Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो


१४ साउन । बाँकेको नेपालगन्जमा झाडापखालाको प्रकोपबाट शुक्रवार फेरि दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।


नेपालगन्जको वडा नं ४ निवासी ७ वर्षिय बालक महेक इद्रीसी र नाम खुल्न नसेकेको अर्को एक जनाको मृत्यु भएको हो । झाडापखालाबाट बालबालिकामा धेरै प्रभाव परेको छ ।


अविरल वर्षाका कारण नेपालगाजमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । नेपालगंज मेडिकल कलेज युनाईटेड र भेरी अन्चल अस्पतालमा बिरामीहरुको सङ्ख्या थपिँदै छ । काठमाण्डौ जनस्वास्थ्य महाशाखाबाट डा। प्रमोद खनालसहित आएको टोलीले झाडापखालाबारे अध्ययन गरिरहेको छ ।


दुषित पानीको कारणले झाडापखाला फैलिएको हुनसक्ने शंका महाशाखाको टोलीले गरेको छ । ंअहिलेसम्म बिरामीको सङख्या ३५० भन्दा बढि पुगिसकेको छ ।


यस्तै बर्षायामको शुरुवातसँगै दाङ्को केही गाविसमा देखिएको झाडापखाला आधा दर्जन बढी गाविस र तुलसीपुर नगरपालिका क्षेत्रमा समेत फैलिएको छ ।


फूलवारी गोल्टाकुरी पाचकुले पुरन्धारा उरहरी लोहारपानी गाविस र तुलसीपुर नगरपालिकाका केही वडाहरुमा फैलिएको झाडापखालाबाट १ सय ५० बढी बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Posted on : July 30, 2010, 2:45 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments