Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता लिङ्देन पक्षलाईः थारुको कथित महाधिवेशन खारेज

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' नेतृत्व रहेको दललाई निर्वाचन आयोगलको मिति २०६७ असार १६ गतेको फैसलाले सत्य-तथ्य र निष्पक्ष रुपमा आधिकारिकता दिएको छ । यो फैसलाको लागि निर्वाचन आयोगप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नाम लिएर लक्ष्मण चौधरी थारुलगायतका केही समूहले २०६६ फागुन ७ र ८ गते कथित् विशेष एकता महाधिवेशन गरेको हल्ला गरी लक्ष्मण चौधरी थारु अध्यक्ष रहेको छुट्टै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन भरेको भ्रम छरिरहेका थिए । उक्त समूहको भ्रमले निर्णायक रुपमा अघि बढिरहेको संघीय गणतान्त्रिक र जातीय मुक्ति आन्दोलनमा ठूलो भ्रम फैलाएकोले संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' को नेतृत्वमा निर्वाचन आयोगमा पार्टी आधिकारिकताको निवेदन दिइएको थियो ।

निर्वाचन आयोगले संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' र विपक्ष लक्ष्मण चौधरी थारु दुबै पक्षका सबै लिखित आधार-प्रमाणहरु झिकाई ती प्रमाणहरुको आधार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समितिको दुई-तिहाई बुहमत सदस्यको समर्थन संस्थापन अध्यक्ष कुमार लिङ्देन 'मिराक' पक्षमा जाहेर गरेको आधारमा निर्वाचन आयोगले उक्त फैसला गरेको हो ।

निर्वाचन आयोगले इमान्दार, सत्य र न्यायको पक्षमा फैसला गरी किर्ते, जालसाँजी गरी कथित् महाधिवेशन र सो महाधिवेशन गर्ने पक्षलाई खारेज गर्ने साँच्चिकै निष्पक्ष फैसला गरेको छ । यसर्थ, जनताको पक्षमा काम गर्ने सही सङ्गठनलाई निष्पक्ष न्याय मिलेको हाम्रो ठहर छ । यो न्यायोचित फैसला भएको क्षणमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समिति माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद् र तामाङसालीङ स्वायत्त राज्य परिषद सङ्गठनका सम्पूर्ण नेता, कार्यकर्ता, सल्लाहकार, शुभेच्छुक, न्याय तथा मुक्तिप्रेमी देश-विदेशमा रहनुभएका तमाम् नेपाली जनतामा हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छौं ।

धन्यवाद !


……………
कुमार लिङ्देन 'मिराक'
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
9842667609/9841469712

Posted on : June 30, 2010, 2:26 pm

Source :



Archieve News Headlines


 Recent Comments