीच छलफल


८ साउन । राष्ट्रपति डा रामवरण यादव र काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपालबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा शनिवार छलफल भएको छ ।


अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा भएको करिव एक घण्टा लामो भेटमा राष्ट्रपति डा यादवले प्रधानमन्त्रीले राजीनामा दिइसक्दा पनि दलहरुले सहमतिको सरकार बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी गराउनुभयो ।


उहाँका अनुसार राष्ट्रपति डा यादवले प्रधानमन्त्रीलाई अहिले काम चलाउ सरकार भए पनि मुलुकमा शान्ति सुरक्षाको स्थितिमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।


भेटका क्रममा प्रधानमन्त्री नेपालले एनेकपा माओवादीले प्रधानमन्त्रीले राजीनामा दिएको दुई घण्टामा दलहरुबीचमा सहमतिको वातावरण बनाउने र शान्ति तथा संविधान लेखन प्रकि्रयालाई निरन्तरता दिने भने पनि हालसम्म सरकार गठन हुन नसकेको र संसदबाट यसको निकास ननिस्किएको बारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

Posted on : July 24, 2010, 1:00 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments